
|
|
प्रचण्ड प्रतिवेदनले मुख्यतः दुईवटा कुरामा जोड दिन खोजेको छ । पहिलो हो, वैद्य माओवादीले संविधानलाई प्रतिगामी भनिरहेको बेला त्यसको बस्तुगत समिक्षा गर्दै उपलब्धि र कमजोरीको विश्लेषण । दोश्रो, बाबुराम भट्राईले दिँद आएको सैद्धान्तिक भ्रमलाई चिर्न क्रान्तिकारी कार्यदिशा नै अहिलेको बाटो भनेर पुष्टि गर्न । यी दुबै कुराको जगमा उनले कार्यदिशालाई पुरा गर्न संगठनात्मक प्रश्नमा प्रतिवेदनमा शब्द खर्च गरेका छन् । आचारसंहिता, शुद्धिकरण, अन्तरपार्टी जनवाद, श्रम र उत्पादनको सम्बन्ध जस्ता कपिय पक्षहरुमा उनले विशेष चर्चा गरेका छन् ।
काठमाडौं, मंसिर १६ । एमाओवादीभित्र देखिएको सांगठनिक र राजनीतिक समस्यालाई सम्बोधन गर्न प्रचण्डले विशेष कार्ययोजना प्रस्ताव गरेका छन् ।
पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले एमाओवादीलाई नयाँ ढंगले पुनर्गठन गर्न राजनीतिक र सांगठनिक प्रस्ताव गरेका हुन ।
प्रचण्डको प्रस्तावमा पार्टीमा देखा परेको बिभिन्न प्रवृत्तिहरु, बाबुराम भट्टराईको पार्टी परित्याग, पार्टीको आगामी कार्यदिशा, कार्यकर्ता र संगठनसम्बन्धी आचारसंहिता र सुद्दीकरणका नयाँ नियम, बिभिन्न राजनीतिक शक्तिको विश्लेषणलगायतका विषयबस्तु समेटिएका छन् । प्रचण्ड प्रतिवेदनले मुख्यतः दुईवटा कुरामा जोड दिन खोजेको छ । पहिलो हो, वैद्य माओवादीले संविधानलाई प्रतिगामी भनिरहेको बेला त्यसको बस्तुगत समिक्षा गर्दै उपलब्धि र कमजोरीको विश्लेषण । दोश्रो, बाबुराम भट्राईले दिँद आएको सैद्धान्तिक भ्रमलाई चिर्न क्रान्तिकारी कार्यदिशा नै अहिलेको बाटो भनेर पुष्टि गर्न । यी दुबै कुराको जगमा उनले कार्यदिशालाई पुरा गर्न संगठनात्मक प्रश्नमा प्रतिवेदनमा शब्द खर्च गरेका छन् । आचारसंहिता, शुद्धिकरण, अन्तरपार्टी जनवाद, श्रम र उत्पादनको सम्बन्ध जस्ता कपिय पक्षहरुमा उनले विशेष चर्चा गरेका छन् ।
प्रचण्डले प्रस्तावमार्फत नयाँ जनवादी क्रान्तिलाई पूर्णता दिँदै समाजवादी क्रान्ति सम्पन्न गर्ने दिशामा अघि बढ्ने कार्यदिशा र कार्यनीीत अघि सारेका छन् ।
पार्टीमा देखिएको अराजकता, अव्यवस्थाता, गुट, उपगुट, अकर्मण्यता, कार्यशैलीमा विकास हुँदै गइरहेको बुर्जुवाकरणलगायतका समस्याले प्रचण्डको यो प्रस्तावले पार्टीलाई पुनर्जीवन दिने अपेक्षा केन्द्रीय सदस्यहरुको छ । यद्यपी यो प्रस्तावमा समेत कतिपय विषयमा सच्याउनुपर्ने उनीहरुले भनेका छन् । दुई दिन अध्ययनपछि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन् ।
प्रचण्डले पार्टीभित्र गुटबन्दीलाई एउटा मुख्य समस्याका रुपमा हेरेका छन् । गुटबन्दी क्यान्सरजस्तै रहेका र यसको शल्यक्रिया नगरेसम्म पार्टीले जीवन नपाउने उनको ठहर देखिन्छ । त्यसैले प्रचण्डले प्रतिवेदनमा संगठनात्मक कार्यशैलीलाई विशेषरुपमा उल्लेख गरेका छन् । पार्टी कार्यकर्ताका लागि अनुशासन, आचारसंहिता, समग्र शुद्धिकरण, श्रम र उत्पादनजस्ता विषयमा प्रचण्डले योजना अगाडी सारेका छन् । उनले २ महिनाभित्र केन्द्रीय सदस्यलगायतले आफ्नो सम्पत्ति विवरण पार्टीमा बुझाउन भनेका छन् । यसैगरी पार्टीमा सुविधा प्रयोग, कार्यविभाजन, अन्तरपार्टी संघर्षजस्ता विषयहरु समेत समेटिएका छन् ।
के छ त प्रतिवेदनमा ?
मंगलबार प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनले मुख्यतः ३ वटा पक्षलाई समेटेको सहभागी एक केन्द्रीय सदस्यले एभरेष्टदैनिकडटकमलाई बताए ।
१. पार्टी पुनर्निर्माणबारे प्रचण्डः
प्रचण्डको प्रतिवेदन मुख्यतः पार्टी निर्माणमा केन्द्रीत देखिन्छ । “माओवादीहरुले वैचारिक निष्ठाका साथ देश र जनताप्रति समर्पित क्रान्तिकारी स्पिरिटसहित पार्टीलाई पुनर्गठन गर्न नसके क्रान्तिका उपलब्धिको रक्षा नहुने मात्र होइन, देशको अस्तित्वमाथि खतरा आउने निश्चित भएको” उनले ठोकुवा गरेका छन् । “संविधानको कार्यान्व्यनसँगै केन्द्रदेखि स्थानीयस्तरसम्म सिंगो पार्टी पुर्ननिर्माणको महाअभियानमा केन्द्रीत हुनु अनिवार्य बनेको छ ।” प्रतिवेदनमा प्रचण्डले भनेका छन् । यसका लागि समग्ररुपमा सत्ताको नेतृत्व लिने, विचारधारात्मक रुपमा मिल्नसक्ने शक्तिसँग एकता गर्ने उनले बताएका छन् । प्रचण्डले सबैभन्दा नजिकको मित्र शक्तिका रुपमा माओवादी अन्य घटकहरुलाई उल्लेख गरेका छन् ।
गुटबन्दीको क्यान्सरले पार्टी सिद्धिने खतरा
संगठनमा अराजकता र अव्यवस्थाले पार्टीको वैचारिक र राजनीतिक कार्यदिशामा मात्रै नभएर समग्रतामा असर पारेको भन्दै प्रचण्डले संगठनात्मक सुदृढिकरणको महाअभियानको घोषणा गरेका हुन । “गुटबन्दीरुपी क्यान्सरका शल्यक्रिया नगरी पार्टी जीवनको रक्षा असम्भव” रहेको उनको दावी देखिन्छ । व्यक्तिगत र गुटगत स्वार्थका आधारमा कसैले जतिसुकै गल्ती र अपराध नै गरेपनि छुट पाउने तथा इमान्दरहरु पाखा लगाइने स्थितिको दृढताका साथ अन्त्य गर्नुपर्ने उनले बताएका छन् ।
जनवाद र केन्द्रीयताको फ्युजन
प्रचण्डले विधानलाई उल्लेख गर्दै अभिव्यक्ति र कामकारवाहीमा एकरुपाताको नीति, भिन्नमतको सञ्चालन, कार्यनीति कार्यान्वयनको चरणमा सार्वजनिक बहस नहुने, एकीकृत नेतृत्वको मातहतमा जनवाद, केन्द्रीकरणमा जोड, विकेन्द्रीकरणमा ध्यान, संश्लेषणमा जोड र विश्लेषणमा ध्यान देउ भन्ने उनको जोड छ ।
कार्यदिशा र संगठन सँगसँगै
कतिपय अवस्थामा कार्यदिशा एकातिर र संगठन अर्कोतर्फ जाने चुनौती र खतराप्रति प्रचण्डले सजगता देखाएका छन् । एकपटक छलफल गरी निणय गरिसकेपछि कार्यनीति, योजना, कार्यक्रम इमन्दारीपूर्व पालना गर्नुपने उनले बताएका छन् ।
१५ बुँदे आचारसंहिता, शुद्दिकरणका २२ बुँदा
केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार, उनले १५ बुँदे आचारसंहितासमेत अगाडि सारेका छन् । आचारसंहितामा पार्टीका बिभिन्न कमिटि अन्तर्गतका सदस्यहरुले गर्नुपर्ने व्यवहारका बारेमा उल्लेख गरेका छन् । केन्द्रीय सदस्यले पार्टीका् खर्चमा विदेश र महंगा नीजि विद्यालयमा छोराछोरी पढाउन नपाउने भनेका छन् । तर आफ्नो खर्चमा पढाउने या नपढाउने भन्ने बारेमा भने प्रतिवेदन मौन छ । त्यसैगरी भ्रष्टाचार, तस्करी, पार्टीका नाममा व्यक्तिगत चन्दा जस्ता कुरामा कार्वाही हुने उल्लेख गरिएको उनले बताए ।
शुद्धिकरणका विषय झने कडा रहेका छन् । बहुविवाह दण्डनीय बनाइएका छ । अध्यक्षदेखि सदस्यसम्म निरन्तर परीक्षणमा रहने भनिएको छ । सबै सिसिएमहरुलाई २ महिनाभित्र सम्पत्ति विवरण बुझाउन भनिएको छ ।
यसअतिरिक्त श्रम र उत्पादनका बारेमा समेत प्रचण्डले कार्ययोजना अघि सारेका बताइएको छ । प्रचण्डले हरेक समितिले कम्तीमा उत्पादनको एक योजना बनाउनुपर्ने उल्लेख गरेका छन् ।
२. विचारधारा र कार्यदिशाबारे प्रचण्ड
बाबुरामको परित्याग सुनियोजित
पहिलो, पार्टीको विचारधारा र आगामी कार्यदिशाका बारेमा प्रचण्डले विश्लेषण गरेका छन । यस अन्तर्गत बाबुराम भट्टराईको पार्टी परित्याग मुख्य रहेका छ । बाबुराम भट्टराईको पार्टी परित्यागलाई प्रचण्डले ‘आकस्मिक’ नरहेको बताएका छन् । प्रचण्डले साम्राज्यवाद र विस्तारवादीहरुको नियोजित षडयन्त्र अन्तर्गत बाबुरामले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । “साम्राज्यवादी र पूँजिवादले आफूलाई ‘विद्वान’ भनाउने बाबुराम भट्टराईको मुखबाट माक्र्सवादको औचित्य नभएको कुरा भनाउन सफल भएको” प्रचण्डको निश्कर्ष छ । माक्र्सवाद र पूँजिवादलाई फ्युजन गराउने भट्टराईको विचार बद्नाम पूँजिवादी विचार भएको उनले बताउका छन् ।
समाजवादी क्रान्तिको कार्यदिशा
प्रचण्डले माक्र्सवाद, लेनिनवाद र माओवाद नै अहिलेको समयको सबैभन्दा वैज्ञानिक विश्व दृष्टिकोण रहेकोमा जोड दिएका छन् । विचारधारा अन्तर्गत नै पार्टीको राजनीतिक कार्यदिशाबारे उनले विस्तृतमा प्रकाश पारेका छन् । “
सर्वहारावर्गको राजनैतिक प्रतिनिधिका हैसियतले आज पाटीृका अगाडि देशलाई दलाल पूँजिपति, नोकरशाही र सीमान्तकृत सामन्तहरुका हातबाट खोस्न सडक, सदन र सरकारका सम्भव सबै मोर्चाबाट संघर्ष गर्दै अगाडि बढ्ने नीति लिनुको विकल्प नरहेको उनको ठहर छ ।
अबको रणनीति समाजवादी क्रान्ति हुने र समाजवाी क्रान्तिको रणनीति अन्तर्गत नै सामन्तवादका अवशेषहरुको अन् र्ने ता राष्ट्रिय स्वाधिनता हासल री पूँजिवादीजनवादी क्रान्तिलाई पूर्णता दिँदै उत्पादक शक्तिको विकासद्वारा समाजवादी क्राीन्तको तयारी गर्ने नयाँ ऐतिहासिक राजनीतिक कार्यदिशा पार्टीकोरहने छ ।
स्मरणीय कुरा के छ भने यही विषयमा वैद्य माओवादीले एमाओवादीसँग असहमति राखेको छ । वैद्य माओवादीले जनवादी क्रान्ति नै अहिलेको कार्यदिशा हुनुपर्ने अडान राखेको छ । प्रचण्डले भने जनवादी क्रान्तिको पूर्णतासँगै समाजवादी क्रान्ति भन्ने पदावली प्रयोग गरेका छन्
३. वर्तमान राजनीतिक परिस्थिति र संविधानलाई हेर्ने प्रश्न
प्रचण्डले दोश्रो खण्डमा देशको पछिल्लो राजनीतिक परिस्थिति र संविधानका बारेमा निकै बिस्तृत चर्चा गरेका छन् । नयाँ संविधान निर्माणका चुनौती उल्लेख गर्दै प्रचण्डले नेपालको आन्तरिक विवादको निहुँमा नाकाबन्दी सिर्जना गरेर भारतले भयानक यन्त्रणा दिएको उल्लेख गरेका छन् । भूकम्पले त्रासदीपूर्ण जीवन बिताउन बाध्य नेपालीहरुमाथि भारतको यो व्यवहारको उनले कटु आलोचना गरेका छन् ।
प्रतिवेदनमा प्रचण्डले बुँदागतरुपमा संविधानको विवेचना गरेका छन् । वैद्य माओवादीले प्रतिगामी संविधान भन्दै बिरोध गरिरहेको सन्दर्भममा प्रचण्डले त्यो आरोपलाई खण्डन गर्न संविधानले कुन कुन विषयमा उपलब्धि हासिल भएको छ र कहाँ कहाँ कमजोरी छ भन्ने कुराको विस्तृत विवेचना गरेका छन् । “सामन्ती दासत्व सदाका लागि अन्त्य” भएको उनले उल्लेख गरेका छन् । उनले सामन्तको साटो सीमान्तकृत सामन्तको उल्लेख गरेका छन् । “नयाँ संविधान गतिशील संविधानका रुपमा आएकोले जनताले चाहेमा यसलाई परिवर्तन गर्न सक्ने” उनको जिकिर प्रतिवेदनमा देखिन्छ । प्रचण्डले महिला, दलित, मधेसी जनता, जनजाति, किसान, मजदूरलगायत बिभिन्न अन्य पक्षहरुमा भएका उपलब्धिबारे चर्चा गरेको ती केन्द्रीय सदस्यले बताए ।
संविधानका कतिपय उपलब्धि र असल पक्ष हुँदाहुँदै पनि प्रचण्डले यो जनवादी संविधान भने बन्न नसक्ने स्पष्ट पारेका छन् । हामीले संविधानको अन्तरवस्तुका सम्बन्धमा राखेका मतभेदका विषयहरुलाई संविधानमा समावेश गरिएको भएपनि जनताको जनवादी वा नयाँ जनवादी वा समाजवादी संविधान बन्ने थिएन ।” उनले वैद्य माओवादीको तर्कप्रति लक्षित गर्दै भनेका छन् ।
संघीयता, शासकीय स्वरुप, नागरिकता, विशेष संरचना, दलित, महिला, श्रमिकलगायका अधिकारजस्ता कतिपय विषयमा पार्टीले फरक मत राखेको उनले स्पष्ट गरेका छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

