Home » » मधेशी मोर्चाविरुद्ध लिम्बुवानले आन्दोलन चर्काउने

मधेशी मोर्चाविरुद्ध लिम्बुवानले आन्दोलन चर्काउने

संघीय लिम्बुवान पार्टीका उपाध्यक्ष खगेन्द्र माखिमले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा विरुद्ध आन्दोलन चर्काउने बताएका छन् । उनले पूर्वका झापा, मोरङ र सुनसरी २ नम्बर प्रदेशमा समावेश हुनुपर्ने मागसहित आन्दोलनरत मोर्चा विरुद्ध २५ मंसीरबाट शान्तिपूर्ण प्रदर्शन थाल्ने उनले बताए । 

झापाको दमकमा पत्रकार सम्मेलन गर्दै माखिमले भने, “अरुण सप्तकोशी पुर्वका ९ जिल्लाको एक इञ्च जमिन पनि अर्काे राज्यमा मिसाउने कुरा हामी सुन्न र स्वीकार्न तयार छैनौं ।” पार्टी अध्यक्ष कुमार लिङ्देन लिक बाहिर जान लागेको बताए । केही साताअघि इटहरी र बिराटनगरमा मोर्चाको आन्दोलनमा ऐक्यबद्धता जनाउन पार्टीमा सरसल्लाह नगरी लिङ्देन एक्लै गएको उनले बताए । पहिचान र समावेशिताको मुद्दामा मोर्चासँँग सहकार्य भएपनि सीमांकनमा कहिल्यै सहमति हुन नसक्ने माखिमले बताए । उनले भने, “सम्म भाग सवै मधेश राज्यमा पारौं भन्नु हास्यास्पद र वाहियात माग हो ।” माखिमले झापा, मोरङ र सुनसरी वा सुनसरी र मोरङको केही भाग मधेश प्रान्तमा मिसाउने मधेशी माग भारतको इच्छा अनुसार भएको दाबी गरे । उनले भने, “सप्तकोशीको पानीमा भारतीय आँखा परेको छ ।” 
-गोपाल गडतौला ,झापा - 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}