
|
|
सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता विषय प्रवेश नै नगरी टुङ्गिएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा मोर्चाले सीमाङ्कनको प्रस्तावित स्वरुप फेरबदल गर्नेबारे सरकारले ठोस प्रस्ताव नआएसम्म आन्दोलनको माग सम्बोधन नहुने दोहोर्याएको थियो ।
सरकारले यसबारे मूर्त जवाफ दिएको छैन । प्रमुख तीन दल भने सीमाङ्कन परिवर्तन गर्न तयार देखिएका छैनन् । तर, सरकारी पक्षले पछिल्ला वार्ता सकारात्मक रहेको भन्दै छिट्टै निकास आउने दावी गरेको छ ।
मन्त्री गच्छदारका अनुसार पुनःनिर्माण विधेयक अगाडि बढाउने पूर्व निर्णयमा मोर्चा कायमै रहेको जानकारी पनि दिए ।
वार्ता असफल भएपछि प्रधानमन्त्री ओलीको ट्वीट
तीन दल र मोर्चाबीच वार्ता हुने भनिएपनि नेपाली कांग्रेस र एकीकृत माओवादी अनुपस्थित रहेपछि मोर्चाका नेतासँग उपप्रधानमन्त्री कमल थापा नेतृत्वको वार्ता टोलीले छलफल गरेको थियो ।
मोर्चाले संविधान संशोधन विधेयकमा प्याकेजमै सहमति हुनुपर्ने अडान दोहोर्याउँदै पूर्ववर्ती सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक अगाडि नबढाउन पनि चेतावनी दिएको छ । पुनःनिर्माण र संविधान संशोधन विधेयक एकैसाथ ल्याइए संसद बैठक अवरुद्ध गरिने उसको भनाइ छ ।
मोर्चा र कांग्रेसको परस्पर विरोधी अडानले सरकार चेपुवामा परेको छ । मधेशकै समस्या समाधान गर्न भनेर कांग्रेसले ल्याएको संविधान संसोधनको प्रस्ताव मोर्चा ले ने नमानेपनि कांग्रेसले त्यसलाई संसदमा अघी बढाउन दवाव दिनुले कांग्रेसले सरकारलाई असफल पार्नका लागि दोहोरो मापदण्ड अपनाएको दावी एमाले नेताहरुले गरेका छन् ।
भारतबाट फर्किएका मधेशी नेताहरुलाई भारतले ओली सरकारको गठबन्धनलाई असयोग गर्न भनेर पठाएको समेत उनीहरुको आशंका छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

