Home » » ग्याष्ट्रीक समस्या समाधानको लागि घरेलु उपचार

ग्याष्ट्रीक समस्या समाधानको लागि घरेलु उपचार

अनियमित र दुषित खानपानका कारण अहिले ग्याष्ट्रिकको समस्या सामान्य झै भइसकेको छ । लगातार
कब्जियतका कारण ग्यास्ट्रिकको समस्या हुन्छ र यो ग्यास्ट्रिक अन्य अनेक समस्याको कारण बन्छ । ग्यास्ट्रिकबाट पीडित व्यक्तिलाई टाउको दुख्ने, कम्मर दुख्ने, पेट दुख्ने, छाती दुख्ने
जस्ता अनेक समस्या हुन्छन् । खैर, ग्यास्ट्रिकको मूल कारण

केही बानी र अनियमितता दिनचर्या हो ग्यासको समस्याका केही सामान्य लक्षणहरु यसप्रकार छन्
क. वान्ता आउनु
ख. लगातार हिक्क हिक्क आउनु
ग. पेट दुख्नु
यहाँ ग्यास्ट्रिकबाट बच्ने केही सजिलो उपायहरु बताइएको छन् ।
प्रसस्त पानी पिउनुहोस् :थोरै पिउनु पनि यस
समस्याको एउटा ठूलो कारण हो । ग्यासको समस्या भए पनि नभए
पनि दिनमा आठ गिलास पानी अवश्य पिउनुस् ।
अदुवा: ग्यासको समस्यामा अदुवा सबभन्दा राम्रो औषधि हो ।
अलिकति सुकेको अदुवा चियामा हालेर पिउनाले ग्यासमा तत्काल
राहत पुग्छ । अदुवामा एन्टी बैक्टिरियल र एन्टी इन्स्लामेट्री तत्व
पाइन्छ । अदुवा खानाले ग्यासको समस्या उत्पन्न गर्ने जिवाणु
समाप्त हुन्छ । अदुवाको एक टुकडा घ्यूमा तताएर बीरे नूनसँग
खाँदा ग्यासबाट छुटकारा पाइन्छ ।
पाइनएपल : पाइनएपलमा पाचक एन्जाइम्स पाइन्छ । पाइनएपल
पाकेको मात्र खानुपर्छ । काचो पाइनएपलले पेटलाई झन नोक्सान नै
पुर्याउछ ।
मही: अलिकति मेथी दाना, बेसार, हिंग, जिरा मिलाएर पिनेर राख्नुस् ।
बिहान खाना खाएपछि महीमा यो पाउडर मिलाएर पिउनुस् । ग्यास र
एसिडीटीको समस्या समाप्त हुन्छ ।
जीरा: जीरा खानाले पनि डायजेस्टिव सिस्टमको समस्या समाधान
हुन्छ । त्यसैले ग्यासको समस्या हुँदा एक चम्चा जीरा पाउडर
चीसो पानीमा घोलेर पिउनुस् ।
बेसार: बेसार एन्टी इन्स्लामेन्ट्री र एन्टी फगल तत्व पाइन्छ ।
यो अनेक विमारीमा औषधिको काम गर्छ ।
अलिकति बेसार पाउडर चिसो पानीसँग लिनुस् र
यसपछि केरा वा दही खानुस् ।
नरिवल पानी: नरिवल पानीमा भिटामीन ए पोषक तत्व भरपुर हुन्छ
तर साथै यसले ग्यासको समस्यामा औषधिको काम गर्छ ।
तुलसी: तुलसीले अनेक विमारीमा औषधिको काम गर्छ । प्रत्येक दिन
पाँच तुलसीको पात खानाले ग्यासको समस्याका साथ साथ
पेटको अनेक समस्याहरुको पनि समाधान गर्छ ।
तुलसीको चिया बनाएर वा त्यसको रस पिउनाले पनि तत्काल
फाइदा हुन्छ ।
ल्वांग: ल्वांग चुस्दा वा ल्वांग पाउडर महकासाथ लिनाले पनि ग्यास
समस्यामा राहत पुग्छ ।
मेवा: मेवामा बीटा केरोटीन भरपुर मात्रामा पाइन्छ ।
यसमा खाना चाडै पचाउने तत्वहरु पाइन्छ । यसमा पेपिन
नामको एन्जाइम पनि पाइन्छ । यो शरीरको लागि अत्यन्तै
लाभदायक हुन्छ । ग्यासको समस्या भए खाना थोरै खानुस् र
खाना पछि अलिकति बिरे नूनका साथ मेवा खानुस् । कब्जियत र
ग्यास दुवै समस्याबाट छुटकारा पाइन्छ ।
पुदिना स् पुदिनाको पात चपाउनुस् वा पुदिनाको चिया बनाएर पिउनुस्
ग्यासको समस्याबाट छुटकारा पाइन्छ ।
मरिच: अलिकति मरिचको धुलोमा मह मिलाएर लिदा ग्यासमा राहत
मिल्छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}