Home » » एसडी मुनी भन्छन्- राजेन्द्र महतोले १८ किलो तौल घटाए (भिडियो सहित)

एसडी मुनी भन्छन्- राजेन्द्र महतोले १८ किलो तौल घटाए (भिडियो सहित)

मंसिर, काठमाडौं ।

अरु मधेशी नेता काठमाडौं फर्केपछि पनि दिल्लीमै रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलनका कारण १८ केजी तौल घटाएको खुलासा भारतीय विज्ञले गरेका छन् ।

नेपाल मामिलाका विज्ञ समेत मानिने एसडीमुनीले दिल्लीमा आयोजित एक कार्यक्रममा राजेन्द्र महतोलाई परिचय गराउँदा मधेश आन्दोलनका कर्मठ र आन्दोलनकै क्रममा १८ केजी तौल घटाएका ब्यक्ति भनेर चिनाएका छन् ।

जवारलाल नेहरु विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा एसडीमुनीले राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा १८ केजी तौल घटाएको भनेर परिचय दिएका छन् ।

हेर्नुस् भिडियोः

अन्य मधेशी नेताहरु समेत दिल्लीमै रहेको समयमा आयोजित उक्त कार्यक्रममा अन्य नेताहरुलाई सामान्य परिचय गराएपनि महतोलाई भने एसडीमुनीले कर्मठ नेता भनेका छन् ।

राजेन्द्र महतो काठमाडौं नआउने ! कारण यस्तो

यसैबीच मोर्चा र सरकारबीच कुनै सम्झौता नभए सम्म आफू काठमाडौं नआउने दिल्लीबाटै मधेश फर्किने घोषणा महतोले गरेको जानकारी मोर्चाका एक नेताले हेडलाइन्ससँगको कुराकानीमा दिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}