
|
|
मुख हाम्रो
शरीरको एउटा महत्वपूर्ण अंग हो । हाम्रो शरीरको मुख्यद्वार पनि हो र हाम्रो शरीरको
सधंै फोहोर रहने अंगमध्येको एक पनि हो । यहाँ सामान्यतया जतिखेर पनि लाखौं किटाणु
रहिरहन्छन् । यी किटाणुलाई नर्मल फ्लोरा भनिन्छ । यसले सामान्यतया हामीलाई केही
हानि गर्दैन । तर जब हाम्रो रोग प्रतिरोधात्मक क्षमता घट्छ वा हामीले दाँत तथा
जिब्रो सफा नगरेको खण्डमा यी किटाणुको संख्या एकदमै बढेर आउँछ र विभिन्न खतरनाक
रोग लाग्न सक्छ । यी किटाणु सजिलै हाम्रा मुख्य अंग मुटुदेखि मिर्गाैलासम्म पुगेर
विभिन्न खतरनाक रोग निम्त्याउन सक्छन् । जस्तै ः हृदयघात, मधुमेह, बच्चा तुहिनेलगायत रोग ।
नेपाली जनमानसमा पाइने केही महत्वपूर्ण अन्धविश्वास निम्न प्रकार छन् ः
नेपाली जनमानसमा पाइने केही महत्वपूर्ण अन्धविश्वास निम्न प्रकार छन् ः
१) दाँतको उपचार एकदमै महँगो हुन्छ ।
– दाँतको उपचार गराउनु एउटा महत्वपूर्ण लगानी गर्नु हो । जसले हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्व प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छ । खानेकुरा चपाउनका लागि दाँत नभई नहुने अंग हो । यसको उपचार गराउनाले दाँतको दुखाइबाट छुटकारा पाउनुका साथै हृदयघात, मिर्गाैलाका रोग, मधुमेह, मुखको दुर्गन्धवाट बचाउने अनि सुन्दरता बढाउने, राम्रो नोकरी, राम्रो सम्बन्ध तथा खुसी प्रदान गर्न मद्दत गर्छ । नेपालमा दाँत तथा मुखको उपचार अमेरिका, अस्ट्रेलिया, इङ्ल्यान्डजस्ता देशमा भन्दा एकदमै सस्तो छ ।
२) दाँतको उपचार गराउँदा हुन सक्ने डर (डेन्टलफोबिया) ।
– अहिले दन्तचिकित्सा क्षेत्र अत्यन्तै विकसित हँुदै गएको छ । साधारणतया दाँतको उपचारमा दुखाई नहोस् भनी लठ्याउने सुई (लोकल एनेस्थेसिया) लगाइसकेपछि दुखाइको अनुभव हुँदैन । यतिमात्र होइन कि आवश्यकता अनुसार चाहिएको खण्डमा पूरै शरीर निदाउने (जनरल एनेस्थेसिया) अवस्था बनाएर पनि केही सर्जरी गरिन्छ । अतः दाँतको उपचार गराउँदा दुखाइ हुन सक्छ भनेर डराउनु हँुदैन । समयमै दन्तचिकित्सककहाँ गई उपचार गराई मुख तथा दाँतको रोगबाट हुन सक्ने दुःख तथा समस्याबाट बच्न सकिन्छ ।
३) दाँत दुखेपछि मात्र चिकित्सक कहाँ जाने ।
– प्रायः मानिस दन्तसडन सुरु भइसकेको अवस्था थाहा हुँदाहुँदै पनि दन्तचिकित्सककहाँ उपचारका लागि जाँदैनन् । दाँत दुख्न थालेपछि मात्र समस्या भएको बुझ्छन् । कतिपय त दुखाइ सहनै नसक्ने नभएसम्म उपचारका लागि जाँदैनन् । बिरामीले समयमै दन्तचिकित्सककहाँ गएर आफ्नो मुख तथा दाँतको उपचार गराउनुपर्छ । समयमै उपचार गराउनाले दाँतलाई दन्तसडनबाट बचाउन सकिन्छ तथा अरु मुख तथा दाँतको रोगबाट हुन सक्ने समस्याबाट समयमै जोगिन सकिन्छ । नियमित रुपमा कम्तीमा तीन, तीन महिनाको अन्तरालमा दन्तचिकित्सककहाँ गई आफ्नो मुख तथा दाँत जँचाउनु र दन्तचिकित्सकको सल्लाह अनुसार दाँत सफा (स्केलिङ) गराउनु तथा अरु उपचार गराउनुलाई उत्तम हो ।
४) दाँत
फुकालेपछि आँखा कमजोर हुन्छ र दिमागमा असर गर्छ ।
– यो नेपाली जनमानसमा विद्यमान मुख्य अन्धविश्वास हो । आँखा र दाँतलाई फरक फरक नशाले हाम्रो मस्तिष्कसँग जोडेको हुन्छ । दाँत फुकालेमा आँखा कमजोर हुन्छ भन्नु वा दिमागमा असर गर्छ भन्नु एउटा भ्रम मात्र हो । अतः यो कुरा सत्य होइन र डराउनु हँुदैन ।
५) दाँत दुखेका बेला फुकाल्नु हँुदैन ।
– धेरै जसो मानिस दाँत दुखिरहेका बेलामा दाँत निकाल्न नहुने भ्रम लिएर दुखाइ सहेर बस्छन् र दुखाइ कम होस् भनेर पर्खिबस्छन् । दुखाइ कम भएपछि मात्र दन्तचिकित्सककहाँ पुग्छन् । त्यसरी दुःख सहेर बस्नु हुँदैन र जतिसक्दो चाँडो दन्तचिकित्सककहाँ जँचाउन जानुपर्छ ।
– यो नेपाली जनमानसमा विद्यमान मुख्य अन्धविश्वास हो । आँखा र दाँतलाई फरक फरक नशाले हाम्रो मस्तिष्कसँग जोडेको हुन्छ । दाँत फुकालेमा आँखा कमजोर हुन्छ भन्नु वा दिमागमा असर गर्छ भन्नु एउटा भ्रम मात्र हो । अतः यो कुरा सत्य होइन र डराउनु हँुदैन ।
५) दाँत दुखेका बेला फुकाल्नु हँुदैन ।
– धेरै जसो मानिस दाँत दुखिरहेका बेलामा दाँत निकाल्न नहुने भ्रम लिएर दुखाइ सहेर बस्छन् र दुखाइ कम होस् भनेर पर्खिबस्छन् । दुखाइ कम भएपछि मात्र दन्तचिकित्सककहाँ पुग्छन् । त्यसरी दुःख सहेर बस्नु हुँदैन र जतिसक्दो चाँडो दन्तचिकित्सककहाँ जँचाउन जानुपर्छ ।
६) दाँत सफा गराउँदा कमजोर हुन्छ, हल्लेर आउँछ तथा सिरिंग हुने समस्या हुन्छ र दाँत फाटिन्छ ।
– यो एउटा भ्रम मात्रै हो । दाँत सफा एउटा अल्ट्रासोनिक मेसिनले गरिन्छ जसले कम्पनद्वारा दाँतमा जमेर बसेका फोहोरलाई हटाउँछ । यो कुनै धारिलोे मेसिन होइन, त्यसैले यसले दाँत खिइँदैन । मानिसले सिरिंग सिरिंग केही दिनका लागि अनुभव गर्न सक्छ तर त्यो जमेको फोहर सफा भएपछि फलस्वरुप दाँतको जराको भाग देखिन गएर भएको हो । जुन कि त्यही फोहोरु जमेर गिजा तल–तल जरातिर सर्नुको कारणले भएको हो । त्यो फोहोर नै सफा भएपछि दाँतहरुबीच खाली–खाली ठाउँको महसुस गरेर फाटेको जस्तो लाग्नु भ्रममात्र हो । दाँत सफा गराउनाले कमजोर हुने वा हल्लिने हुँदैन । दाँतमा जमेका फोहोर किटाणुको घर हो, त्यो नियमित रुपमा तीनदेखि छ महिनाको अन्तरालमा दन्त चिकित्सकको सल्लाहअनुसार सफा गराइरहनुपर्छ । यसो गर्नाले दाँतलाई समातेर राख्ने हाड तथा गिजा स्वस्थ रहन्छ र यसले मुखको दुर्गन्धको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।
७) गुलियो खानेकुरा खायो भने मात्र दन्तसडन हुन्छ ।
– हामीले खाएको खानेकुरा जुन दाँतमा अड्किन्छ, त्यसलाई किटाणुहरुले खाएपछि बनाएको अम्लले गर्दा बिस्तारै दाँतको कडा भाग सड्ने हुन्छ । खानेकुरामा पाइने कार्बोहाइडे«ट र किटाणुको अन्तरक्रियाले त्यो अम्ल उत्पादित हुन्छ । गुलियो खानेकुरामा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ । अतः चकलेट र मिठाइजस्ता खानेकुराले दन्तसडनमा बढी भूमिका खेल्छ तर अरु खानेकुरा पनि भात, रोटी, आलु वा अरु तरकारीमा पनि कार्बोहाइडे«ट पाइन्छ र यी खानेकुराले पनि दन्तसडन गराउन भूमिका खेल्छ । अतः खाना खाइसकेपछि दाँत माझ्नु अति जरुरी हुन्छ ।
८) दुधे दाँत अन्ततः झर्ने नै हो । त्यही भएर दुधे दाँतको वास्ता गर्नु अनावश्यक हो ।
– प्रायः आमाबुबा आफ्नो बच्चाको दन्त सड्न हुँदाहुँदै पनि दाँत भर्न चाहँदैनन् । यो सोचेर कि यी दुधे दाँत अन्ततः झरेर स्थायी दाँत त्यो ठाउँमा आई नै हाल्छ । यदि दन्तसडन भएर केही गरी संक्रमण भयो र सुन्निएर आयो वा दुख्यो भने त्यो दाँत बचाउनुभन्दा पनि निकाल्ने पक्षमा देखिन्छन् । दन्त चिकित्सकको सल्लाह अनुसार दुधे दाँत पनि हाम्रो स्थायी दाँतजस्तै महत्वपूर्ण हुन्छ । ती दाँतले बच्चालाई खान चपाउन मद्धत गर्छ र पछि आउने स्थायी दाँतको ठाउँ निर्धारण गर्छ । अतः स्थायी दाँत उम्रने समय नभएसम्म दुधे दाँत बचाउन सके राम्रो हुन्छ । त्यो दाँत केही गरी समयभन्दा पहिले नै झ¥यो भने पछि आउने स्थायी दाँत समयभन्दा ढिलो आउने तथा नमिलेर आउने हुन्छ । जसले गर्दा दन्तसडन र गिजासम्बन्धी रोग लाग्ने सम्भावना बढेर आउँछ र ती दाँत मिलाउन पछि अर्थोड्रोन्टिक उपचार तथा सर्जिकल उपचार गर्नुपर्ने हुँदा खर्च पनि निकै लाग्छ । अतः दुधे दाँतको पनि महत्व बुझेर त्यसको हेरचाह र उपचार गरी समयसम्म बँचाउन सके राम्रो हुन्छ ।
९) सबै दाँत झरेपछि मात्र दाँत हाल्ने ।
– प्रायः मानिस एक–दुइटा दाँत झरेको खण्डमा त्यहाँ दाँत नहालीकनै अरु दाँत पनि झर्ने बेलासम्म पर्खिन्छन् । सबै दाँत एकैचोटि हाल्ने भनेर बस्छन् । यी भ्रम प्रायः जसो बुढापाका उमेरका मानिसमा विद्यमान देखिन्छ । यदि हाम्रो एउटा दाँत झरेर गयो भने पनि त्यो ठाउँमा नक्कली दाँत हाल्न सकिन्छ र हाल्नुपर्छ । अचेल त दाँत रोप्ने (इम्प्लान्ट) प्रविधिको विकाससँगै दाँत राख्न झनै राम्रो भएको छ । समयमै दाँत हालेपछि हाड तथा गिजा सुकेर जाने प्रक्रिया सुरु हुन्छ र हाडको मात्रा राम्रो भएपछि लगाएको दाँत राम्ररी अड्ने हुन्छ । दाँत झरेर खाली भएको ठाउँको विपरीत जव्रामा रहेको दाँत माथि सर्ने तथा छेउछाउको दाँत पनि सरेर खाली ठाउँतिर आउँछ । यसले गर्दा हाम्रो सामान्य रुपले दाँत जुड्ने प्रक्रिया बिग्रिन्छ र फलतः टेम्पोरोमान्डिबुलर जोर्नीेको समस्या हुन सक्ने खतरा हुन्छ । अतः हाम्रो कुनै दाँत केही गरी झर्न गएको खण्डमा सक्दो चाँडो त्यो ठाउँमा दाँत हाल्नुपर्छ ।
१०) दन्तसडन बच्चामा बढी सम्भावित रोग हो ।
– बच्चाहरु जन्मजात रुपमा दन्तसडनको सम्भावित हुने होइन । यो रोग बच्चामा अधिक मात्रामा देखिनुको कारण हो कि उनीहरु आफ्नो दाँत राम्ररी माझ्न सक्दैनन् । उनीहरुलाई हामीले राम्ररी दाँत माझ्न सिकायौं र उनीहरुले राम्ररी आफ्नो मुख तथा दाँत सफा राख्न सके भने यो रोग धेरै हदसम्म रोकथाम गर्न सकिन्छ । बच्चाहरुलाई घुमाउरो विधि (फोन्स मेथड) सिकाउन सजिलो हुन्छ र उनीहरुका लागि सिक्न पनि सजिलो हुन्छ । अतः दन्तसडन बच्चादेखि बूढासम्म सम्भावना बोकेको रोग हो र यसको सम्भावनालार्इृ मुख, दाँत तथा जिब्रोको नियमित र प्रभावशाली तरिकाले सफा गर्नाले घटाउन सकिन्छ ।
११) गिजाबाट रगत आयो भने दाँत माझ्नु हुँदैन ।
– मानिसहरु गिजाबाट रगत आउन थालेपछि दाँत माझ्नै बन्द गरिदिन्छन् । यो सोचेर कि रगत खेर गइरहेको छ । तर त्यो सबै गिजाको संक्रमण भएर सुन्निएर निम्त्याएको अवस्था हो । यो सबै राम्ररी दाँत नमाझेर जमेका फोहोरमा रहेका किटाणुको संक्रमणको उपज हो । यस्तो अवस्थामा दाँत हल्का रुपले राम्ररी सवैतिर माभ्mनुपर्छ र दन्तचिकित्सककहाँ गएर उपचार गराउनुपर्छ ।
१२.
दन्तचिकित्सक दाँतसम्बन्धी मात्र हो ।
– धेरैजसो मानिस दन्तचिकित्सक भन्नेबित्तिकै दाँतसम्बन्धी मात्र बुभ्mछन् । तर यो सही बुझाइ होइन । दन्तचिकित्सकहरु दाँत मात्र नभई पूरा मुख, गिजा, जिब्रो, अनुहार, तल्लो र माथिल्लो जव्रा टेम्पोरोमान्डिबुलर जोर्नी, मुखको क्यान्सर, ओठ तथा तालु काटेको वा खुडेको आदि सबैका विशेषज्ञ हुन् ।
– धेरैजसो मानिस दन्तचिकित्सक भन्नेबित्तिकै दाँतसम्बन्धी मात्र बुभ्mछन् । तर यो सही बुझाइ होइन । दन्तचिकित्सकहरु दाँत मात्र नभई पूरा मुख, गिजा, जिब्रो, अनुहार, तल्लो र माथिल्लो जव्रा टेम्पोरोमान्डिबुलर जोर्नी, मुखको क्यान्सर, ओठ तथा तालु काटेको वा खुडेको आदि सबैका विशेषज्ञ हुन् ।
यी सबै
अन्धविश्वासले गर्दा हामी सक्षम उपचारबाट वञ्चित भइरहेका छौं । जनमानसलाई यो
भ्रमबाट निकाल्न सकियो भने दन्त उपचारमा लाग्ने समय र खर्चलाई न्यूनीकरण गर्न
सकिन्छ तथा यसबाट मानिसहरुले भोग्नुपर्ने दुःख र समस्याबाट बच्न सकिन्छ ।
डेन्टल सर्जन मुस्तफा ॐ समाज डेन्टल हस्पिटलमा कार्यतरत छन् ।
डेन्टल सर्जन मुस्तफा ॐ समाज डेन्टल हस्पिटलमा कार्यतरत छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

