Home » » स्वास्थ्यको जाँच गर्दा जान्नैपर्ने कुरा

स्वास्थ्यको जाँच गर्दा जान्नैपर्ने कुरा

बिरामीको स्वास्थ्य अवस्थासँग कहिलेकाहिँ उसको रिपोर्ट नमिल्न सक्छ । यस्तो अवस्थामा प्याथोलोजिस्ट र उपचारमा संलग्न चिकित्सकबिचको समन्वय महत्वपूर्ण हुन्छ । बिरामी सचेत छ भने चिकित्सक पनि असफल हुँदैन । प्रयोशालामा विभिन्न विधाहरू हुन्छन् । हेमाटोलोजीः रगत सम्बन्धी, वायोकेमेष्ट्रीः मिर्गौला, कलेजो, रगतमा बोसोको मात्रा, चिनी इत्यादि सम्बन्धी, सेरोलोजीः संक्रमणहरू सम्बन्धी, माइक्रोवायोलोजीः सुक्ष्म किटाणुको लागि गरिने कल्चर (दिसा, पिसाव खकार इत्यादिको जाँच) साइटोलोजीः कोषहरू सम्बन्धी जाँच, गाँठागुठी मासु पलाएको इत्यादिको लागि गर्न सकिने प्रारम्भिक जाँच हुन् । हिस्टोप्याथः अपरेशन पछि निकालिने मासुको जाँच हो जसले वास्तविक रोगको पहिचानमा मद्दत गर्छ ।

रगतका अनगिन्ती जाँच भएता पनि सामान्यतः के–के कुराहरूमा ध्यान दिँदा अझ राम्रो रिपोर्ट प्राप्त गर्न सकिन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । किनभने ल्याबमा हुने अधिकांश गल्तीहरू प्रिएनालाइटिक हुन्छन् । अर्थात् रगतको जाँच गर्नुपूर्व हुने गल्तीहरूलाई न्यूनिकरण गर्न सकिए आगामी दिनमा सही रिपोर्ट प्राप्त गर्न सकिन्छ ।
रगतका अनगिन्ती जाँच भएता पनि सामान्यतः के–के कुराहरूमा ध्यान दिँदा अझ राम्रो रिपोर्ट प्राप्त गर्न सकिन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । किनभने ल्याबमा हुने अधिकांश गल्तीहरू प्रिएनालाइटिक हुन्छन् । अर्थात् रगतको जाँच गर्नुपूर्व हुने गल्तीहरूलाई न्यूनिकरण गर्न सकिए आगामी दिनमा सही रिपोर्ट प्राप्त गर्न सकिन्छ ।
सही रिपोर्टका लागि ल्याबहरूको गुणस्तर पनि महत्वपूर्ण छ । गुणस्तर भनेको उपभोक्ताको चाहनाको प्रतिफल भएकाले आफैँ जागरुक हुन जरुरी छ । रोगको पहिचानको लागि गरिने प्याथोलोजी सम्बन्धी जाँचको भूमिका महत्वपूर्ण छ तर यसलाई खासै महत्व दिएको देखिँदैन । विभिन्न ल्याबबाट गरिने जाँच र त्यसबाट आउने फरक परिणाम (एकै जनाको विभिन्न ल्याबमा फरक रिपोर्ट आउँछ ) बाट हामीहरू अनभिज्ञ छैनौं । जसले गर्दा बिरामी पाउनुपर्ने उपचारबाट बञ्चित हुनु परेको मात्रै छैन, अनावश्यक झन्झटसमेत बेहोरिरहेको हुन्छ ।
प्याथोलोजी ल्याबले दिने रिपोर्ट एकै किसिमको किन हुँदैन ? ल्याबमा दिइने रगतको नमूनाको समयमा बिरामीको अवस्था, प्रयोगशाला उपयोग भएको केमिकल वा रिएजेन्ट, त्यसको उचित भण्डारण, जाँच गर्ने तौरतरिका इत्यादिमा भर पर्छ । उदाहरणको लागि मिर्गौला प्रत्यारोपण गरिसकेपछि खाइने ‘ट्याक्रोलिमस’ नामक औषधीको मात्रा जाँच्दा औषधी खानुभन्दा १५ मिनेट अगाडि दिनुपर्छ । जसलाई ‘ट्रग्टी लेभल’ भनिन्छ । कलेजो र मिर्गौलाको काम हेर्नको लागि गरिने जाँचमा खाली पेट हुनु त्यति जरुरी छैन तर बोसो र चिनीको मात्रा जाँच्दा कम्तीमा आठ घन्टा पानी मात्र खाएको वा खाली पेट भएको हुनुपर्छ । तर, आवश्यकता अनुसार बोसोको मात्रा जाँच गर्दा खाली पेट नभएपनि हुन्छ ।
शरीरमा हुने हर्मोनको मात्रा पनि विहान र बेलुकीको समयमा फरक पर्न सक्छ । कतिपय हर्मोन बिहानको समयमा बढी हुने पछि त्यसको मात्रा घट्दै जाने हुन्छ । जस्तै ः टेस्टोस्टेरोन भन्ने हर्मोनको मात्रा विहान ८ देखि १० बजेको समयमा गरिन्छ । यदि कर्टिसोल नामक हर्मोनको जाँच विहान वा वेलुकी कतिखेर गर्ने हो त्यो अनुसारको लेवल फरक पर्न सक्छ । अधिकांश जाँचको नर्मल रिफेरेन्स रेन्ज यति देखि यति हुनुपर्ने भनेर राखिएको हुन्छ ।
शरीरमा हुने हर्मोनको मात्रा पनि विहान र बेलुकीको समयमा फरक पर्न सक्छ । कतिपय हर्मोन बिहानको समयमा बढी हुने पछि त्यसको मात्रा घट्दै जाने हुन्छ । जस्तै ः टेस्टोस्टेरोन भन्ने हर्मोनको मात्रा विहान ८ देखि १० बजेको समयमा गरिन्छ । यदि कर्टिसोल नामक हर्मोनको जाँच विहान वा वेलुकी कतिखेर गर्ने हो त्यो अनुसारको लेवल फरक पर्न सक्छ ।
कतिपय अवस्थामा बिरामीले लिएको औषधिका कारणले रिपोर्टमा फरक आउन सक्छ । विशेष गरी रगत पातलो गर्न खाइने औषधी र त्यसको लागि गरिन प्रोटममलेन टाइम, कलेजोको रोग, पखाला लागेको अवस्था इत्यादिमा बढ्न सक्छ । रक्तअल्पताको समस्या छ भने त्यसको लािग गरिने रगतको जाँच बाहेक दिसामा लुकेका रगतको कणहरू पनि जाँच गरिन्छ । यदि यो जाँच गर्नुपूर्व मासुको सेवन गरिएको छ भने रिपोर्ट असामान्य आउन सक्छ ।
उच्च रक्तचापको लागि गरिने साधारण जाँचहरू बाहेकका जाँचहरू जस्तै मेटानेफ्रिन्स क्याटक्लोमाइन्सको जाँच गर्न सावधानी अपनाउनुपर्छ । विभिन्न खानेकुराहरू जस्तै केरा, चिया, कफी लगायत खानुहुँदैन । कतिपय अवस्थमा हर्मोनहरूको जाँच गर्न जाँदा हेभी एक्सरसाइज र चुरोटको सेवन गर्नुहँुदैन ।
कस्तो अवस्थामा रगतको परिक्षण भएको छ, त्यो पनि महत्वपूर्ण छ । जस्तैः जमेको रगत, जन्डिसयुक्त बोसोको मात्रा बढी भएको स्याम्पलबाट गरिएको जाँचमा असर पर्न सक्छ र रिपोर्ट गलत आउन सक्छ ।
उच्च रक्तचापको लागि गरिने साधारण जाँचहरू बाहेकका जाँचहरू जस्तै मेटानेफ्रिन्स क्याटक्लोमाइन्सको जाँच गर्न सावधानी अपनाउनुपर्छ । विभिन्न खानेकुराहरू जस्तै केरा, चिया, कफी लगायत खानुहुँदैन । कतिपय अवस्थमा हर्मोनहरूको जाँच गर्न जाँदा हेभी एक्सरसाइज र चुरोटको सेवन गर्नुहँुदैन । -
कतिपय अवस्थामा हर्मोनहरू÷क्यान्सरको लागि गरिने ट्युमर मेकर्स क्यान्सर नभएता पनि गरिन्छ । बिटा एचसीजीको मात्रा गर्भवती अवस्थामा मात्रै गरिँदैन, अन्य क्यान्सरहरूमा पनि गर्न सकिन्छ । हर्मोनको जाँच रजस्वला भएको दोस्रो वा तेस्रो दिनमा गरिन्छ । कुनै जाँच केही समय पछि पनि गर्न सकिन्छ । त्यसैले कुन जाँच कुन बेलामा वा कस्तो अवस्थामा गरिनुपर्छ भन्ने कुरा महत्वपूर्ण छ ।
धेरै कुराले रगतको रिपोर्टमा असर गर्न सक्ने भएकाले यो ठाउँको रिपोर्ट सही वा त्यो ठाउँको गलत भन्नुभन्दा पनि ल्याबमा हुनसक्ने अधिकांश प्रिएनालाइटिकल गल्तीलाई सच्चयाउन वा न्यूनिकरण गर्न आनवश्यक छ । किनभने सत्तरी प्रतिशत भन्दा बढी निदान प्याथोलोजी रिपोर्टमा आधारित छन् । त्यसैले भरसक रिपोर्ट नहोस् भन्नेतर्फ सचेत हुनुपर्छ ।
बिरामीको उपचारमा संलग्न चिकित्सक र प्याथोलोजिस्ट बीचको सम्बन्ध महत्वपूर्ण छ । यदि बिरामीको क्लिनिकल अवस्थासँग रगतको रिपोर्ट मेल नखाए प्याथोलोजिस्टसँग सम्पर्क गरि त्यसको सही निक्र्याैल गर्नुपर्छ ।
प्रविधि र खोजको विकास निरन्तर भइरहेको छ । जाँच्ने तरिका र रगतका जाँचहरू नयाँ आइरहेका छन् । चिकित्सक र प्याथोलोजिस्ट बीचको सम्पर्क उही कारणले पनि महत्वपूर्ण छ ।
लेखक सम्यक डाइग्नोस्टिक ल्याब प्रा.लि.का निर्देशक हुन्

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}