Home » » बीबीसी हिन्दीले खोल्यो नाकाबन्दीको रहस्य

बीबीसी हिन्दीले खोल्यो नाकाबन्दीको रहस्य

काठमाडौं, २५ मंसिर । विश्वकै चर्चित मिडिया बीबीसीको हिन्दी संस्करणले भारतीय नाकाबन्दीको रहस्य खुलाएको छ ।

विहीबार बीबीसी हिन्दीका वरिष्ठ पत्रकार अनिल यादवले नाकाबन्दीको गहिरो अनुसन्धान गरी रहस्य खोलेका हुन् । उनले आफ्नो अनुसन्धानमा भारतको नेपालमाथि नियन्त्रित नाकाबन्दी रहेको र जसको रिमोट अज्ञात शक्तिको हातमा रहेको उल्लेख गरेका छन् ।
यस्तो छ भारतीय नाकाबन्दीको रहस्य: (बीबीसी हिन्दीबाट सभार)
भारत सरकार जोडतोडसँग आफ्नोतर्फबाट कुनै नाकाबन्दी नगरेको बताइरहेको छ। तर, नेपालमा खाना बनाउने ग्यास, पेट्रोल, डिजेल र औषधि चरम अभाव भएको छ। केही दिन अघि भारतीय माथिल्लो सदन राज्यसभामा विदेशमन्त्री सुष्मा स्वराजले भगवानले चाहे नाकाबन्दी चाँडै अन्य हुने बताएकी थिइन्।
वास्तवमा यो नियन्त्रित नाकाबन्दी हो। जसको रिमोट माथि कुनै अज्ञात शक्तिको हातमा छ, र जमिनमा यसको नाममा धेरै खेल चहिरहेका छन्। विदेशमन्त्रीले संसदमा भनेकी थिइन, ‘भारततर्फबाट जाने ट्रकलाई नेपालका मधेसी आन्दोलनकारीले रोकेर राखेका छन्।’ सुनौली नाकामा कुनै आन्दोलन छैन तैपनि दुई तीन दिनमा एक दिन निर्धारित संख्यामा मात्र ट्रक नेपाल पठान्छ। तर त्यही नाकामा बस तथा अन्य सवारी साधन आतव जावतमा कुनै रोक लगाइएको छैन।

त्यसो भए ट्रकलाई मात्र किन रोकियो ? केवल योमात्र प्रश्न होइन, प्रत्येक प्रश्नको जवाफमा सशस्त्र सीमा सुरक्षा वल एसएसबीका अधिकृत भन्छन–यो सबै माथिको आदेशमा गरिएको हो।’ माथि कसको आदेश ? यो सोध्यो भने उनीहरु यसरी हाँस्छन की यसको अर्थ हुन्छ,’तपाइ त्यत्ति साह्रो सोझो हुनुहुन्छ, जसलाई नेपालका पाँच वर्षका बच्चालाईसमेत थाहा छ।’ यो प्रश्न हामीले सीमापारि नेपालमा गएर सोध्यौं त आश्चर्यजनक जवाफ पायौं–तपाइ कस्तो छिमेकी हो? जस्तो यो पत्रकार नै भारत सरकारको प्रतिनिधि हो । ‘हाम्रो संविधान भर्खर बनिसकेकोसमेत छैन, तपाइ संशोधन गराउन लाग्नु भयो? हामीले मानेनौं भनेर हाम्रो खाना बन्द गराउने ? कस्टम अधिकारीले प्रत्येक दिन करिब एक सय ट्रकलाई चेक जाँचपछि नेपाल भित्रिन दिएको दाबी गरे। महाराजगंज जिल्लाको कोल्हुई र नौचनवामा इण्डियन आयल कर्पोरेशन र नेपाल आगय निगमको एलपी ग्यास ट्यांकर र ट्रक मुख्य द्वारभन्दा बाहिर निकालेर राखिएको छ। औषधि बोकेका ट्रकलाई प्राथमिकताका साथ नेपाल पठाइन्छ । तर, पेट्रोल डिजेल तथा ग्यास बोकेका ट्यांकरलाई नेपाल जान प्रहरीले अनुमति दिँदैन। तर कार, बाइक लता कपडालगायका ट्रक भने नेपाल भित्रिन्छन्। नेपाल सबैभन्दा अभाव इन्धनको छ। सीमामा देख्ने जोकोहीले पनि भन्नसक्छ–भारत नेपालको अत्यावश्यकीय वस्तु रोकेर उसलाई आफ्नो प्रभावमा राख्न चाहन्छ।’ ट्रक चालकका अनुसार दुई महिनादेखि लाइनमा बसेका ट्रकमध्ये कुन नेपाल जान्छ, त्यसकोसमेत भारतीय प्रहरीले पैसा लिन्छन्। ट्रकको समेत रेट तोकिएको हुन्छ। सामान्य ट्रकको तीन सय, ठूला ट्रकको ५ सय, कन्टेनरको त्यो भन्दा बढी। किनभने एक कन्टेनर एक दिनमात्र रोकिनुपर्यो भने माल मगाउनेलाई दैनिक १३ हजार रुपैयाँ घाटा लाग्छ । अहिले सुनौली नाकाको सडकमा नौतनवा रेलवे स्टेशनमा करिब २० अर्ब रुपैयाँको सामान रोकिएको छ। नेपालका व्यापारी आफूले गरेको अर्डर धमाधम रद्द गरिरहेका छन्। किनभने कसैलाई पनि थाहा छैन नाकाबन्दी कहिले हट्छ। भारतीय प्रहरीले पैसा लिएको बारे जिज्ञासा राख्दा उनीहरु भन्छन्–हामीलाई बद्नाम गराइयो।’ ‘हाम्रा अफिसरलाई केन्द्र र यूपीका मन्त्री र ठूला नेताको फोन आइरहेको छ,’ एक प्रहरी अधिकृतले भने,’ उनीहरुका चिनजानका उद्योगी व्यापारीको ट्रक नेपाल भित्रिन दिनु भन्ने आदेश दिन्छन्। हामीले मान्नु पर्छ। अनि आरोप पनि हामीमाथि नै आउँछ।’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}