Home » » दिल्लीको कुनै सन्देश छैन, ४ दिन भित्र नाकाबन्दी खुल्छ : मधेसी नेता

दिल्लीको कुनै सन्देश छैन, ४ दिन भित्र नाकाबन्दी खुल्छ : मधेसी नेता

काठमाडौँ, २५ मङ्सिर । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले आफुहरुलाई दिल्ली जान कुनै रहर नभई बाध्यताले जानु परेको बताएका छन् ।मुलुकको समस्या समाधान मुलुकभित्रै खोज्नु पर्नेमा छिमेकी देशमा गएको विषयलाई लिएर मधेसमा आन्दोलनरत संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको आलोचना भईरहेको बेला नेता ठाकुरले नयाँ दिल्लीमा नेपालको पछिल्लो समस्या र मधेसको आन्दोलनको विषयमा कुराकानी भएको बताए ।नेता ठाकुरले भने ‘छिमेकीलाई बुझाउन सरकारले हामीलाई बाध्य पार्यो र दिल्ली जानु पर्यो । 

उनीहरुलाई मधेसको विषयमा पहिलादेखि नै जानकारी थियो ।’राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै नेता ठाकुरले दिल्लीको कुनै सन्देश नभएको भन्दै मधेसको समस्या नेपालीको हो र अब हामी छलफल गरेर समस्याको समाधान तिर जान्छौ ।नेता ठाकुरले दुई चार दिनमा नै मुलुकले निकाश पाउने समेत बताएका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}