Home » » जागिर लगाइदिन्छु भन्दै ‘प्रहरीबाटै यौनशोषण’

जागिर लगाइदिन्छु भन्दै ‘प्रहरीबाटै यौनशोषण’

११ पुस, काठमाडौं ।

वैशाखको विनाशकारी भूकम्पले रमा गुरुङ (नाम परिवर्तन) को जीवनमा ठूलो विपत ल्याइदियो । त्यो भन्दा ठूलो विपत काठमाडौंको डान्सबारमा यौनशोषण सहनुपर्दा सहनुपरेको छ उनले ।

भूकम्पमा परिवारका सबै सदस्य गुमेर बेसाहरा बनेकी उनलाई एक युवतीले जागिर लगाइदिन्छु भनेर काठमाडौं ल्याई डान्सबारको जिम्मा लगाइदिएपछि रमाले धेरै व्यक्तिको यौनशोषण सहन बाध्य भएकी हुन ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन् ‘मलाई प्रहरीले ओच्छ्यान बनाएका छन् । तपाईहरुसँग कारबाही गर्ने हिम्मत छ भने मेरो गोपनीयता कायम गरिदिनोस म नाम दिन तयार छु ।’ उनले डान्सबारका मालिकबाट पनि यौनहिंसाको सिकार हुनुपरेको बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

खानलाउन दुःख भएकै कारण यौनकर्ममा लाग्नुपरेको उनको गुनासो छ । गुरुङ जस्तै पीडा भोगेकी सिन्धुपाल्चोककी बन्दना राई (नाम परिवर्तन) को पनि छ । भूकम्पमा परिवार गुमाएकी उनीसँग छोरीमात्रै जीवित छन् । ‘मैले पढेकी छैन, जागिर कसले दिन्छ मलाई ? त्यसैले म क्याबिनमा काम गर्छु । म धेरैपटक प्रहरीको सिकार भएकी छु,’ उनले भनिन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}