Home » » सुटुक्क दिल्ली गए बाबुराम भट्टराइ

सुटुक्क दिल्ली गए बाबुराम भट्टराइ

देशमा राजनीतिक गतिरोधले निकास खोजिरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई शुक्रबार दिउँसो नयाँ दिल्ली गएका छन् ।
एयर इन्डियाको जहाजबाट दिल्ली गएका भट्टराई दिल्लीबाट मुम्बइमा जाने कार्यक्रम रहेको एक नेताले जानकारी दिए । भोली मुम्बइमा

विश्वबैंकको आर्थिक सम्बन्धि कार्यक्रम रहेको र सोही कार्यक्रममा प्रमुख कार्यपत्र प्रस्तुतकर्ताको रुपमा भट्टराइ रहेको ती नेताले जानकारी दिए ।
भट्टराईसहित कांग्रेस नेता विमलेन्द्र निधि, पूर्वअर्थसचिव रामेश्वर खनाल पनि कार्यक्रमका लागि गएको ती नेताले जानकारी दिए । मम्बइ र दिल्ली भ्रमणका क्रममा उनको कुनै राजनीतिक भेटघाट नगर्ने बताइए पनि भ्रमण तालिका भने गोप्य राखिएको छ ।

उनी भोलि दिउँसो काठमाडौं फर्कने कार्यक्रम छ ।
नेपालमा तीन दल र आन्दोलनरत सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज साँझ वार्ता गर्ने तयारी भइरहेका बेला भएको दिल्ली भ्रमणलाई प्राथमिकता साथ हेरिए पनि भट्टराईले नेपालमा जारी गतिरोधको विषयमा खासै धारणा राख्ने तय नभएको बताइएको छ ।

तर मधेस आन्दोलनको समर्थनमा रहेका भट्टराईले नयान् शक्ति अभियान तीव्र पारिरहेका बेला दिल्ली जानु कुटनीतिको रुपमा हेरिएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}