
|
|
काठमाडौं, पुस ३ - वैदेशिक रोजगारिको क्रममा ठगी गर्ने म्यानपावर कम्पनी र दलाललाई कारबाही नभएको गुनासो बढेको छ । मानव अधिकारका लागि जनमञ्च पिपुल फोरमले विश्व आप्रवासन दिवसको अवसरमा गरेको कार्यक्रममा म्यानपावर व्यवसायीलाई कारबाही नभएको भन्दै गुनासो गरेका हुन् ।
वैदेशिक रोजगार विभागलाई कारबाही गर्ने अधिकार भएपनि उल्टै ठगि गर्ने म्यानपावर र दलाललाई सहयोग गरेको पीडितले गुनासो गरेका छन् । विभागमा उजुरी दर्ता गराउँन जाँदा दर्ता गर्न नमान्ने, उजुरी नगर्न दवाव दिँदै छलफलमा समेत ठगी गर्ने म्यानपावर र दलालको पक्षमा बोल्ने गरेको उनीहरुको गुनासो छ । उजुरी दर्ता भएपनि म्यानपावरका कर्मचारी नभेटिएको भन्दै बारम्बार म्याद थप गरेर पीडितलाई थप पीडा दिनेकाम गरेको प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका कमल थापा क्षेत्रीले विभागलाई एक हप्ता भित्रमा मुद्धामाथीको कारबाहीको अवस्था पीडितलाई जानकारी गराउन आग्रह गर्नुभयो । वैदेशिक रोजागरिका उजुरी आयोगमा समेत परेको र आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनुसन्धान छिटो गर्न र तत्काल एक्सन लिन विभागलाई निर्देशन दिनुभयो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक केदारबहादुर वोगटीले लामो समयदेखि विभागले अनुगमन नगरेको स्वीकार्दै, म्यानपावरको अनुगमन गर्नु युद्धमा जानु जस्तो डरलाग्दो अवस्था रहेको बताउनुभयो । धेरै रकम उठाएर थोरैको रसिद दिँदा कारबाही गर्न कानुनी जटिलता देखिएको उहाँको भनाई छ । वोगटीले भन्नुभयो ‘म्यानपावरलाई कारबाही गर्न खोजे चारैतिरबाट घेराबन्दी हुन्छ, तर म प्रयास गर्दै छु सकिन भनेपनि झुक्दीन बरु जागिरबाट हात धुन्छु ।’
म्यानपावर र दलालको सम्बन्ध के हो ? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘म्यानपावरले दलालले उठाए भन्छन् दलाल म्यानपावरले नै उठाउन लगाएको भनेर उम्कन खोज्छन् मैले बुझ्न सकिन ।’ श्रम मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलले २०६४ सालमा बनेको ऐन नियमावली परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । ऐन समयसापेक्ष नहुँदा काम गर्न अप्ठेरो भएको उहाँले बताउनुभयो । व्यवसायीले कर्तव्य पालना गर्नुपर्ने भन्दै पीडितले जस्तो ठगीगर्नेले हकहित खोज्न नमिल्ने बताउनुभयो । प्रवक्ता भुर्तेलले असल नियतले काम गरेर पीडितलाई न्याय दिलाउन र नमिलेका मुद्धा तत्काल न्यायाधिकरणमा पठाउन विभागलाई निर्देशन दिनुभयो ।
व्यवसायी र दलालले ठग्छन् भनेर यत्रो प्रचार भइरहेका बेला किन रसिद भन्दा बढि पैसा तिरेको भनेर पीडितलाई सोध्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले बढि पैसा बुझाउनु पर्दैन भन्दा नसुन्ने दलालले जे भन्यो त्यो मानेका कारण ठगिनु परेको हो । व्यवसायी र दलाललाई फ्री भिषा र फ्री टिकटको निर्णय हरियो घाँस हालेर बस्तु छाडेजस्तो भयो । अब साँग्लो लाउँछौं । तपाईंहरुपनि बढि पैसा नदिनुहोस् अनि हेरौं कसलाई ठग्दा रहेछन् ।’

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

