Home » » बल्ल लाइनमा आए भारतीय राजदूत रञ्जीत रे !

बल्ल लाइनमा आए भारतीय राजदूत रञ्जीत रे !

प्रधानमन्त्री ओलीलाई भारतमा भव्य स्वागत गरिने

काठमाडौ, १५ पुस । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालको सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीवीच भईरहेको सहमतिको प्रयासलाई भारतले समर्थन गरेको बताएका छन् । नेपाल र भारतबीचको सम्बन्धमा देखिएको चिसोपन अन्त्यको लागि पहल गर्न आग्रह गर्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने- ‘मधेसको समस्या राजनीतिक समस्या हो, त्यसैले यसको समाधान बार्ताबाटै हुनुपर्छ । सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीवीच भईरहेको सहमतिको प्रयासको हामी समर्थन गर्छौ । यो सार्थक र परिणाममुखी होस भन्ने हाम्रो अपेक्षा छ ।’ राजदूत रेले समाधानको फ्रेम वर्क बनिसकेकोले गंभिर संबाद भए समस्या छिट्टै समाधान हुने विश्वास ब्यक्त गर्दै समस्या धेरै ठूलो नभएकोले समाधान पनि गाह्रो नभएको तर्क गरे । उनले भने– ‘राजनीतिक समस्या बातचितबाट समाधान हुन्छ । तर सबै लचक भएर सम्झौता गर्नुपर्छ । बार्ता जारी छ, आशा गर्छाै । तुरुन्तै निर्णय आउँछ र नेपालमा शान्ति र स्थायित्व भएर विकासको बाटोमा अघि बढ्छ । तुरुन्तै समस्या समाधान होस । हाम्रो एउटै स्वार्थ छ, नेपालमा स्थायीत्व र विकास ।’ राजदूत रेले भारतसँग सीमा जोडिएको तराईमा समस्या हुँदा भारतलाई पनि असर पर्ने दावी गर्दै छिमेकीमा अस्थिरता हुँदा आफूहरु त्यसैमा अल्झिदा आफ्नो विकास क्रममा पनि असर पर्ने बताए । 

कसैले विगार्न चाहे पनि नसक्ने खालको प्रगाढ सम्बन्ध नेपाल र भारतवीच रहेको भन्दै नजिक हुँदा कहिले काही चिसोपन आउनु स्वभाविक भएकोले त्यसलाई बातचित गरेर सुधार्ने उनले बताए । उनले भने,‘म आशाबादी छु, यो अस्थायी समस्या हो । अब सम्बन्ध अझै प्रगाढ हुन्छ । त्यसको विकल्प छैन ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकै वर्ष गरेको दुई पटकको भ्रमणले भारतले नेपाललाई कति महत्व दिन्छ भन्ने प्रष्ट भएको बताउँदै भने– ‘हामी नेपाल भारत सम्बन्धलाई प्राथमिकता दिन्छौ । हामी दुई देशको साझा विकास चाहन्छौं ।’ नेपालले ईन्धन लगायतका सम्झौता चीनसँग गर्न लागेको विषयमा सञ्चारकर्मीले भारतीय धारणा बारे राखेको जिज्ञासामा उनले नेपाल सार्वभौम मुलुक भएकोले उसले भारत, चीन वा अरु कुनै मुलुकसँग पनि सम्बन्ध राख्न स्वतन्त्र रहेको प्रतिक्रिया दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा सोधेको प्रश्नमा राजदूत रेले केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाईसँगै भारत भ्रमणको निम्तो दिएको स्मरण गर्दै भारतले नेपालका प्रधानमन्त्रीलाई भारतमा स्वागत गर्ने बताए । नेपाल भारत नाकामा सुरु भएको तस्करीप्रति लक्षित गर्दै राजदूत रेले तस्करी एक पटक सुरु भएपछि रोक्न गाह्रो हुने भन्दै नेपालको समस्या समाधान भए तुरुन्तै सामान्य अवस्थामा फर्किने विश्वास ब्यक्त गरे ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}