Home » » नयाँ शक्तिका लागि बाबुरामले खोजे डेपुटी कमाण्डर, प्रमुख दिए पनि खान्न भन्दै अस्वीकार

नयाँ शक्तिका लागि बाबुरामले खोजे डेपुटी कमाण्डर, प्रमुख दिए पनि खान्न भन्दै अस्वीकार

१७ पुस, काठमाडौं ।

एमाओवादी छाडेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका डा. बाबुराम भट्टराईलाई एकपछि अर्को संकट आइलागेको छ ।

आफूले निर्माण गर्न लागेको नयाँ शक्तिमा एमाओवादीमै रहेका पूर्व कार्यकर्ताको झिनो समूहले मात्रै समर्थन गरेको र बाहिरी दुनियाँका कोही कसैले पनि साथ नदिएपछि उनलाई पीर त परेकै छ तर उनलाई विगतमा आफ्नै भनेर साथ दिंदै आएकाले समेत साथ छोडेका छन् ।

नयाँ शक्ति निर्माण प्रक्रियामा शंकास्पद रहेको र भारतको आशीर्वादमा अगाडि बढाइएको भन्दै मुलुकभित्र आशंका पैदा भएको छ । भारतीयहरूसँगको अवाञ्छित उठबसलाई नयाँ शक्तिकै कार्यकर्ताले समेत सहन सकेका छैनन् ।

नयाँ शक्तिमा आउन उनले नागरिक समाजका अगुवा, पत्रकार, पूर्व प्रशासक तथा विवेकशील नेपालीलाई आग्रह गरे । तर कोही कसैले पनि स्वीकार नगरेपछि डा. बाबुराम भट्टराई चिन्तामा परेका छन् । क्रान्तिमा लाग, सबै चिज पाइन्छ भन्दै गरिब जनताका छोरालाई मार्न अभिप्ररित गर्ने उनी दोष जति सबै प्रचण्डको टाउकोमा हालेर उन्मुक्ति लिन खोजिरहेका छन् ।



डेपुटी खान आग्रह गर्दा नयाँ शक्तिमा लाग्न आग्रह गर्दै उनले मुलुकका सबैलाई आग्रह गरे, तर कोही कसैले पनि स्वीकार गरेनन् । उनले पूर्व माओवादी एवम् बुर्जुवा समाजका चर्चित वाम विश्लेषक मुमाराम खनाललाई पनि नयाँ शक्तिमा लाग्न आग्रह गरे ।

सानेपामा बोलाएर लौ न मुमारामजी नयाँ शक्तिमा आएर डेपुटी लिइदिनुपर्यो, कोही कसैले पत्याएनन् भन्दै रोइलो पनि गरे । सानेपा स्रोतका अनुसार डा. भट्टराईले उपप्रमुख बनाउने आश्वासन पनि दिए ।

तर मुमारामले बाबुरामको आग्रह अस्वीकार गर्दै भने ‘तपाईंको नयाँ शक्तिमा उपप्रमुख त के प्रमुख नै दिए पनि म आउन्न । तपाईंले मलाई के सोचेको !’ उनले बाबुरामको गतिविधि गतिलो नभएको, पार्टी फुटाउँदै हिंड्ने र गलत हर्कत गर्नेसँग मेरो संगत हुँदैन भन्दै उल्टै अर्ती दिए ।

देवेन्द्र पौडेल जस्ता आर्थिक व्यवहार राम्रो नभएका, जनयुद्धकालमा सुन लुकाउनेलाई संगठन विभाग प्रमुख बनाएको स्थानमा आफू अटाउनै नसक्ने र नयाँ शक्ति बन्नै नसक्ने समेत बताएको सानेपा स्रोतले जनाएको छ ।

मुमारामले नयाँ शक्ति बन्नै नसक्ने र बने पनि सीपी मैनालीको माले भन्दा ठूलो नबन्ने घोषणा गरेपछि बाबुराम नराम्ररी तिलमिलाएका छन् । यस्तै नयाँ शक्तिमा लागेका भनिएका एमाओवादीका नेता समेत पुरानै घर फर्कन थालेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}