
|
|
दुबइ स्थित एक पाँच तारे होटलमा बिहिबार बेलुका आगलागी भएको छ। नयाँ वर्ष २०१६ को स्वागतमा दुबइको सडक र होटलमा भिड बढेकै समयमा ६३ तले ‘एड्रेस होटल’मा गएराती आगलागी भएको हो।
विश्वकै सबैभन्दा अग्लो होटल ‘बुर्ज खालिफा’ले मध्यरातमा नयाँ वर्षको स्वागतको लागि आतिशबाजी गर्ने योजना गरेको थियो। बुर्ज खालिफाबाट आगलागी भएको होटल करिब ४५० मिटर मात्र टाढा छ। बुर्ज खालिफाको सो कार्यक्रम हेर्न होटल अनि सडकमा मानिसको भिड भएकै बेला २० औं तलाबाट आगो सुरु भएको बताइएको छ। आगोको लप्का ४० तला भन्दा माथीसम्म फैलिएको थियो।
दुबइ सरकाले घटनामा १४ जनालाई सामान्य चोट लागेको बताएको छ। स्थानिय समय अनुसार बेलुकी साढे नौं बजे आगलागी सुरु भएको थियो। एघार बजे भित्र आगो नियन्त्रणमा लिइएको बताइएको छ।
निर्धारित कार्यक्रम अनुसार बुर्ज खालिफा होटलमा राती आतिशबाजी भयो। एड्रेस होटलमा भने भागदौड मच्चिएको थियो। आगोको कारण थाह हुन सकेको छैन।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

