
|
|
नेपाली लोक सांगेतिक क्षेत्रको ब्यापकता संगै यस क्षेत्रमा भित्रिने कलाकारहरुको संख्या पनि गुणात्मक रुपमा थपिदै गएको छ । करिब ७ वर्ष अघि गोविन्द मानन्धरको “मन किन टाढा छ” बोलको गितबाट आफनो सांगेतिक यात्रा सुरु गरेकी ज्योति मगर यति बेला लोक सांगितिक क्षेत्रमा बेग्लै पहिचान बनाउदै चर्चाको शिखरमा छिन् । “उहि मुलाको सिन्की उहि मुलाको चाना र जिम्माबाल बा की छोरी” जस्ता चर्चित गीतमा स्वर दिएकी ज्योति यतिबेला एन टिभी प्लसको एउटा अन्र्तवार्ताबाट अलि विवादित बनेकी छिन् । उनले लगाएको पहिरन उत्ताउलो भन्दै अन्तरवार्ता प्रशारणमा रोक लगाएपछि उनि झन् चर्चामा छन् । आफैले अभिनय गरेको पछिल्लो गितको म्यूजिक भिडियोका केहि दृश्यहरुले पनि ज्योतिका बारेमा उनको पछाडि नराम्रा कुरा काट्नेहरुलाई केही अवसर दियो । लोक गितमा परम्परागत शैली भन्दा केहि फरक दिन पाए लोक विधामा नयाँ अध्यायको सुरुवात हुने थियो भन्ने ज्योतिको मान्यता छ । करिब २ दर्जन गितमा स्वर दिएकी ज्योति मगरसंग लुम्बिनी टाइम्सका लागि चिन्ता परियारले गरेको कुराकानी ।
तपाईको पछिल्लो एल्बम ?
मैले पछिल्लो पटक ‘पिरतिमा दम छ’ नामक लोक एल्बम बजारमा ल्याएकी छु ।
सांगितिक यात्राको सुरुवात कसरी गर्नुभयो ?
मैले ०६४ सालतिर गोविन्द मानन्धर आर्चायको मन किन टाढा छ बोलको गितबाट यो यात्राको सुरुवात गरेकी हुँ ।
अहिले सम्म झण्डै कति गितमा स्वर दिनुभयो ?
त्यति धेरै त होईन फेरि पनि संख्यामा भन्नुपर्दा करिब दुई दर्जन जति गितमा मैले स्वर दिएकी छु ।
अध्ययनलाई कहाँ सम्म पुराउनुभयो ?
आई. ए.पढदा पढदै छोडियो हजुर ।
सांगितिक क्षेत्र नै किन रोज्नुभयो ?
खासमा भन्नु पदा अन्य क्षेत्रमा मेरो कहिल्यै पनि ध्यान गएन । मनमा खाली संगीत संगीत संगीत आउथ्यो त्यो भएर पनि यसै क्षेत्रमा प्रवेश गरे ।
आम्दानीबाट कति सम्म सन्तुष्ट हुनुहुन्छ ?
करोडौ कमाउने व्यापारीहरु पनि आफनो आम्दानीबाट मानसिक रुपले सन्तृष्ठ हुदैनन् फेरि, हामी कलाकार ।
श्रोताहरुलाई कस्ता गीत दिन पाए हुन्थ्यो जस्तो लाग्छ ?
आज म जहाँ छु र जे जस्तो छु त्यो सबैको कारण मेरा आत्मिय श्रोताहरु हुनुहुन्छ । उहाँका माया र ममताले मलाई साधारण ज्योतिबाट लोक गायिका ज्योति बनाएको हो । त्यसैले म सधै मेरा श्रोताहरुलाई कालजयी गित दिन पाए हुन्थ्यो जस्तो लाग्छ ।
सांगितिक क्षेत्रमा ग्ल्यामर किन आवश्यक छ ?
तरकारीमा जसरी नुनको आवश्यकता हुन्छ । त्यसरी नै संगीतलाई पनि ग्ल्यामर चाहिन्छ । ग्ल्यामर गितमा मात्र होईन त्यसको शब्द, भाव अनि संगीतमा हुनुपर्छ । अनि फेरि त्यहि ग्ल्यामर गितको म्यूजिक भिडियो पनि हुनु पर्छ । अर्थात ग्ल्यामर भनेको यस्तो चिज हो जो कतै न कतै हुनै पर्छ । जस्लाई राम्ररी पहिचान गर्न सक्नु पर्छ, बुझ्नु पर्छ । गितको शब्द, भाव र संगीतलाई मध्यनजर गरी त्यसमा भेषभुषा र श्रृगार गरी गितको म्युजिक भिडियोको परिकल्पना गरिएको हुन्छ । जुन नबुझी कमेन्ट गर्नु भनेको लाटो देशमा गाँडा तन्नेरी हुनु जस्तै हो ।
पछिल्लो समय तपाईका केहि गित हेर्दा तपाईले मौलिकतामा सिमित लोक सांगितिक क्षेत्रलाई नयाँ आयाम पो दिन खोजेको हो कि जस्तो लाग्छ, खास के हो ?
धेरै राम्रो प्रश्न गर्नु भयो । वास्तवमा मैले त्यहि चोहेकी हु । केहि फरक गरौ र लोक सांगितिक क्षेत्रमा नयाँ अध्यायको सुरुवात गरौ भन्ने मेरो मुल अभिप्राय हो ।
ज्योति जी, नेपाली लोकसंगीत जहिले ढाकाटोपी र गुन्युचोलीमा देखियो तर अहिले तपाइँले अलिक धेरै कामुक खालका भिडियो र तस्वीरहरु ल्याउनुभयो, यसको कतिपयले आलोचना पनि गर्छन्, तपाइँ के भन्नुहुन्छ ?
हो, मैले केही परिवर्तन गर्न खोजेँ । जसरी मान्छेलाई रोमान्चित बनाउन सकिन्छ त्यही गरेको हो । मेरा फोटोहरु पनि प्रायः अलि कामुक नै हुन्छन् । मलाई कामुक देखिन मन पर्छ । तर फेरि मैले गुन्युचोली र ढाकाटोपीलाई माया नगरेको हैन, साडीमा खिचिएका तस्बीरहरु पनि छन । नभए फ्यान पेजको वाल चेक गर्नुस ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

