Home » » कालीगण्डकीको मर्मत गर्न तीन अर्ब खर्च गरिने

कालीगण्डकीको मर्मत गर्न तीन अर्ब खर्च गरिने

काठमाडौँ, २३ मंसिर । कालीगण्डकी ए जलविद्युत्गृह ‘पुनस्थापना’का नाममा नेपाल विद्युत् प्राधिकरणले विश्व बैंकसँग ऋण लिएर तीन अर्ब रुपैयाँ खर्च गर्ने भएको छ।
हरेक वर्ष सामान्य मर्मत हुँदै आइरहेको देशकै ठूलो यो विद्युत्गृह उत्पादन सुरु भएको १३ वर्षपछि यसको हेडवर्क्स (बाँधलगायत संरचना) नै बदल्ने, इलेक्ट्रो-मेकानिकल उपकरण फेर्ने गरी अनावश्यक खर्च हुन लागेको प्राधिकरण स्रोतले बतायो। तीन अर्ब रुपैयाँले १५ मेगावाटको नयाँ आयोजना बनाउन पुग्ने अन्नपूर्ण पोस्टमा खबर छ ।

कालीगण्डकीका यन्त्र उपकरण सामान्य मर्मत गरे पुग्नेमा प्राधिकरणले त्यसलाई हटाएर नयाँ उपकरण राख्न लागेको छ । मर्मत गर्दा ३० प्रतिशत खर्च गरे हुनेमा शतप्रतिशत खर्च हुने भएको छ। प्राधिकरण स्रोतका अनुसार पुनस्र्थापना आयोजनाले रनर, ब्याट्री भल्ब, टप कभर, बटम कभर, ट्रेस र्‍याक, जीएसआईजस्ता इलेक्ट्रो मेकानिकलका उपकरण पूरै फेर्न लागेको छ। यी सबै सामान मर्मत गर्न सकिन्छ।
पुनस्र्थापनामा अझ केकति खर्च लाग्छ र मर्मतका क्रममा प्राविधिक रेखदेख गर्नका लागिमात्र प्राधिकरणले अमेरिकी परामर्शदाता एमडब्लूएच इन्टरनेसनललाई १३ करोड रुपैयाँ तिरेर नियुक्त गरिसकेको छ।
‘यति धेरै खर्च गर्दा पनि एक युनिट बिजुली थप उत्पादन हुँदैन’, प्राधिकरणका एक अधिकारीले भने, ‘कालीगण्डकीको मर्मतका नाममा यसअघि पनि करोडौं रुपैयाँ खर्च भइसकेको छ तर यति धेरै खर्च गर्दा पनि यति वर्ष टिक्छ भन्ने ग्यारेन्टी छैन।’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}