
|
|
विवाहका लागि उपयुक्त जोडी मिलाउनका लागि चिना कुण्डली मिलाउने देखि लिएर हुनेवाला बेहुला बेहुलीको रुपरँग तथा जिउडाल र कद समेत मिलेको छ छैन भन्ने कुरालाई महत्व दिइन्छ। पति पत्नीको जिउको उचाइमा धेरै भिन्नता नहोस् र कद मिल्दोजुल्दो भएमा जोडी जम्छ भन्ने मान्यता छ। तर दक्षिण कोरियामा गरिएको एक अनुसन्धानले भने यसको ठीक विपरित नतिजा निकालेको छ।
सिओलस्थित कोन्कुक विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार लोग्ने स्वास्नीबीचको उचाइको अन्तरले आपसी प्रेममा वृद्धि गर्दछ। ७८५० जना महिलाहरुमा गरिएको सर्भेक्षणबाट यो कुरा पत्ता लागेको छ की पतिको उचाइ पत्नीको तुलनामा निकै बढी भएमा त्यस्ता पुरुषहरु असल पति सावित हुन्छन् अनि त्यस्ता श्रीमतीहरु दाम्पत्य जिवनमा निकै खुसी पनि हुन्छन्। वास्तवमा दाम्पत्य जिवनमा महिलाहरु खुसी हुनु भनेको त्यस्तो सम्बन्धमा पुरुषहरु सन्तुष्ट तथा खुसी छन् भन्ने कुराको द्योतक हो। आखिर पुरुषहरु होँची महिलालाई किन पहिलो रोजाइमा पार्छन् त रु यसका केही कारण यस्ता छन् :
शक्तिशाली अनुभुती गर्छन्
सम्बन्धलाई सही ढंगले अघि बढाउने नबढाउने भन्ने कुरा धेरै हदसम्म एकअर्काको सोँचमा निर्भर गर्दछ। आफुभन्दा कम उचाइका महिला पार्टनर पाउँदा पुरुषहरुमा आफु शक्तिशाली भएको अनुभुति जाग्दछ।
यस्ता पुरुषहरु यो कुरामा ढुक्क बन्दछन् की उनीहरु उचाइलाई हतियार बनाएर श्रीमतीलाई आफ्ना कुरामा सजिलै मनाउन सक्छन्। पुरुषहरु विस्तारै डोमिनेटिंग अर्थात् हेँपाहा चरित्रका बन्दछन् र यसलाई महिलाले पनि सहजै स्विकार गर्छन्।
असुरक्षित महसुस गर्दैनन्
अग्ला पुरुषलाई लाग्छ की उनका होँचा पार्टनरलाई हरेक बखत उनीहरुको संरक्षणको आवश्यकता हुन्छ। जसका कारण उनीहरु आफ्नी महिला पार्टनरलाई बढि सुरक्षा तथा हेरचाह गर्दछन्। उनीहरु महिला पार्टनरको बारेमा आफुलाई कुनैपनि ढंगले असुरक्षित ठान्दैनन् र आशंका पनि गर्दैनन्।
अंकमाल गर्न मज्जा आउँछ
यदि श्रीमती आफुभन्दा अग्लो हुनेहो वा आफ्नै हाइटको हुनेहो भने अंकमाल गर्न त्यति सजिलो तथा सहज लाग्दैन पुरुषहरुलाई। उनीहरु आफुभन्दा होँची महिलासँग अंकमाल गरेर दह्रोसँग अँगालोमा लपेट्न चाहन्छन् र आत्मीयता बढाउँछन्।
अग्ला महिला घमण्डी हुन्छन् भन्ने भावना
अध्ययनले के देखाएको छ भने होँचा महिलाको तुलनामा अग्ला महिलाहरु बढि आत्मविश्वासी हुन्छन् र उनीहरुको आत्मविश्वास कहिलेकाहीँ प्रतिशोध तथा घमण्डको रुपमा पनि प्रकट हुनसक्छ। त्यसैले पनि पुरुषहरु इगो समस्याका कारण अग्ला महिलालाई रोजाइमा पार्दैनन् र होँचो कदका महिला नै रोज्दछन्।
सहवासमा सन्तुष्टि
पुरुषहरुले होँचो कदका महिला यसकारण मन पराउँछन् की होँचा महिलाहरुले सेक्समा राम्रोसँग इन्जोए गर्छन्। कम उचाइका कारण उनीहरुको वजन पनि कम नै हुन्छ जसले सहवास सन्तुष्टिको लागि पुरुषलाई सजिलो पार्दछ। त्यसैले आफ्नो यौन जिवनको सन्तुष्टीका खातिर पनि पुरुषहरु होँचो कदका महिला मन पराउँछन्।
दुनियाले र्याल काढून
अग्लो पुरुष र अलिक होँची महिलाबीचको जोडी निकै पर्फेक्ट हुन्छ र यो जोडीप्रति धेरैको नजर जान्छ। कम उचाइका महिलाको फिगर आकर्षक तथा कामुक हुन्छ, जुन बढि अग्ला महिलामा पाइँदैन। सुन्दरताका साथसाथै पर्फेक्ट बडी फिगरका कारण जोडी जमेको दुनियालाई देखाउन पनि पुरुषहरु होँची महिला रोज्दछन्। एजेन्सी

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

