Home » » नयाँ पत्रिकाबाट - दिल्लीको सुझावपछि मधेसी मोर्चा नाका खोल्न तयार, आन्दोलन कायमै राख्ने

नयाँ पत्रिकाबाट - दिल्लीको सुझावपछि मधेसी मोर्चा नाका खोल्न तयार, आन्दोलन कायमै राख्ने

काठमाडौँ, २३ मंसिर - भारतीय विदेशसचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा अवरोध हटाएर संवादमार्फत राजनीतिक सहमति खोज्न मधेसी मोर्चाका शीर्ष नेतालाई आग्रह गरेका छन्।
मंगलबार बेग्लाबेग्लै भेटवार्तामा दुवैजनाले नेपाल सरकारद्वारा प्रस्तुत तीनबुादे प्रस्तावमा छलफल गरेर समाधान निकाल्न सुझाब दिएका छन्। नागरिकता, समानुपातिक प्रतिनिधत्वलगायतका मोर्चाका विषयमा भारत सरकारको सहानुभूति रहेको, तर नेपालमा उत्पन्न मानवीय संकटको अवस्थालाई मोर्चाले पनि मध्यनजर गर्नुपर्ने उनीहरूको भनाइ थियो।

विदेशमन्त्री सुष्मा स्वराजले आइतबार राति मोर्चाका शीर्ष नेतालाई हैदरावाद हाउसमा दिएको डिनरमा तीनबुादे प्रस्तावमा छलफल गरेर तुरुन्तै नाकाबन्दी हटाउन आग्रह गरेकी थिइन्। विदेशसचिव जयशंकर र सुरक्षा सल्लाहकार डोभालले पनि त्यही सन्देश मधेसी नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादवलाई सुनाएका हुन्।
फर्केपछि मोर्चाले निर्णय गर्ने
महन्थ ठाकुरले भारतीय विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री कमल थापाको तीनबुादे प्रस्तावको एक प्रति उपलब्ध गराएको र बुधबार काठमाडौं फर्किएपछि सरकारसाग वार्ता गर्ने बताए। तर, माग पूरा नभई नाका खोल्दा भविष्यमा कहिल्यै आन्दोलन उठ्न नसक्ने हो कि भन्दै भेटघाटमा चिन्ता व्यक्त गरेका थिए।

काठमाडौं–दिल्ली–मधेसबीच सहमतिका ३ बुँदा
१. समानुपातिक समावेशितालाई मौलिक अधिकारअन्तर्गत राख्न सरकार तयार छ। सुरक्षा निकायबाहेकका सबै सरकारी अंगमा यो व्यवस्था गर्न सरकार सहमत छ। वैवाहिक अंगीकृत नागरिकताका विषयमा पनि सरकार मधेसीहरूको माग पूरा गर्न तयार छ।

२. ७५ जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र सुनिश्चित गर्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न सरकार तयार छ । भौगोलिक बनावट र विकासको आवश्यकताका कारण जनसंख्या मात्रै आधार बन्न सक्दैन, तर मधेसमा ८० सिट पुग्ने गरी व्यवस्था मिलाउन सकिन्छ।

३. सीमांकनका विषयमा संवैधानिक हैसियतको संघीय आयोग गठन गर्ने र त्यसले तीन महिनामा दिने रिपोर्टका आधारमा संविधान संशोधन गरिने, प्रदेशको संख्या बढाउन पनि सकिने। उपप्रधानमन्त्री थापाले मधेसको मुद्दा राजनीतिक भएको भन्दै समाधानका लागि तीनवटा बुँदाबारे भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग १६ मंसिरमा छलफल गरेका थिए। उनले मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि यस विषयमा कुराकानी गरेपछि भारत पक्ष सकारात्मक भएको थियो।

भारतीय पूर्वकूटनीतिज्ञले सोधे– सत्तामा पुगेर के गर्नुभो ?
अन्तक्र्रियामा पूर्वभारतीय जर्नेल अशोक मेहता, पूर्वराजदूतहरू जयन्त प्रसाद, राकेश सुद, शिवशंकर मुखर्जीलगायत चार दर्जन विज्ञ सहभागी थिए। सुरुमा मोर्चाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव बोले। पछि उनीहरूसँग मधेस आन्दोलनबारे सोधिएको थियो।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}