
|
|
सुन्दरता मानव सभ्यताको एक परिचय पनि हो । शारीरिक सुन्दरता मानव सभ्यतामा निकै अघिदेखि चर्चा हुने गरेको छ । पौराणीक कालमा पनि उवर्सीको सुन्दरताको चर्चा हुने गरेको थियो भने स्वर्गका अप्सराहरुको पनि चर्चा हुने गरेको छ ।
आधुनिक युगमा त झन् शारीरिक सुन्दरतालाई सबैभन्दा महत्वपुर्ण मानिएको छ । त्यसमा पनि सुन्दर ओठलाई खासगरी महिलाको सौन्दर्यका रूपमा लिने गरिएको छ । युवतीहरुको गुलाबी ओठलाई राम्रो मानिन्छ ।
तर, सबैका ओठ प्राकृतिक रूपमै गुलाबी हुँदैनन् । त्यसका केही उपाय भने पक्कै छन् । तपाईं पनि आफ्नो ओठलाई गुलाबी बनाउन चाहनुहुन्छ भने यसो गर्नुहोस् ।
1. ओठ लामो समय सुक्खा भयो र फुट्यो भने कालो हुन्छ । त्यसैले ‘लिपबाम’ साथै राख्नुपर्छ र ओठ सुक्खा हुनेबित्तिकै प्रयोग गर्नुपर्छ ।
2. सस्तो पाइयो भन्दैमा गुणस्तरहीन लिपस्टिक लगाउनुहुदैन । यसले ओठलाई अझ कालो बनाउँछ । त्यसैले राम्रो कम्पनीको लिपस्टिक प्रयोग गर्नुपर्छ । नरम र स्वस्थ ओठका लागि मोस्चराइजरयुक्त लिपस्टिकको प्रयोग उपयुक्त हुन्छ ।
3. राति सुत्नुअघि बदामको तेल ओठमा नियमित लगाउँदा केही समयमै ओठ गुलाबी बन्न थाल्छ ।
4. गर्मीको समयमा छाला र ओठमा काँक्राको रस लगाउँदा फाइदा हुन्छ । यसले ओठको कालोपन घटाउन मद्दत गर्छ ।
5. कागतीमा चिनीको धुलो मिसाएर ओठमा रगड्दा मरेको छाला निस्कन्छ । दैनिक यसो गर्नाले ओठको सौन्दर्य बढ्छ ।
6. कागती र मह बराबरी मिसाएर बनाएको घोल ओठमा २० मिनेटसम्म लगाउँदा ओठको गुलाबीपन बढ्छ ।
7. ज्यादा चिया वा कफी पिउनाले पनि ओठको रङ कालो हुन्छ । पानीचाहिँ बढी पिउनुपर्छ । कम्तीमा पनि दिनको आठ गिलास पानी पिउनु आवश्यक हुन्छ ।
8. नरिवलको पानी, कागती र काँक्राको रस मिलाएर ‘लिप टोनर’ बनाई दिनको दुई–तीनपटक प्रयोग गर्ने हो भने ओठको गुलाबीपन बढ्दै जान्छ ।
9. अनार, रातो अंगुरलगायतका फलका साथै सागसब्जी खानाले ओठको कालोपन घटाउन मद्दत गर्छ ।
10. ओठ फुट्दा पाप्रा उप्काउने बानीले ओठ कालो बनाउँछ । फुटेको ओठमा बदाम र गुलाबको पत्ता मिसाएर पेस्ट बनाएर लगाउँदा फाइदा हुन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

