Home » » भारतीय राजदूतले फेरि गरे नेपालको विषयमा ‘खरो’ टिप्पणी

भारतीय राजदूतले फेरि गरे नेपालको विषयमा ‘खरो’ टिप्पणी

काठमाडौं, पुस ३ । नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपालमा हरेक विषयमा राजनीतिकरण हुने गरेको भन्दै सोचको दायरा बढाउनुपर्ने सुझाव दिएका छन् ।

भारतसँगका हरेक सम्झौतामा कर्मचारी प्रशासनदेखि हरेक क्षेत्र संशकित हुने र हिच्किचाउने प्रवृत्ति नेपालको विकासका लागि हितमा नभएको पनि उनले टिप्पणी गरे ।

भारतसँगका हरेक विषयलाई राष्ट्रियतासँगै जोड्ने नेपाली प्रवृत्ति सही नभएको पनि उनले जिकिर गरे ।

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार काठमाडौंमा गरेको नेपाल–भारत आर्थिक सम्बन्धसम्बन्धी अन्तरक्रियाका अवसरमा उनले दुनियाँ उच्चगतिमा अगाडि बढिरहेको भन्दै दक्षिण एसियाली मुलुक पनि सोचको दायरा बढाएर अघि बढ्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा सहभागीहरुले नेपाल–भारत आर्थिक सम्बन्धसन्बन्धी छलफलभन्दा पनि भारतले गरेको अघोषित नाकाबन्दी फिर्ता लिन आग्रह गरेका थिए ।

उद्योगी–व्यवसायीहरुले भारतले नाकाबन्दी गरेर अर्थतन्त्र त ध्वस्त भयो नै अमानवीय व्यवहार गरेको भन्दै दुःखेसो पोखेका थिए ।

तर, राजदूत रायले नेपालको आन्तरिक समस्याकै कारण आयातमा अवरोध भएको भनाइ नै दोहोर्‍याए ।

कार्यक्रममा व्यवसायी, अर्थविद्, पूर्वसचिव, सरकारी अधिकारीहरुले जतिसक्दो छिटो नाकाबन्दी खुलाउन पहल गर्न रायलाई आग्रह गरेका थिए । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}