
|
|
कैलाली, पुस ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति असन्तुष्ट पक्षहरुसँग संवादबाट सहमति खोज्ने प्रयास जारी रहेको बताएका छन् ।
उनले वार्ता र सहमतिको बाटो छाडेर लोकतान्त्रिक गणतन्त्रलाई नै कमजोर बनाउने खेल भए सरकार चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।
एमाले कैलालीले शुक्रबार अत्तरियामा गरेको सभामा उनले टीकापुर घटनामार्फत् नेपाललाई रुवान्डा बनाउने आन्दोलनकारीको योजना असफल भएको र अब यस्ता खेलविरुद्ध जस्तोसुकै कठोर कदम चाल्न पनि सरकार तयार रहेको बताए ।
संविधानको अपव्याख्या गरी जनतामा भ्रम छर्न खोजिएको भन्दै उनले संविधानबारे बुझाउनु सबै सचेत नागरिककको कर्त्व्य भएको उल्लेख गरे ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

