
|
|
काठमाडाै, पुस ३ | विप्लव नेतृत्वको नेकपा माओवादी भूमिगत हुने भएको छ । पार्टीको घोषित नीति अनुसार ‘जनताकोमा जाने’ नीति अन्तर्गत स्थानीय कारवाहीहरुलाइ तीव्रता दिन पार्टी अर्धभूमिगत शैलीमा जान लागेको हो ।
विप्लव माओवादीका उच्चस्तरीय नेताले एभरेष्टदैनिक डटकमलाई बताए अनुसार घोषित रुपमा‘जनयुद्ध’ नै सुरु नगरेपनि स्थानीय स्तरमा जनतामाथि हुने विभेद, अन्याय र शोषणका विरुद्ध निशस्त्र÷सशस्त्र सङ्घर्षमा पार्टी उत्रिने भएको हो । ‘राजधानी जिम्मेवारी भएका कमरेड बाहेक अरु सबै जनता माझ जाने निर्णय भएको छ । स्थानीय सङ्घर्षलाई तीव्रता दिइने योजना बनाएका छौं ।’
विप्लव माओवादीले यसअघि पनि स्थानीय जनसंघर्षको नाममा खासगरी जग्गा कब्जा अभियानलाई तीव्र पार्दै आएको छ । रणनीतिक हिसावले एकीकृत क्रान्तिको कार्यादिशा अघि सारेको विप्लव माओवादीले पुरानै शैलीमा जनयुद्ध अगाडि वढाउने भने देखिदैन ।‘छापामार प्रकृतिका सङ्घर्ष भन्दा तत्कालका लागि जनतालाई साथमा लिएर जन कारवाही तीव्र पारिने छ ।’ उनले बताए ।
संघर्षको उठानसँगै सशस्त्र युद्धका लागि समेत आवश्यक तयारी गर्दै जाने रणनीति एकीकृत क्रान्तिको कार्यदिशाले अघि सारेको छ । “विघटित जनसेनालाई पुनर्गठन गर्ने काम यस अन्तर्गत गरिनेछ ।” उनले बताए । नयाँ सेना निर्माण भइरहेको हो त ? भन्ने प्रश्नमा उनले भने, “त्यो आवश्यकता अनुसार हुने हो, हाम्रा लागि २०५२ सालको जस्तो अवस्था होइन, कैयौं अनुभवी साथीहरु छन् । जनसेना आवश्यक पर्ने बेला पुनर्गठन गरेर अघि बढिन्छ ।”
तर अबको सशस्त्र युद्ध फरक ढंगले अघि बढाइने उनको दावी थियो । विप्लव माओवादीले गत हप्तामात्रै कमाण्डो शैलीमा डिस होमको मुख्य प्रशारण केन्द्रमा आक्रमण गरेको थियो । कमाण्डो शैली र छापामार शैलीलाई सँगसँगै अगाडि लान पार्टीले तयारी गरेको र सोहि बमोजिम उपत्यकामा कार्यक्षेत्र बाहेकका नेताहरु ‘जनताकोमा पुगेको’ एक नेताले जानकारी दिए । ।
पार्टीले भारतीय हस्तक्षेपविरुद्ध समेत प्रतिरोधी अभियान जारी राखेको छ । अहिले उक्त पार्टी नेताहरु मेची महाकाली जागरण अभियान लिएर नवलपरासी पुगेका छन्, जनताकोमा पुगेर जनताको अधिकारका लागि लड्न तयार रहेको नेताहरुले बताएका छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

