
|
|
मोहन बुढाऐर, धनगढी ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चा सहमतिका लागि तयार नभए मधेसको समस्या कानुन बमोजिम समाधान गरिने बताउनुभएको छ ।
कैलालीको अत्तरियामा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा देशले असहज परिस्थती भोग्नुपरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशद्रोहीको रुपमा नेपाली जनतालाई दुख दिनें, असहज स्थितीको सिर्जना गर्ने कसैलाई अधिकार छैन । सरकारले त्यस्तालाई संबिधान, कानुन र नियम बमोजिम नियन्त्रण गर्दै जाने छ ।’
विश्वमै सवैभन्दा राम्रो संबिधान नेपालले जारी गरेको बताउदैं प्रधानमन्त्री ओलीले सबैको अधिकार सुनिश्चित गरेको दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा अनावश्यक भ्रम फैलाउनें र नेपाली जनतालाई अलमलाउने खोज्नेले देशलाई पिडा दिईरहेको आरोप लगाउनुभयो ।
सहमतिको वातावरण बन्न नसकिरहेका बेला प्रधानमन्त्री ओलीले पछिल्लो पटक सार्वजनिक कार्यक्रममा मधेस आन्दोलनको बिषयमा विवादास्पद अभिव्यक्ति दिइरहनुभएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

