
|
|
काठमाडौं, पुस १२ । १२ औं महाधिवेशनमा एक पटकका लागि भनेर मत मागेका कोइराला फेरि उम्मेदवार हुने गुप्त तयारीमा छन् । औपचारिक निर्णय माघ दोस्रो साता गर्ने उनको योजना छ । वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गरेर कोइराला १२ औं महाधिवेशनमा सभापति बने । दोस्रो संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री भए ।
पार्टी र सरकारको नेतृत्व गरिसकेका कोइराला अब फेरि केका लागि सभापति हुने रु पार्टीभित्र गर्माएको यो बहस कोइरालाविरोधी खेमामा मात्रै सीमित छैन । संस्थापन पक्षबाटै सशक्त हुन थालेको छ । तीन वर्षको कार्यकालका लागि निर्वाचित कोइरालाले पाँच वर्ष पार्टीलाई नेतृत्व त दिए । तर, यसबीचमा के गरे उनले र फेरि पार्टी नेतृत्वका दाबी गर्दैछन् रु
संस्थापन पक्षका कतिपय नेताहरू कोइराला परिवारको सबभन्दा कमजोर नेतृत्व नै सुशीलकै कार्यकाललाई ठान्छन् र भन्छन्, ‘अब परम्परागत शैलीबाट पार्टी चल्दैन, त्यसैले सुशीलको समय अब समाप्त भयो ।’
पाँच वर्षसम्म केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन नसकेको, महत्त्वपूर्ण कार्यसम्पादन समिति नबनाई विधानमै व्यवस्था नभएको पदाधिकारी बैठक संस्थागत गरेको, भ्रातृसंस्था विघटन गरी अधिवेशन गर्न नसकेको, पार्टीका ४२ विभाग क्रियाशील बनाउन नसकेको जस्ता आरोप कोइरालामाथि लागिरहेका छन् । तर, कोइराला परिवारमै नेतृत्व ल्याउन चाहने समूहले यी आरोपको खण्डन गर्छन् ।
दोस्रो संविधानसभामा कांग्रेसलाई ठूलो पार्टी बनाएको र सुशीलकै नेतृत्वमा संविधान जारी भएको घटनालाई उनीहरू ऐतिहासिक भन्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

