Home » » सशस्त्र प्रहरी प्रमुख वन्तलाई निलम्बन अख्तियारको सिफारिस, करोडौं भ्रष्टाचार गरेको अभियोग

सशस्त्र प्रहरी प्रमुख वन्तलाई निलम्बन अख्तियारको सिफारिस, करोडौं भ्रष्टाचार गरेको अभियोग

२ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

सशस्त्र प्रहरीको सामान ढुवानीमा नक्कली बिल बनाएर करोडौं भ्रष्टाचार गरेको देखिन आएको अख्तियारले जनाएको छ । आर्थिक वर्ष २०६९/०७० र ०७०/०७१ का लागि खरिद गरिएको सामान भन्दा बढी देखाएर झुटो बिल तथा पत्रहरु तयार गरेको र ढुवानीकर्ता सदाज्योती सप्लायर्ससँग मिलेमतो गरी आर्थिक अनियमिता गरेको अभिययोग छ ।

यसमा वन्तको प्रत्यक्ष संलग्नता देखिएको अख्तियारले बताएको छ । उसले सशस्त्र प्रहरी महानिरीक्षक वन्तलाई आजकै मितिदेखि लागू हुने गरी निलम्बन गर्न प्रधानमन्त्री कार्यालयलाई लेखी पठाएको छ ।

अख्तियारले नाायब उपरीक्षक सुमनजंग थापा र रामकृष्ण महर्जन, प्रहरी निरीक्षक विनबहादुर थापालाई पनि निलम्बन गर्न गृह मन्त्रालय र सशस्त्र प्रहरी मुख्यालय हलचोकलाई सिफारिस गरेको छ ।

उनीहरु पदमा बहाल रहँदा आफ्नोविरुद्धको प्रमाण नष्ट गर्न सक्ने र अनुसन्धानमा बाधा पुग्ने अख्तियारले बताएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}