
|
|
कमल थापाको टोलीले उर्जा बाहेक अन्य व्यापार सम्झौता गर्ने
२ पुस,काठमाडौं । दक्षिणको छिमेकी भारतले नाकाबन्दी खुलाउन आलटाल गरिरहेका बेला सरकारले चीनसँग व्यापार सम्झौताका लागि उच्चस्तरीय टोली बेइजिङ पठाउने भएको छ ।
चीनसँग इन्धन लगायतका अन्य व्यापार सम्झौताका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ पठाउन लागिएको स्रोतले जनाएको छ ।
यहि पुस ८ गते बुधबार अर्थात २३ डिसेम्बरमा उच्चस्तरीय प्रतिनिधि मण्डल बेइजिङ जाने तयारी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जान लागेको स्वीकार गरे ।
रिमालले भने-‘सरकारका एक बरिष्ठ मन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल ब्यापार सम्झौताको लागि बेइजिङ जानेछ । सम्भवतः त्यसको नेतृत्व उप तथा परराष्ट्रमन्त्रीले गर्नुहुनेछ ।’
प्रतिनिधि मण्डलले चीनसँगको व्यापारका बिभिन्न सम्झौता गर्ने उनले बताए । ‘अब सही अर्थमा हाम्रो देशको व्यापार विविधिकरण गर्ने प्रक्रिया शुरु भएको छ’ रिमालले भने-‘चीनसँग हामीले विभिन्न चरणका छलफलपछि उच्चस्तरीय प्रतिनिमिण्डल जान लागेको हो ।’
टोलीमा अर्थ, वाणिज्य तथा आपूर्ति, कानुन मन्त्रालय लगायतका सम्बद्ध निकायका उच्च अधिकारीहरु सहभागी रहनेछन् । यो प्रतिनिधि मण्डलले उर्जा सम्बन्धी सम्झौता भने चीनसँग गर्ने छैन ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

