
|
|
पोखरा । मधेश तराई आन्दानलका नाईके एवं संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार संग यसअघि मधेशी र आदीवासीहरु सँग भएका सम्झौता तुरुन्त कार्यान्वयन गरे सीमा भर्ना र आन्दोलनबाट पछि हट्ने बताएका छन ।
यादवले सरकार संग गरेका सम्झौताहरुको कार्यानवयन नगरेका कारण आफुहरु बाध्य भएर आफ्नो हक अधिकार स्थापित गर्नकोलागि बिरगञ्ज नाकाको पुलमा बसेर आन्दोलन गर्नुपरेको बताएका छन ।
आफुहरु राज्यबाट सोसित पिडित बन्दा समेत भारतले सीमा नाका अवरोधमा सहयोग नगरेको बताउदै सरकार संग सम्झौता गरेर नाकाबाट आन्दनेलन कारीलाई खेद्ने काम गरेको बताए । उनले राज्यका सबै निकायमा समावेशीता आवश्यक पर्ने भन्दै अहिलेको संविधानले त्यस्तो व्यवस्थाको ग्यारेण्टी नगरेकाले कार्यान्वन नहुने र पुनर्लेखन आवश्यक रहेको बताए । ‘अहिले समावेशी लोकतन्त्रको युग हो,’ तमुवान् र मगराँत प्रदेशको माग गर्दै सोमबार पोखरामा आयोजित सभामा उनले भने , ‘तर अहिलेको संविधानले त्यसलाई आत्मसात् नगरेकाले परिवर्तन गर्नुपर्छ’ उनले भने ।
संविधानले पहिचान र सामथ्र्यलाई छाडेकाले मधेसी तथा जनजाति आन्दोलित हुनुपरेको बताउदै मधेसी दल र आदिवासी जनजातिसंग भएका सम्झौता कार्यान्वयन गरेमा आफूहरु आन्दोलन छाड्न तयार रहेको बताए ।
बिरगञ्ज नाका बाहेक अन्य नाका सुचारु रहेको बताउदै प्रशस्त इन्धन आएको र सरकारले नाकाबन्दीको बाहानामा कालोबजारी मौलाएको बताए ।अध्यक्ष यादवले सरकारका व्यक्तिले बालुवाटारदेखि तल सम्म कालोबजारी गरेको आरोप लगाए ।
पोखरामा तमुवान मगरात संयुक्त संघर्ष समितिले आयोजना गरेको जनसभामा बोल्दै यादवले अहिले सम्म वार्तामा सरकारी पक्षबाट ठोस कुराहरु नआएको बताउदै सरकापनि आन्दोलनको पक्षमा रहेको आरोप लगाए

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

