
|
|
ग्याष्टिक भनेको पेटमा ग्यास भरिनु हो । सामान्यतया मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिने यो सामान्य जस्तो देखिने भएता पनि यो रोगले कालान्तरमा विकराल रुप लिन सक्छ । जब ग्याष्टिक बढ्दै जान्छ यसले पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना अरुची हुने, पेट ढुस्स फुलेको, भरिएको जस्तो लाग्ने हुन्छ। धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, कालो दिसा हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जान पनि सक्छ ।
ग्याष्ट्रिक नभइन्जेली मानिसले जथाभावी जे मन लाग्यो त्यही गर्ने बानीले यसले विकराल रुप लिने हो । यो रोग लागीसकेपछि निको बनाउन अत्यन्तै कठीन हुन्छ । तर निरन्तर फलोअप गरेको खण्डमा यसलाई निको बनाउन पनि सकिन्छ । पहिलो कुरा त हामीले जिउँदै आएको जीवन शैलीलाई तत्कालै परिवर्तन गर्नु जरुरी हुन्छ ।
पहिलो जस्तो खानपान र रहनसहन भन्दा टाढा बसेर काम गर्ने हो भने यो विस्तारै कम हुन्छ । प्रश्स्त पानी पिएको खण्डमा त्यसले विकराल रुप लिन पाउँदैन । त्यस्तै विहान, वेलुका १० मीनेटको हाराहरीमा अलोलम विलोलम गर्दै पेटमा भएको अम्लीय पर्दाथलाई बाहिर फाल्नसकेको खण्डमा धेरै हदसम्म निको हुन्छ ।
ग्याष्ट्रिकको बिरामीले अमिलो, पिरो, चिल्लो, मसलेदार खाना हेर्नु सम्म पनि हुँदैन । धेरै तातो र धेरै चिसो खाना नखाइकन ६ महिनासम्म यो अभ्यास गरेको खण्डमा तपाईलाई सहज हुन्छ । त्यस्तै एसिडिटी बढाउने खानेकुरा तथा कोलड्रिङस पनि कम गर्नुपर्छ । दिन होस् वा रात थोरै–थोरै खाना धेरै पटक खाइरहँदा पेटमा ग्याँस भरीन पाउँदैन । खाएका हरेक खाना राम्रोसँग चपाएर खाना खानाले र सुत्नुभन्दा ४ घण्टा पहिला खाना खाइसक्ने बानीले ग्याष्ट्रिक कम हुन्छ । एजेन्सीको सहयोगमा

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

