Home » » चिसो मौसममा के खाने, के नखाने ? जानी राखौ

चिसो मौसममा के खाने, के नखाने ? जानी राखौ

रंगीन फुड बास्केट सुन्दर र आकर्षक मात्र देखिँदैन, जाडो मौसममा यसको पोषक तत्वले पूर्ण आहार पनि प्रदान गर्छ। यो मौसममा हड्डीलाई न्यानोपन प्रदान गर्न, आफूलाई रुघाखोकीबाट मुक्त राख्न तथा आफ्नो परिवारको प्रतिरक्षण क्षमता बढाउन अनेकौं मौसमी फल एवं तरकारी उपलब्ध छन्, जसको सही उपयोग गरी स्वस्थ एवं फिट रहन सकिन्छ।

जाडोमा भोक दबाउनु हुँदैन। स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनुपर्छ। हरियो सागपात राम्रो भोजन हो कारण यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक पदार्थ पर्याप्त मात्रामा हुन्छ । अत: हरियो सागपात खाऔं र स्वस्थ तथा फिट रहौं ।
–कम चिनी हालिएको गाजरको खीर खानुपर्छ । जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ ।
–सिट्रस फलबाट भरपूर भिटामिन सी प्राप्त हुन्छ । यिनको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले रुघाखोकीसित लड्ने शक्तिसमेत प्रदान गर्छ।
–जाडो मौसममा सामान्य तापमानको भोजन सेवन गर्नुपर्छ। मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनुपर्छ। नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ। खाना पकाउँदा संतृप्त बसीय पदार्थको साटो असंतृप्त बसीय पदार्थ प्रयोग गर्नुपर्छ अर्थात् रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाउनुपर्छ।
–मधुमेहका रोगीले चिनीको सेवन नियन्त्रित रूपमा गर्नुपर्छ भने रिफाइन्ड कार्बोहाइड्रेटको सेवनबाट जोगिनुपर्छ र कम्प्लेक्स कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ अर्थात् गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ ।
–जाडोमा हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ ।
–पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवनबाट जोगिनुपर्छ ।
–जसले जाडो मौसममा शरीरको तौल कम गर्ने चाहना राख्छन् उनीहरूले चिल्लो पदार्थ सेवन गर्नु हुँदैन । उनीहरूको आहारमा फाइबर, फलफूल, सलाद एवं तरल पदार्थ पर्याप्त मात्रामा हुनुपर्छ । अन्न, मल्टिग्रेन आटा, ब्राउन ब्रेड तथा उच्च फाइबरयुक्त बिस्कुट पनि तौल कम गर्न सहयोगी हुन्छन् ।
–अम्बा, गाजर, स्याउ, हरिया सागपात, सुन्तला र काँक्रा फाइदाजनक हुन्छन् । घरमा बनेको टमाटर, मिक्स भेजिटेबल र हरिया सागपातको सूप बजारमा पाइने प्याकेटको सूपभन्दा लाभदायक हुन्छ ।
–जाडोमा कतिपय मानिस सोच–विचार नगरी बढी मात्रामा खान्छन् । प्राय: मानिसलाई के खाने र कति खाने भन्ने ज्ञान हुँदैन । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}