Home » » मृगौलालाई स्वस्थ राख्ने ७ परिकार

मृगौलालाई स्वस्थ राख्ने ७ परिकार

मृगौला सरीरको निकै महत्वपूर्ण अंग हो । अस्वस्थकर खानपान तथा जिवनशैलीका कारण पछिल्लो समयमा मृगौला रोगीको संख्या बढिरहेको छ । हामीले खानपान तथा जिवनशैलीमा सावधानी अपनाउने हो भने मृगौलालाई फेल हुनबाट जोगाउन सकिने विज्ञहरुको भनाइ छ । मृगौलालाई स्वस्थ राख्न सहयोग गर्ने केही खानेकुराहरु जो हामीले हाम्रो नियमित भोजनमा सहभागी गराउनुपर्छ ती यसप्रकार छन्-

· क्याप्सिकन- क्याप्सिकन अर्थात् ठूलो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर तथा फोलिक एसिडका साथै भिटामिन बी ६ प्रसस्त मात्रामा पाइन्छ । यसको नियमित सेवनले मृगौलालाई स्वस्थ राख्न मद्दत गर्दछ ।

· बन्दागोभी- बन्दागोभीमा सोडियम, पोटासियम, फस्फोरस जस्ता लवणहरु प्रसस्त मात्रामा पाइन्छ । साथै यसमा पाइने भिटामिन के तथा भिटामिन सी र फाइबर पनि मृगौलाका लागि लाभदायक हुन्छ ।

· काउली- काउलीमा पनि सोडियम, पोटासियम तथा फस्फोरसका साथै मृगौलालाई फाइदा पूराउने भिटामिन सी, फोलेट र फाइबर प्रसस्त मात्रामा पाइन्छ ।

· लसुन- लसुनमा विभिन्न खाले पौष्टिक पदार्थ मात्र नभै औषधिय तत्व समेत पाइन्छ । यसले मृगौलालाई स्वस्थ राख्न र रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न सहयोग गर्छ ।

· प्याज- प्याजमा पर्याप्त मात्रामा सोडियम, पोटासियम र फस्फोरसका साथै एन्टी अक्सिडेन्ट र क्रोमियम नामक तत्व हुन्छ । यसले सरीरमा उपापचयन प्रक्रियालाई सन्तुलित बनाउने तथा मृगौलालाई स्वस्थ राख्न मद्दत पूराउँछ ।

· स्याउ- एक मध्यम आकारको स्याउमा १५८ मिलिग्राम पोटासियम तथा १० मिलिग्राम फस्फोरस हुन्छ । त्यसैले यसको सेवनले अन्य खाले स्वास्थ्य लाभ मात्र नभै मृगौलालाई समेत स्वस्थ राख्न सहयोग गर्दछ ।

· स्ट्रबेरी- स्ट्रबेरीमा समेत विभिन्न खाले लवणका साथै एन्टीअक्सिडेन्ट पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले मृगौलालाई फाइदा पूराउँछ । एजेन्सी

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}