Home » » महतोलाई हेलिकोप्टर चढाउन अढाइ लाख, उपचारमा ५० लाख खर्च

महतोलाई हेलिकोप्टर चढाउन अढाइ लाख, उपचारमा ५० लाख खर्च

२ माघ, काठमाडौं।
सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई दिल्ली उपचारमा लैजाने क्रममा हेलिकोप्टर भाडा मात्रै साढे दुई लाख रुपैयाँ खर्च भएको छ । महामन्त्री मनीष सुमनका अनुसार धरानबाट काठमाडौंमा ल्याउँदा हेलिकोप्टरको भाडा पार्टीले तिरेको हो ।
आन्दोलनमा घाइते कार्यकर्तालाई काठमाडौंमा उपचार गराउँदा करिब ५० लाख रुपैयाँ खर्च भइसकेको आन्दोलनकारीले बताएका छन् । त्यसको विवरण गृह मन्त्रालयमा समेत पुगेको छ । तर, सरकारले रकम दिने–नदिने निश्चित भएको छैन ।

मोर्चाले आन्दोलनमा घाइते भएकामध्ये २९ जना गम्भीर घाइतेलाई काठमाडौं ल्याएर उपचार गराएको थियो । त्यसमध्ये दुईको मृत्यु भएको थियो । चारजना वीर र त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने बाँकी उपचार पछि घर फर्किएका छन् ।
मोर्चाले दिएको खर्च विवरण यस्तो छ मोर्चाले तयार पारेको २६ घाइतेको उपचार खर्च विवरणअनुसार दुई लाख ४० हजार रुपैयाँ एम्बुलेन्समा खर्च भएको छ भने दुई लाख ६० हजार बिरामी र आफन्तको खानामा खर्च भएको छ ।
त्यसैगरी, गाडी भाडामा ४० हजार, औषधि र मेडिसिन ल्याबमा ३९ लाख ३६ हजार तीन सय ४० रुपैयाँ खर्च भएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}