Home » » प्रधानमन्त्रीका नयाँ योजना– काठमाडौंमा रेल र फोहोरमैलाबाट ग्यास

प्रधानमन्त्रीका नयाँ योजना– काठमाडौंमा रेल र फोहोरमैलाबाट ग्यास

२ माघ, काठमाडौं ।
१. काठमाडौंमा रेल मैले नचलाए कसले चलाउँछ ?
काठमाडौंमा इलेक्ट्रिक रेल चल्छ । केही समयपछि मैले त्यसको सुरुवात गर्नेछु । काठमाडौं, पोखरा र उत्तर–दक्षिण बाटाहरू बन्छन् । त्यो नगरेर मैले के गर्ने ? बालुवाटार र सिंहदरबार, सिंहदरबार र बालुवाटार गरेर समय काट्ने ?

म यसो गर्छु भन्यो भने केहीलाई रिस उठ्छ, केहीलाई हाासो उठ्छ । काम गरेर देशलाई अगाडि बढाएर जाने हो । कुनै बहादुर छ, नेपालमा दुई दिनभित्र केही गरिहाल्ने ? त्यस्तो छ भने भन्नुपर्‍यो । नभए मेरो योजना छ । त्यो योजना अगाडि बढ्छ । अचम्म लाग्छ ।
गर्छु भन्न पनि नपाइने ? काठमाडौंमा इलेक्ट्रिक कार र बस चलाउने कुरा गरेँ । मानिस आत्तिए । दुनियाँका अनेक सहरमा इलेक्ट्रिक बस र कार चल्छन् । यहाँ चल्न नहुने भन्ने छ ?

२. फोहोरमैलाबाट ग्यास निकाल्छौँ
फोटो झुन्ड्याउन होइन, देश परिवर्तन गर्न म सिंहदरबार गएको हुँ । विकास गर्न गएको हुँ, हेर्दाहेर्दै गर्छु । हामी फोहोरमैलाबाट ग्यास निकाल्छौँ । अन्यत्रबाट ग्यासका पाइप ल्याउँछौं ।

जेसुकै गरेर भए पनि जनताका घरका चुलोचुलोमा ग्यास पुर्‍याउने व्यवस्था गरिन्छ । मानिसहरू यस्तो किन भन्यो भन्छन् । मैले आजै साँझ तपाईंको चुलोमा ग्यास ल्याइदिने कुरा गरेको छैन ।
अलिकति समय लाग्छ, तर हामी गर्छौँ । बुद्धिजीवीहरूलाई थाहा होस्, कलमवाजहरूलाई जानकारी होस् । बंगलादेशमा पाइपबाट चुलोचुलोमा ग्यास पुगेको छ । विद्वान्हरूलाई थाहा छ कि छैन ? पाकिस्तानमा पनि ग्यास सिलिन्डर बोक्नुपर्दैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}