
|
|
के तपाइँले निकै कसिलो पेन्टी लगाउनुहुन्छ ? चाउमिन खाँदा सोयाको सस बढि नै खानुहुन्छ अनि काखमा ल्यापटप राखेर लामै समय चलाउनुहुन्छ ? खबरदार, यदि यसो गरिरहनुभएको छ भने तपाइँले थाहा नपाइकनै आफ्नो पुरुषत्व कमजोर बनाइरहनु भएको छ । किनकी यी वस्तुहरुले तपाइँको शुक्रकिट नष्ट गरिरहेका हुन्छन् ।
एक अध्ययन अनुसार विश्वमा हरेक ५ मा एक जना पुरुषमा विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिन थालेको छ । एक मिलिमिटर विर्यमा डेढ करोड भन्दा कम शुक्रकिट हुनुलाई शुक्रकिटको कमी अर्थात् लो स्पर्म काउन्ट भनिन्छ । त्यस्तै हरेक ६ मध्ये एक जना दम्पत्तिमा चाहेको बेला गर्भाधारण नै नहुने समस्या देखिन थालेको छ, जसको मुख्य कारण पर्याप्त शुक्रकिटको अभाव तथा शुक्रकिटको गुणस्तर पनि कमजोर हुनु रहेको शोधकर्ताहरुले बताउँछन् ।
सुपरड्रगले विभिन्न चिकित्सा अध्ययनहरुको आधारमा तयार पारेको इन्फोग्राफिकले पुरुषको विर्यमा शुक्रकिटको गिरावट हुने कारणहरुको बारेमा देखाइएको छ ।
अध्ययन अनुसार विकिरण, नार्कोटिक ड्रग तथा तनावका कारण पनि शुक्रकिटमा गिरावट आउँदछ । त्यस्तै बढि गर्मी वातावरणका साथै आवश्यकता भन्दा बढि व्यायाम र बढि मोटोपना हुने पुरुषमा पनि शुक्रकिटको संख्या कम हुने समस्या देखा पर्ने गरेको छ ।
अध्ययन अनुसार बढि कसिलो अण्डरवेयर लगाउने पुरुषमा शुक्रकिटको उत्पादन निकै कम हुने गरेको पाइएको छ । अध्ययनका क्रममा १ सय २० दिनसम्म अत्यन्तै कसिलो पेन्टी लगाउने पुरुषमा शुक्रकिटको संख्या शत प्रतिशत सम्म घटेको पाइएको छ । बढि कसिलो पेन्टीले अण्डकोषको तापक्रम बढाउने र त्यसबाट शुक्रकिटको उत्पादन घट्ने बताइउको छ । यसलाई टेस्टीकुलर हाइपरथर्मिया भनिन्छ ।
मोटोपना बढ्दै जाँदा शुक्रकिटको संख्या घट्दै जाने देखिएको छ । मोटोपनाको मापक मानिने बडी मास इन्डेक्स २४ भन्दा बढि हुँदा २२ प्रतिशत शुक्रकिटको संख्यामा गिरावट आउँछ । बढि दुब्लो हुनुपनि पुरुषत्वको हिसाबले राम्रो होइन । बिएमआइ १८.६ भन्दा कम हुनेहरुमा विर्य तथा शुक्रकिटकै उत्पादन ८.६ प्रतिशत कम हुने अध्ययनले देखाएको छ । बढि दुव्लो मानिसको अण्डकोषले उत्पादन गर्ने शुक्रकिटको गति तथा गुणस्तर समेत कमजोर हुने पाइएको छ ।
धुमपान तथा मध्यपान पनि शुक्रकिटका लागि हानिकारक हुने देखिएको छ । चुरोट सेवनले शुक्रकिटको डिएनएमा असर गर्ने र डिएनए मा उत्परिवर्तन भएर बच्चा नै विकृत हुने जोखिम हुन्छ । अल्कोहल सेवनले पनि शुक्रकिटको संख्या घटाउनुका साथै स्वस्थ तथा सामान्य सुक्रकिटको प्रतिशतमा गिरावट ल्याइदिन्छ ।
पानी तर्किने तथा अन्य चिज समेत नटाँसिने परफ्लुरो केमिकल्स मिसाइएका ताप्के, प्यान तथा कराइ जस्ता घरायासी सामानको प्रयोगका कारण पनि शुक्रकिटमा असर पर्ने देखिएको छ ।
घामबाट छालालाई बचाउन दलिने सनस्क्रिन क्रिम पनि शुक्रकिटको सत्रु हुने देखिएको छ । सनस्त्रिmनको प्रयोगले सुक्रकिटको संख्यामा ३३ प्रतिशत सम्म कमी आउने देखिएको छ । सनस्त्रिmनमा हुने अक्टिनोक्जेट रसायनले हर्मोनको मात्रामा गडबडी ल्याइदिन्छ भने अक्जीबेन्जोनले शुक्रकिटको उत्पादनलाई सुस्त बनाइदिन्छ ।
लामो समयसम्म सम्भोग नगर्नु वा हस्तमैथुन नगर्नु पनि पुरुषत्वको लागि हानिकारक नै देखिएको छ । बच्चा जन्माउने योजना बनाइरहेका दम्पतीहरुले राम्रो शुक्रकिट जम्मा गर्न भन्दै लामो समयसम्म सम्भोग नै नगर्ने र केही समयपछि मात्र सम्भोग गरेर राम्रो र ठूलो परिमाणको विर्यमार्फत गर्भाधारण गर्ने सोँच बनाएका हुन्छन् र सोही बमोजिम काम पनि गर्छन् । तर यसो गर्नु राम्रो मानिँदैन । लामो समयसम्म सम्भोग नगर्नु वा स्खलित नहुनु पुरुषको शुक्रकिटको संख्या र गुणस्तर वृद्धिको हिसाबले नकारात्मक ठहर्छ ।
स्वस्थ पुरुषमा ११ देखि १४ दिनसम्म सम्भोग नगर्दा राम्रो गतिका शुक्रकिटको संख्या ११.७ प्रतिशतले गिरावट आउँछ भने सामान्य शुक्रकिटको संख्यामा २४.७ प्रतिशतले गिरावट आउँछ । त्यसैले गर्भाधारण गर्ने तयारी गरिरहेका दम्पतीहरुले नियमित रुपमै सम्भोग गर्नुपर्छ र १० दिनभन्दा बढि समयसम्म सम्भोग रोकेर एकैचोटी सम्भोग गरेर गर्भाधारण गर्नु स्वस्थकर हुँदैन ।
पाइन्टको गोजीमा मोबाइल फोन बोक्नाले मोबाइल विकिरणको कारणबाट शुक्रकिटमा असर पर्दछ । तापका साथै इलेक्ट्रोम्याग्नेटिक विकिरणका कारणले शुक्रकिटको गतिमा ८.१ र बाँच्ने सम्भावनामा ९.१ प्रतिशतले गिरावट आउँछ ।
त्यस्तै साउना, जाकुजी जस्ता तातो बाफ लिने क्रियाकलाप, इलेक्टि्रक ब्लान्केटका साथै जिउ बढि तताउने उपकरणको नियमित प्रयोगले पनि शुक्रकिटको संख्यामा गिरावट ल्याउँदछ । ससेज जस्तो प्रोसेस्ड मिटका साथै बढि भटमास मिश्रति साकाहारी भोजन पनि शुक्रकिटका लागि हानिकारक मानिन्छ ।
एक्सरे, केमोथेरापी तथा कतिपय एन्टीबायोटिक, काखमा ल्यापटप राखेर चलाउनु, बढि व्यायाम गर्न

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

