
|
|
डा. अरूणकुमार गुप्ता
हाड, जोर्नी, नशा, मांशपेशी आदि दुखेर हुने रोगलाई बाथरोग भनिन्छ । वाथ साधारण भाषामा रोगलाई बुझाउने एउटा शब्द मात्र हो । बाथ भन्नाले एउटा रोग भन्ने मात्र बुझिदैन । बाथ धेरै किसिमको हुन्छ । चिकित्सा विज्ञान तथा मेरो लामो अनुभवमा बाथरोग सय भन्दा बढी प्रकारका हुन्छन् । त्यसमध्ये साधारणतयाः जनसमुदायलाई सजिलैसँग बुझाउनका लागि यसलाई चार भागमा विभाजन गर्न सकिन्छ ।
हड्डी खाने बाथरोग
मासु खाने बाथरोग
नशा खाने बाथरोग
मुटु खाने बाथरोग
अरु कुनै संक्रमण तथा रोग सँग पनि बाथ सम्बन्धीत हुने गर्छ ।
यस हिसाबले कुन बिरामीलाई कुन प्रकारको बाथ भन्ने पत्ता लगाउन क्निकल जाँच तथा ल्याब परीक्षण गरेर मात्र भन्न सकिन्छ । यसमध्ये कुनै सामान्य प्रकारको र कुनै बाथ जटिल प्रकारको हुन्छ । बाथ कुनै व्यक्ति विशेष वा उमेरअनुसार हुदैन् । यो जुनसुकै मानिसलाई जुनसुकै उमेर वा अवस्थामा पनि हुनसक्छ । सामान्य खालको बाथ पूर्णरूपमा निको हुनसक्छ भने जटिल खालको वाथले गम्भीर असर पनि पार्न सक्छ । जटिल प्रकारको बाथको असर सुरूमा हड्डीमा देखिन्छ र विस्तारै त्यसले मुटु, मिर्गौला, छाला, आँखा, कलेजोलाई पनि गम्भीर क्षती पु¥याउछ । बिरामीलाई चिकित्सकले उपचार पद्धतिद्धारा रोग नियन्त्रण गरी नयाँ जीवन दिनसक्छ ।
अन्धविश्वासका कारण कतिपय मानिसले बाथरोगलाई अभिशापको रुपमा हेर्छन् । कतिपयले त यस रोगको उपचार नै हुदैन भनि लापरबाही समेत गरेको पाइन्छ । यहि अन्धविश्वासका कारणले कतिपय बाथरोगी चिकित्सककोमा आउनु भन्दा अगाडी परम्परागत उपचार , धामी, झाँक्री गर्ने, स्यालको मासु खाएर घरमै बस्ने तथा बन्दुकको तेल लगाउने गर्छन् । यी बाहेक पनि बिरामीहरु सुनेको भरमा विभिन्न प्रकारका उपायमा लाग्छन् । यसले रोग निकै नभइ झन् जटिल अवस्थामा पु¥याउँछ । कतिपय बिरामी अस्पताल आइपुग्दासम्म हड्डी बाङ्एिर कुँजो भएका पनि छन् । यसलाई दुर्भाग्य नै भन्नुपर्छ । वाथ रोगीका लागि सर्वप्रथम जनचेतना अभिवृद्धि गर्नु जरुरी छ, ताकि कोहीपनि बिरामी बाथरोगकै कारण पारिवारीक बोझ र मृत्युको मुखमा पुग्न नपरोस् । चिकित्सा विज्ञानले बाथरोगका लागि नयाँ नयाँ आविस्कार गरेको छ । जसले रोग पूर्ण रुपमा निकोसम्म हुनसक्छ । नेपालमा पनि त्यस्ता आधुनिक पद्धतीको सुरूवात भइसकेको छ जसमा अहिले नर्भिक अस्पतालले पनि यो सेवा शुरु गरेको छ ।
हामीले बाथरोगलाई वाथको रोगीलाई बाथ कै डाक्टर भन्ने नारा दिएर जनचेतना अभिवृद्धि पनि गरेका छौं । यसको अर्को मतलब भनेको बाथरोगलाई वाथरोग विशेषज्ञसँग नै उपचार गराउनुपर्छ भन्ने पनि हो । बाथरोग हाड, जोर्नी, हाडरोग, नशा, छाला, ढाड, कम्मर, आँखालगायत शरीरको कुनै पनि भागबाट बाथ उत्पन्न हुनसक्छ ।
साधारणतयाः बाथरोग पुरुष भन्दा महिलालाई बढी हुने गर्दछ । अर्को कुरा यो रोग जन्मेको बच्चादेखि ८०–९० वर्षको व्यक्तिलाई जुनकुनै बेला पनि हुनसक्छ । महिलामा महिनावारी सुकेपछि, पाठेघर फालेपछि र ४० वर्ष काटेपछि वाथरोग लाग्ने संभावना बढी हुन्छ । १५ वर्षदेखि कम उमेरका बालबालिकालाई हुने बाथरोगलाई जुभिनाईल ग्रुप अर्थात चाइल्डहुड अथराइटिसको ग्रुपमा राखिन्छ । वाथ साधारणतया कुनै जिवाणु तथा किटाणुले हुने रोग होईन । यो अटो इम्युन प्रोसेसबाट हुने रोग हो । जसका कतिपय कारणहरु हालसम्म पनि पत्ता लगाउन सकिएको छैन । ती मध्ये केही प्रतिशत वाथ ब्याक्टेरिया वा भाईरसले पनि हुनेगर्छ ।
बाथरोगका लक्षण
शरीरको कुनै भागको हाडजोर्नी, घाँटीको हड्डी दुख्ने ।
पाखुरा, कुईनो , हातका औला, कम्मर दुख्ने
घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पाईतला, दुख्ने ।
कसैको केही भाग तथा कसैको सम्र्पूण शरीर दुख्छ ।
ज्वरो आउने
कपाल झर्ने
मुखमा घाउ हुने
शरीरमा निला, राता, डाम आउने, (जसलाई केही मानिसहरु बोक्सीले टोकेको पनि भन्छन् )
हड्डी सुनिने
चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो , निलो वा रातो हुने
मुटु काम्ने
निद्रा नलाग्ने
खुट्टा झमझम गर्ने , पोल्ने , सिल्को हान्ने,
अनुहारमा पुतलीको प्वाख जस्तो रातो डाम आउने
छाला विस्तारै विस्तारै तन्किदै जाने र कडा हुने
गर्भ तुहिने
छाती दुख्ने, खकारमा रगत आउने
श्वास लिन गाहे हुने
तथा अरु धेरै नराम्रो वाथका कारणले शरीरको अंग अनुसार विभिन्न लक्षणहरुपनि देखा पर्ने हुन्छ ।
हामीकहाँ उपचार गर्न आएका सय विरामी मध्ये ९० जनाको गुनासोमा विहान उठ्दा शरीर जाम भई कक्रकपरी उठ्न बस्न गाहे हुने गरेको बताउँछन् । यी सबै भिन्न भिन्न प्रकारका वाथका लक्षण हुन् । यी लक्षणद्धारा नै बिरामीलाई कुन प्रकारको वाथ हो भनी पत्ता लगाउन सकिन्छ । वाथ युरिक एसिड बढेर पनि हुने रोग हो । यहाँ मैले भन्न खोजेको मुख्य कुरा युरिक एसिड भनेको सयौं वाथ मध्येको एउटा वाथ हो । जुन पुरुषलाई बढी हुन्छ । अर्को कुरा वाथ अव्यवस्थित जीवनशैली , खानपान,

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

