
|
|
- डा. सुमनराज ताम्राकार
बालिकाबाट किशोरी अवस्थामा प्रवेश गरेको एउटा प्रमुख संकेत महिनावारी हो । तर कतिपयमा समयले नेटो काटिसकेपछि पनि महिनावारी सुरु भएको हुँदैन । किशोरीवस्था पूर्व, गर्भावस्थामा, सुत्केरी पश्चात् बच्चालाई राम्ररी स्तनपान गराइरहेको समय कतिपय परिवार नियोजन साधन अपनाइरहँदा तथा बुढ्यौलीका कारण महिनावारी सुक्नुचाहिँ प्राकृतिक नै हो ।
महिनावारी नियमित रुपमा हुन महिलाको वंशाणुअंश, टाउकोभित्रको हाइपोथालामसदेखि पिट्युटरी ग्रन्थी एवं डिम्बाशयको काम गराई, पाठेघरको भित्री तह, पाठेघरको मुख, योनीमार्गको बनावट एवं महिनावारी हुने कार्यलाई सघाउने थाइरोइड तथा एड्रिनल ग्रन्थीको काम गराई सामान्य हुनुपर्दछ ।
यदि किशोरीवस्थामा योनिद्वारको झिल्ली रहिरहेमा, योनिद्वारमा तेर्सो गरि बाक्लो झिल्ली रहेमा वा योनिमार्गको माथिल्लो भाग वा पाठेघरको मुख साँघुरिंदा महिना–महिनामा मासिक श्राव भएपनि बाहिर देखिँदैन, जसलाई मेडिकल भाषामा क्रिप्टोमेनोरिया भनिन्छ । यस्तो समस्या भएकी किशोरीमा महिनावारी भएताका तल्लो पेट अत्याधिक दुख्ने हुन्छ । महिनावारीको रगत बग्ने बाटो फरक परेको अवस्थामा सामान्य शल्यक्रिया वा योनिमार्गको पुनर्संरचना शल्यक्रिया गर्न सकिन्छ ।
यदि १६ वर्ष पुगेपछि किशोरीको यौनाङ्ग राम्ररी विकसित नहुनु, यौनाङ्ग वरिपरि एवम् काखीमा रौं पलाएपछि पनि महिनावारी शुरु नहुनु वा १४ वर्षको उमेरसम्म महिनावारी शुरु नहुनु राम्रो लक्षण होइन । मेडिकल भाषामा यस्तो अवस्थालाई प्राइमरी एमेनोरिया भनिन्छ ।
हाइपोथालामसदेखि डिम्बाशयसम्मको काम गराई, महिलामा हुनुपर्ने वंशाणुअंशमा गडबडी, योनीमार्ग तथा जननेन्द्रियको माथिल्लो भागको बनावटमा जन्मजात खराबी, थाइरोइड तथा एड्रिनल ग्रन्थीको काम गराईमा खराबीलगायत जननेन्द्रियको क्षयरोग, कुपोषण, अधिक दुब्लोपना, रक्तअल्पताले गर्दा पनि महिनावारी शुरु नै नहुन सक्छ ।
प्रभावित व्यक्तिसँगको सामान्य कुराकानीबाट तथा शारीरिक जाँचबाटै कारक तत्वको अनुमान लगाउन सकिन्छ । त्यसैले एकैपटक सबैखाले खर्चालु परीक्षण गर्नुभन्दा अनुमानित कारक तत्व केन्द्रित सीमित परीक्षण गर्नुपर्दछ । यस्तो खाले प्राइमरी एमेनोरियामा औषधोपचारबाट आशातित सफलता नमिल्न सक्छ ।
महिनावारी भैसकेका किशोरी÷महिलामा कुनै कारणवश ६ महिना वा सोभन्दा बढी समय महिनावारी नहुने अवस्थालाई ‘सेकेण्डरी एमेनोरिया’ भनिन्छ । माथि उल्लेख गरिएभैंm क्रिप्टोमेनोरिया वा प्राकृतिक कारण (गर्भावस्था÷स्तनपान गराइरहँदा) पनि केही समयका लागि महिनावारी रोकिन सक्छ ।
तर पाठेघरको भित्री तह टाँसियो, क्षयरोग भयो, लेजर वा शल्यक्रियाबाट पाठेघरको भित्री तह बढी खुर्कियो, स–साना तर धेरै अपरिपक्व अण्डा बढ्ने समस्या भयो, समय अगावै (४० वर्ष अगावै) डिम्बाशयले काम गर्न छाड्यो, महिलाको शरीरमा इस्ट्रोजेन हर्मोनको मात्रा चाहिने भन्दा कम भयो, हाइपोथालामसदेखि पिट्युटरी ग्रन्थीमा सुत्केरीका बेला बढ्ता रक्तश्राव भयो वा कुनै खराबी भयो, मानसिक तनाव, कुपोषण, मधुमेह अधिक मोटोपना वा दुब्लोपना भयो भने सेकेण्डरी प्रकारको महिनावारी रोकिने हुन सक्छ । यस्तै, कतिपय मनोविनोद औषधिको सेवन, थाइरायड ग्रन्थीको कम काम गराईजस्ता कारणबाट पनि यस्तो समस्या हुन्छ ।
यी कारणहरु खुट्याउनु अघि किशोरी वा महिला गर्भवती भएकी छन्, छैनन् सर्वप्रथम जाँच गर्नुपर्छ । भिडियो एक्सरे (अल्ट्रासाउण्ड), रगतमा हर्मोनको मात्रा, ल्याप्रोस्कोपी जस्ता तरिकाबाट अधिकांश कारण पत्ता लगाउन सकिन्छ । यसका अलावा कहिलेकाहीँ वंशाणुअंश (क्रोमोजोम), टाउकाको एक्सरे, ग्रन्थिरससम्बन्धी रगत जाँच, टाउकोको सीटी स्क्यानको जरुरत पर्न सक्छ ।
यस्ता खाले विरामीसँग महिनावारी नहुने समस्याको शुरुवात बिस्तारै भयो कि एक्कासी, मानसिक तनाव हुने खालको कुनै घटना थियो कि थिएन, शारीरिक तौलमा एक्कासी कुनै परिवर्तन आएको छ कि छैन, अनुहारमा डण्डीफोर आउने तथा रौं बढी पलाउने भएको छ कि छैन, स्वरमा परिवर्तन, स्तनबाट असामान्य श्राव, टाउको दुख्ने, आँखा धमिलो हुने, सुत्केरी व्यथाका बेला रगत बगेनबगेको जस्ता कुराहरु सोधपुछ गर्नुपर्छ ।
यस्ता खाले विरामीको उपचार चरणबद्ध रुपमा गर्नुपर्दछ । सामान्य जाँच पड्ताल पछि कुनै गम्भिर समस्या नभएको ठहर भएमा शुरुमा इस्ट्रोजेन त्यसपछि इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन शुरु गरि महिनावारी खुल्छ, खुल्दैन हेर्नुपर्दछ । यति गरेर पनि महिनावारी खुलेन भने समस्या गम्भिर खालको हुन सक्छ ।
उपचारका क्रममा सामान्य समस्याका लागि मानसिक तनाव हटाउने परामर्श, इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन दुवै भएको पिल्स चक्की वा इस्ट्रोजेन मात्र भएको औषधि दिनुपर्दछ । दम्पत्तिमा बच्चा पाउने

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

