Home » » ओरल सेक्स’ राम्रो की नराम्रो ?

ओरल सेक्स’ राम्रो की नराम्रो ?

- डा. राजेन्द्र भद्रा
एउटा मानिसको यौन अङ्ग अर्को मानिसले मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई ओरल सेक्स वा मुखमैथुन भनिन्छ। कतिपय जोडिका लागि सेक्सको यो बिधि निकै सुखदायक मानिन्छ । मुखमैथुनबाट यौन आनन्द प्राप्त गर्न रुचाउने जोडीहरू विश्वभर बढ्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
कामसूत्रमा ऋषि वात्सायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ। मुखमैथुन भन्नााले लिङ्ग मुख मैथुन, योनि मुख मैथुन र गुद्द्वार मुख मैथुनलाई बुझ्नुपर्छ।

के मुखमैथुन नराम्रो हो ?
स्वस्थ व्यक्तिका माझ मुखमैथुन गर्नु सुरक्षित नै हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि पुग्दैन। स्वस्थ व्यक्तिको वीर्य होस् वा योनिरस त्यसमा कुनै हानि वा खराबी गर्ने तत्वहरु हुँदैनन् । त्यसैले यस्तो वीर्य वा योनि रस मुखमा पर्दा वा निलिँदा कुनै हानि गर्दैन।
स्वस्थ व्यक्ति अर्थात् यौनरोग नभएका व्यक्तिहरूका बीचमा मात्र यौनसम्पर्क हुँदा यौनरोग लाग्ने डर हुँदैन। यदि यौनरोग छ भने सर्न सक्छ, जुन कुरा लिङ्ग वा योनि वा अन्य किसिमको यौनसम्पर्कमा पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्ता क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदि यौनसाथीमध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ। सुरक्षित बनाउन मुखमैथुन गर्दा कन्डमको प्रयोग आवश्यक हुन्छ। अहिले यही प्रयोजनका लागि सुगन्धित कन्डम पनि उपलब्ध हुन थालेका छन्। योनि मुखमैथुनका लागि डेन्टल ड्याम (रबरको पातलो चारपाटे टुक्रा)को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ। डेन्टल ड्याम छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ। मुखमा चोटपटक छ भने र वीर्य स्खलन मुखमा भएको स्थितिमा जोखिम बढ्ने कुरा ख्याल गर्नुपर्छ।
यौनसम्पर्क दुवै व्यक्तिको सहमतिमा हुनुपर्ने कुरा हो। यौन सम्पर्कमा कर वा दबाब दिनु सुखमय यौनसम्बन्धका दृष्टिले पनि उचित हुँदैन।
कुनै व्यक्तिमा मुख मैथुनप्रति रुचि नहुन सक्छ। कसैकसैलाई योनिरस वा वीर्यको स्वाद, गन्ध आदि मन नपर्न सक्छ।
मुखमैथुनका लागि अर्को महत्त्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो। हामी विभिन्न कारणले यौनअङ्गहरूको सरसफाइ रामोसँग गर्दैनौं र यसलाई जहिले पनि फोहर अङ्गका रूपमा लिन्छौं, तर वास्तविकता त्यसो होइन। 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}