Home » » कांग्रेसमा सदस्यता विवाद जारी, संस्थापनले पेल्न खोजे देउवा पक्षले भन्डारफोर गर्ने

कांग्रेसमा सदस्यता विवाद जारी, संस्थापनले पेल्न खोजे देउवा पक्षले भन्डारफोर गर्ने

२६ पुस, काठमाडौं ।

महाधिवेशन आउन ५५ दिन बाँकी हुँदासमेत क्रियाशील सदस्यताको विवाद नटुंगिँदा कांग्रेसमा महाधिवेशन नै प्रभावित हुने आशंका गर्न थालिएको छ ।

महाधिवेशन प्रभावित गर्न सभापति सुशील कोइरालाले सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाउन आलटाल गरेको देउवा पक्षको आरोप छ ।


संस्थापनले पेल्न खोजे देउवा पक्षले भन्डारफोर गर्ने
फरक मतसहितको प्रतिवेदनलाई कसरी लिने भन्ने विषयमा पनि विवाद देखिएको छ । संस्थापन पक्ष कार्यसमितिमा रहेको बहुमतको बलमा पेलेर एकलौटी रूपमा प्रतिवेदन उल्ट्याउने तयारीमा लागेको आरोप देउवा पक्षले लगाएको छ ।

समितिको कार्यविधिमा ‘समितिका सदस्यबीच मतैक्य भए संयोजकको निर्णय अन्तिम हुन्छ’ भनिएकाले संयोजकले हस्ताक्षर गरी बुझाएको प्रतिवेदन अब उल्ट्याउन नमिल्ने भनाइ देउवा पक्षको छ ।

केन्द्रीय समितिले प्रतिवेदन उल्ट्याउन खोजे भन्डाफोर गर्ने तयारीमा देउवा पक्ष लागेको छ । ‘बहुमतको बलमा प्रतिवेदन परिवर्तन गरियो भने ‘नोट अफ डिसेन्ट’ लेखेर हामी भन्डाफोरमा उत्रिन्छौँ,’ केन्द्रीय सदस्य विश्वकर्माले भने ।

यता, कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले प्रतिवेदनलाई विवादित बनाउन देउवा पक्ष नै लागेको आरोप लगाए ।
‘तीनजनाको समितिमा विवाद भएपछि त्यसलाई सभापति र महामन्त्रीको जिम्मामा दिइएको छ,’ बडूले भने, ‘निर्विवाद हुँदासम्म संयोजकलाई अन्तिम निर्णयको अधिकार हो, तर विवादित अवस्थामा उहाँहरूले नै पुर्‍याइदिनुभयो ।’ नयाँ पत्रिकामा खबर छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}