
|
|
एजेन्सी । टाउको दुख्ने समस्या अधिकांश मानिसमा हुन्छ । यो धेरै कारणले हुने गर्दछ । जस्तै, तनाव, माइग्रने वा निद्रा पुरा नहुनु । तर, कहिलेकाँही यो समस्या गम्भीर हुन जान्छ ।
मानिसहरु टाउको दुख्दा सिटामोल खान्छन् जसले दुखाई त निको पार्छ तर, साइट इफेक्ट पनि पार्छ तर, केही घरेलु उपाय छन् जसले विना कुनै हानी दुखाई ठिक पार्छ र उपाय पनि निकै सजिलो छन् ।
यसबाट आराम पाउनका लागि केही यस्ता घरेलु उपाय जो निकै फाइदाजनक छन्:
- टाउकोे दुखाईबाट राहत पाउनका लागि अदुवाभन्दा राम्रो कुनै बस्तु छैन् । अदुवालाई पानीमा मिसाएर आगोमा उमालेर टाउकोतिर तातो बाफ लिनुस् अथवा सेक्नुस्, तुरुन्तै आराम दिनेछ ।
- यसका साथै अदुवाको रस र कागतीको रस बराबर मात्रामा मिलाएर दिनमा एक वा दुई पटक पिउनुस् । – पुदीनाका पातको रस निकालेर निधारमा लगाउनुस्, टाउको दुखाईबाट आराम मिल्नेछ ।
- माइग्रेन(घाटी)को दुखाईमा आइसपैकलाई घाटीको पछाडी राख्नुस् आराम मिल्नेछ ।
- ल्वाङ पिसेर एक कपडामा बाध्नुस् र २÷२ मिनेटको फरकमा नाकबाट बास्ना सुघ्नुस् । जबसम्म आराम मिल्दैन् तबसम्म ।
- स्याउले पनि टाउको दुखाईमा चमत्कारी तरिकाबाट काम गर्छ । स्याउलाई नुनसँग खानुस्, आराम मिल्नेछ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

