
|
|
नेपाली जनताले दुःख पाएकोमा चिन्ता व्यक्त
काठमाडौं, २६ पुस । पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले दरबार मात्रै छाडेको बताएका छन् । आइतबार एक प्रेस वक्तव्य जारी गरी शाहले ‘मैले दरबार मात्रै छोडेको हुँ, नेपाली घरबार छोडेको छैन’ भनेका छन् ।
पूर्व राजा शाहले राष्ट्रिय एकता दिवस तथा २९४ औं श्री ५ पृथ्वीनारायण जयन्तीको अवसरमा राष्ट्र र जनताका नाममा यस्तो सन्देश व्यक्त गरेका हुन् । ‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ । तर सवैले विचार गर्नू पर्ने कूरा हो की मैले नेपाली घरवार छोडेको छैन ।
अनी नेपाल र नेपालीको “आधारको भार” पनि परित्याग गरेको छैन,’ वक्तव्यमा भनिएको छ । उनले अब नेपाली जनताले को कसरबाट के कस्तो दायित्व भूमिका र भरोसा चाहेका छन् खुलस्त हुनुपर्दछ भन्ने पनि समयको माग रहेको पनि उल्लेख गरेका छन् । पूर्व राजा शाहले सोचनीय कुरा भन्दै देश भित्र अहिले विधि व्यवस्था, भूरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्तो वख्डा भएका छन् त्यो राम्रो होइन भनेका छन् ।
अर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादक र वाह्य निर्भरतावाट यतिखेर थप मार परिरहेको प्रती चिन्ता जनाएका छन् । ‘नेपाली जनताले अहिले साँझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ त्यो गम्भिर चिन्ताको विषय हो,’ वक्तव्यमा भनिएको छ ।
यस्तो छ वक्तव्यः

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |


