Home » » पुरुष भित्री अङग सम्बन्धी रोचक जानकारी

पुरुष भित्री अङग सम्बन्धी रोचक जानकारी


के हस्तमैथुनले लिङ्गको आकार बढ्ला ?

यौन आनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण प्रमुख हो। यौनसम्पर्कमा  यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ। यस्तो घर्षणको आनन्द अरू कसैको यौनअङ्गमा गराउँदा मात्र होइन, हातैले गराउँदा पनि पाइन्छ। हस्तमैथुन भनेको हातैले यौनाङ्ग चलाएर यौनआनन्द लिने यौन क्रियाकलाप हो। आफैंले गरिने अनेक किसिमका यौन क्रियाकलापलाई हस्तमैथुन भनिन्छ। किशोरावस्था तथा युवावस्थामा यौन इच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारलाई रोकमात्र लगाइने भएकाले अन्य वैकल्पिक उपाय नभएको स्थितिमा हस्तमैथुनलाई नै यौनसन्तुष्टिको प्रमुख माध्यम बनाइन्छ, तर हस्तमैथुनका बारेमा कतिपय गलत धारणा व्याप्त पाइन्छ।


हस्तमैथुन वास्तवमा स्वाभाविक यौन क्रियाकलाप हो। यद्यपि कतिपय यसले हानि गर्छ कि भन्ने शंका गर्छन्। सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा घर्षणबाट यौनआनन्द पाउने प्रक्रिया उस्तै हो। त्यसैले सम्भोग गर्दा हानि हुँदैन, तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिलेन। कतिपय गलत धारणा वा भ्रम व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन।

किशोरावस्थामा अनेकन् शारीरिक परिवर्तन हुन्छन्। एकातिर शरीरमा विभिन्न परिवर्तन हुन्छ भने यौनचाहना र त्यसप्रति विशेष अभिरुचि हुन्छ। शारीरिक परिवर्तनमा लिङ्गको आकार बढ्नु पनि एक हो र यसै बेला हस्तमैथुन पनि गर्न थालिन्छ। कतिपयले यस्ता परिवर्तन हस्तमैथुनका कारणले हुन्छ भन्ठान्छन्, तर वास्तविकता यो हार्मोनको प्रभावले हुने परिवर्तनको प्रभाव वा नतिजा हो। त्यसैले लिङ्ग बढाउन हस्तमैथुनलाई प्रभावकारी उपायका रूपमा लिन सकिँदैन।

के गर्दा लिङ्ग बढाउन सकिएला ?
वास्तवमा यो कुरा त्यति सजिलो छैन। संसारभर प्रयोग गरिने लिङ्ग बढाउने उपायहरूलाई मोटामोटी रूपमा चार प्रकारमा विभाजित गर्न सकिन्छ।

१. कसरत तथा हातैले तन्काउने विधिः दैनिक रूपमा पर्याप्त समय लिङ्ग-दोहन (दुहुने) जस्तो गरी तन्काउँदा पनि लिङ्गको नाप बढ्ने दाबी गरिन्छ।

२. तौल वा यन्त्रको सहायताले तन्काउने विधिः कुनै वजनदार वस्तु लिङ्गमा झुन्डयाई वा कअचभध-भहतभलमभच भएका यन्त्रको प्रयोग पनि लिङ्गको नाप बढाउने विधि हो। यस्तो विधिले अनावश्यक रूपमा लिङ्गमा चोट पुग्ने हुँदा सजग हुनुपर्छ।

३. पम्प प्रयोग गर्ने विधिः दबाब कम गर्ने पम्प प्रयोग गरी लिङ्गमा रक्त प्रवाह बढाउने यो विधिले अन्य समयमा भन्दा लिङ्ग कडा र बढी उत्तेजित हुने दाबी गरिन्छ। यसको दीर्घकालीन प्रभावका बारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजाने लिङ्गमा चोट पुग्ने सम्भावना पनि हुन्छ।

४. शल्यक्रियाः यो विधिमा लिङ्गलाई अडयाउने तन्तु (suspensary ligament) काट्ने, बोसो (fat) तन्तु भर्ने वा graft गर्ने वा अन्य वस्तु राख्ने (प्रत्यारोपण) गर्ने जस्ता अनेक उपाय गरिन्छ। यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकबाट गरिनु आवश्यक छ। त्यसका बाबजुद कतिपय स्थितिमा शल्यक्रिया गराउने व्यक्तिको आशाअनुरूप नतिजा नभएको कुरा पनि आएको छ, जसले असन्तोषलाई नै थप्छ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}