Home » » चिरफार नगरी पाठेघरको अप्रेसन

चिरफार नगरी पाठेघरको अप्रेसन

धुलिखेल अस्पतालले ल्याप्रोस्कोपी प्रविधिको मद्दतबाट पाठेघर निकाल्ने शल्यक्रिया प्रविधि प्रयोग गरी चिरफारबिना नै पाठेघरको अप्रेसन थालेको हो । यस्तो सेवा काठमाडौंका महँगा केही निजी अस्पतालमा भए पनि राजधानी बाहिर पहिलो हुने अस्पतालको दाबी छ ।

‘चिकित्सा क्षेत्रमा नेपालका लागि यो नयाँ प्रविधि हो,’ अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले भने, ‘त्यो प्रविधि प्रयोग गरी गरेका सबै अप्रेसनमा सफलता मिलिसकेको छ ।’ उनका अनुसार अस्पतालले हालसम्म २७ जनाको उपचार यो विधिबाट गरिसकेको छ ।


चिरफार नगरी पाठेघरको अप्रेसन गर्दा बिरामीलाई कम पीडा महसुस हुने, अप्रेसन गरेको पर्सिपल्टै घर पठाउन सकिने, संक्रमणको सम्भावना कम हुने र बिरामी छिट्टै आफ्नो नियमित काममा फर्किन सक्ने उनले बताए । विकसित देशमा पहिलेदेखि नै यो प्रविधिको प्रयोग व्यापक रूपमा हुँदै आइरहेको छ । अमेरिका, बेलायत, फ्रान्सलगायतका युरोपेली देशमा त्यसको प्रयोग उल्लेख्य छ ।

बिरामीको नाइटो नजिकै र तल्लो पेटको दायाँबायाँ प्वाल बनाइन्छ ।नाइटो नजिकै पारिएको प्वालबाट दूरबिन, बत्ती र पेट फुलाउने ग्याँस (कार्बनडाइअक्साइड) भित्र पठाइन्छ । अन्य दुई  प्वालबाट स-साना कैंची, चिम्टालगायत सामान पेटभित्र छिराई भीडीओ मोनिटरमा हेरेर योनीबाट पाठेघर निकालिन्छ ।

पछिल्लो केही समययता पाठेघरका बिरामी यो विधिबाट उपचार गर्न आकषिर्त भइरहेका छन् । ‘चिरफार नगरी अप्रेसन गरेकाले पीडा कम महसुस गरें,’ एक जना बिरामी कुन्ती थापाले भनिन्, ‘अप्रेसन गरेको एकै दिनमा ठीक भएजस्तो अनुभूति गरिरहेको छु । यो विधि निकै राम्रो लाग्यो ।’

श्वासप्रश्वास, मुटु रोग, दम, पेटको जटिल चिरफार गरी अप्रेसन गरिसकेका, रक्तसञ्चार प्रणाली असन्तुलन, गर्भवती र पाठेघरको आकार निकै ठूलो भएका बिरामीलाई एलएभीएच (ल्याप्रोस्कोपी असिस्टेड भजाइनल हिस्टेरेक्टोमी) प्रविधिबाट उपचार गर्न नसकिने डा. ताम्राकार बताउँछन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}