Home » » राजेश हमाल पनि ठग युवतीको फन्दामा परेको खुलासा

राजेश हमाल पनि ठग युवतीको फन्दामा परेको खुलासा

काठमाडौँ, २२ पुस । कहिले आफुलाई डाक्टर त कहिले डिआईजीको छोरी भन्दै ५० भन्दा धेरैलाई ठग्दै आएकी एक युवतीको नायक राजेश हमालसँग समेत संगत देखिएको छ । आइतबार पक्राउ परेकी भगवती केसीको हमालसँग समेत चिनजान देखिएको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् । आफु्लाई डा.सुहाना केसीको रुपमा परिचय दिई चिकित्सक तथा धनाढ्यहरुसँग नजिकिएर उनले ठगी गर्दै आएकी थिइन् । उनले फेसबुकमा राजेश हमालसँग खिचेका पोज पोजका तस्वीर हालेका छन् । हमाललाई पनि उनले ठगी गरेको हुनसक्ने प्रहरी आशंका छ । त्यसविषयमा अनुसन्धान अघि बढाइएको छ । सुरुमा पोखरालाई आधार बनाएर ठगी गर्दै आएकी उनले पछिल्लो समय काठमाडौंमा ठगी गर्दै आएकी थिइन् । 


प्रहरीले छानबिन थालेपछि भागेकी उनलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको हो । उनीबाट पीडित २०/२५ जना सम्पर्कमा आइसकेको र पीडितहरु धेरै हुनसक्ने अपराध महाशाखाका डिएसपी रमेश थापाले बताए । बिहे गर्ने भन्दै चिकित्सकहरुसँग नजिकिने र केही समय सँगै बसेपछि धनमाल लिएर सम्पर्क विहित भई उनले ठगी गर्दै आएकी थिइन् । गुल्मीको हस्तिचौर स्थायी घर भएकी २३ वर्षिया केसीले आफुलाई डा.सुहाना, अदिती, सृष्टि केसी जस्ता नामले चिनाउदै आएकी थिइन् । विगत २ वर्षदेखि ठगीमा संलग्न उनले ११ वटा मोबाइल नम्बर प्रयोग गरेकी थिइन् । उनको अध्ययन भने प्लस टुसम्मको मात्र रहेको प्रहरीले जनाएको छ । पोखराका होटल र स्टोरहरुबाट आफुलाई डिआईजी सनत केसीको छोरी हुँ भन्दै धम्काएर पैसा नतिर्ने गरेको समेत खुलेको छ । डिआईजी बनाएर एक केटा साथीलाई फोन गर्न लगाई नाटक गरेकी थिइन् । केहीसँग फेसबुक तथा भाइबरमार्फत चिनजान गरेर उनी नजिकिने गरेकी थिइन् । पोखराको फेवा अस्पतालमा केही समय त उनले काम समेत गरेको खुलेको छ । तर आफ्नो वास्तविकता खुलेपछि उनी गत बैशाखमा काठमाडौं आएकी थिइन् । काठमाडौंमा पनि शिक्षण अस्पतालका डाक्टरहरुसँग सम्बन्ध राखी ठगी गरेकोमा प्रहरीमा उजुरी परेको छ । पोखराको गण्डकी र मणिपाल अस्पतालका चिकित्सक उनीबाट पीडित रहेको अपराध महाशाखाका इन्सपेक्टर गोविन्द पन्थीले बताए । प्रेमको नाटक गरी सँगै बसेर उनले ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । केही भिआईपी व्यक्तिहरु समेत उनीबाट ठगीएको स्रोत बताउछ । पोखराको होटल पाण्डामा गई बसेर पैसा तिर्ने बेला आफ्नो बुबा डिआईजी भएको भन्दै एक व्यक्तिलाई डिआईजी बनाएर फोन गर्न लगाएकी थिइन् । एक छिनका लागि भनेर उनले होटल साउका छोराको मोटरसाइकल समेत लिएर भागेको उजुरी प्रहरीमा परेको छ । गत २६ असोजमा एक चिकित्सकसँग जर्बजस्ती वैवाहिक सम्बन्ध राख्न खोज्दा विवाद भई एक दिन ललितपुरको सातदोबाटो वृत्तमा थुनामा समेत परेकी थिइन् । त्यस्तै पोखराको गण्डकी दोहोरीका कलाकार राजेश गुरुङको मोबाइल लिएर एकपटक फरार भएकी थिइन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}