Home » » तपाईलाई थाहा छ ? उच्च रक्तचाप ले हृदयाघात तथा मृगौला फेल हुने जस्ता समस्या पनि निम्त्याउँन सक्छ ।

तपाईलाई थाहा छ ? उच्च रक्तचाप ले हृदयाघात तथा मृगौला फेल हुने जस्ता समस्या पनि निम्त्याउँन सक्छ ।

उच्च रक्तचाप निकै जटिल स्वास्थ्य समस्या हो । किनकी यसले हृदयाघात तथा मृगौला फेल हुने जस्ता समस्या पनि निम्त्याउँछ । रक्तचाप नियन्त्रणका लागि विभिन्न प्रकारका औषधिहरुको प्रयोग समेत गर्ने गरिन्छ ।
तर यसबाट केही साइड इफेक्ट हुन्छन् जस्तै खुट्टा बाउँडिने, आँखा तिरमिराउने आदि । तर औषधिको सेवन नगरीकनै रक्तचाप सन्तुलित गराउन सकिन्छ ।


रक्तचाप नियन्त्रणका केहि प्राकृतिक उपाय यस्ता छन्
  • पर्याप्त हिँडडुल गर्नुहोस् । हिँडडुल तथा हल्का व्यायामले मुटुलाई अक्सीजनको उच्चतम उपयोग गर्न सहयोग गर्छ । यसो गर्दा मुटुलाई बढि रगत पम्प गर्नु पर्दैन र ब्लड प्रेसर उच्च हुने जोखिम कम हुन्छ ।
  •  लामो तथा विस्तारै स्वास फेर्ने तथा योगा गर्ने गर्नुहोस् । यसो गर्दा स्ट्रेस हर्मोनको उत्पादन कम हुन्छ । यसले मृगौलाले उत्पादन गर्ने रेनिन इन्जाइमको उत्सर्जन पनि कम हुन्छ । रेनिन इन्जाइमको उत्पादन धेरै भयो भने रक्तचाप बढ्छ । बिहान र बेलुकी कम्तीमा पनि ५०० पटक लामो स्वास लिने तथा फ्याँक्ने अभ्यास गर्नुहोस् । योगा तथा ध्यानलाई पनि जिवनको अभिन्न अंग बनाउनुहोस् ।
  •  आलु तथा पोटासियम युक्त फलफूलको सेवन प्रसस्त गर्नुहोस् ।
  •  नुनको सेवन घटाउनुहोस् ।
  •  चकलेट खानुहोस् । उच्च गुणस्तरयुक्त चकलेटहरुमा फ्लाभिनोल भन्ने तत्व पाइने भएकाले यसले रक्तनलीलाई फराकिलो बनाउँछ र रक्तचाप सन्तुलिन बनाउन सहयोग गर्छ ।
  • अल्कोहलको सेवन कम गर्नुहोस् । अल्कोहलको सेवन बढि गर्ने मानिसमा उच्च रक्तचापको जोखिम बढि हुन्छ ।
  • कफीको सेवन पनि कम गर्नुहोस् । कफीमा पाइने केफाइन तत्वले रक्तचाप बढाउन सहयोग गर्छ ।
  • चिया पिउनुहोस् । ग्रिन टी ले अझ रक्तचाप घटाउन ठूलो सहयोग गर्छ ।
  • काममा बढि व्यस्त नबन्नुहोस् । काममा बढि व्यस्त हुँदा तनाव बढ्ने तथा रक्तचाप उच्च हुने जोखिम हुन्छ । त्यसैले समयतालिका बनाएर काम गर्नुहोस् र फुर्सदको समय निकालेर रमाइलो गर्नुहोस् ।
  • मनपर्ने गीत संगीत सुन्नुहोस् । संगीत सुन्दा रक्तचाप कम हुने इटालीमा भएको एक अध्ययनले देखाएको छ ।
  • सुतेको बेला घुर्ने बानी छ रु यदि छ भने विचार गर्नुहोस् । तपाइँमा उच्च रक्तचापको समस्या हुनसक्छ । त्यसैले जँचाइहाल्नुहोस् ।
  • बोसोयुक्त खाद्यपदार्थको बढि सेवन नगर्नुहोस् । त्यसको साटो रेशादार खाद्यपदार्थ तथा सागपातको पर्याप्त सेवन गर्नुहोस् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}