
|
|
वि.सं. २०७२ साल पुस १९ गते। आइतबार। इश्वी सन् २०१६ जनवरी ३ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– नवमी, २५:४१ बजेउप्रान्त दशमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यावसायिक काममा फाइदा हुनेछ। वैदेशिक यात्राको अवसर प्राप्त हुन सक्छ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती देखापर्नेछन्। मध्याह्नपछि व्यापारमा मनग्य लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। प्रियजनसँगको भेटघाटले समय मनोरञ्जनपूर्ण रहनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विविध कमजोरीले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै लाभ हुनेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। मध्याह्नपछि अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि बिस्तारै काम सम्पादन हुनेछन्। केही समय पर्खंदा स्थितिमा सुधार आउन सक्छ। लगनशीलताले व्यवसायमा राम्रो फाइदा दिलाउनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविगतका गल्तीले केही अप्ठ्यारोमा पार्न सक्छ। अरूको सुझावले शंका उब्जाउन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता पनि दुःख पाइनेछ। घरसल्लाह नमिल्नाले मान्यजनसँग असमझदारी बढ्न सक्छ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त गर्न सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
काममा चुनौती देखिए पनि प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन्। पुरानो समस्याले झमेला निम्त्याउला। पारिवारिक विवादले मन अशान्त बन्न सक्छ। बलजफ्ती गर्दा काममा हानि पुग्नेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफ्नै कमजोरीले अवसर गुम्न सक्छ, सजग रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयमा अरूको मुख ताक्नाले काममा पछि परिनेछ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। शुभचिन्तकहरूले समेत आफ्ना कमजोरीमाथि टिप्पणी गर्न सक्छन्। लाभांश अरूको हातमा पर्न सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्त धन आर्जन हुन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ। आकर्षक उपलब्धि हात पार्दै धेरैको मन लोभ्याउन सकिनेछ। मध्याह्नपछि होस नपुर्याउनाले बनिसकेको काम बिग्रन सक्छ। केही विवादमा परिएला। आफ्नो अधिकार अरूले उपयोग गर्न सक्छन्, सचेत रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
घरखर्चको मात्रा बढ्नेछ। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्लान्। होस नपुग्नाले बनिसकेको काम बिग्रन सक्छ। बाध्यताले पनि अप्ठ्यारो पार्न सक्छ। मध्याह्नदेखि परिस्थिति अनुकूल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका समस्या पनि सुल्झनेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। मध्याह्नपछि खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदा गुमाउनुपर्ने स्थिति आउन सक्छ, गोपनीयतामा ध्यान दिनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। विशेष योजना गोप्य राख्नुहोला। मध्याह्नदेखि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने समय छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिस्थिति अप्ठ्यारो देखिए पनि पूर्वाह्नकालमा गरिएको कामले आशा जगाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। मध्याह्नपछि परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
भौतिक साधन र मनोरञ्जनका वस्तुहरू जुटाउन सकिनेछ। व्यावसायिक यात्रा गर्ने अवसर जुर्न सक्छ। कृषि र व्यापारमा राम्रै फाइदा हुनेछ। मित्रता र प्रेमको बन्धन पनि कसिने समय छ। मध्याह्नपछि पुरानो समस्याले अलि अप्ठ्यारोमा पार्न सक्छ। स्वास्थ्यमा कमजोरी र काममा बाधा हुने समय छ। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

