
|
|
मेष
आफ्ना लागि समय निकाल्दै भविष्यको बाटो निर्धारण गर्नुहोला । आफ्नो कुशलताले अरूलाई मार्गदर्शन गर्नु आफ्ना लागि पनि लाभदायक हुनसक्छ । अरूको जीवनमा परिवर्तन ल्याउन सक्नुहुन्छ भने त्यो उत्तरदायित्व निर्वाह गर्दा मनमा सन्तोष प्राप्त हुनेछ । यो वर्षले जीवनमा थुप्रै अवसर जुट्नेछ, जसबाट जति लाभ लिन सकियो त्यति राम्रो हुन्छ । आफ्नो काममा केन्द्रित रहनुहोला । अहिले गरिरहेको कामबाट सन्तुष्ट हुनुहुन्न भने कार्यक्षेत्र परिवर्तन गर्ने बेला आइसकेको छ । कार्यक्षेत्र : कुनै पनि प्रकारका हानिबाट जोगिन निरन्तर सावधान रहनु पर्नेछ । कसैलाई पनि उधारो नदिनुहोला । लिएको उधारो पनि तिरिहाल्नु उपयुक्त हुन्छ ।
प्रेम : प्रेमी–प्रेमिकासँग राम्रो समय बिताउने अवसर जुटाउनेछ । अविवाहितहरूको विवाह हुनसक्छ ।
स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । पिठ्युँ वा जोर्नीको पीडाबाट पीडितहरूको समस्या बढ्न सक्छ ।
वृष
व्यवसायिक जीवन सन्तोषजनक रहनेछ भने निजी जीवनमा केही समस्या देखा पर्न सक्छ । अर्काको कुरामा ध्यान नदिएकै राम्रो । आफूलाई जे उचित लाग्छ त्यही गर्दा लाभ हुनेछ । आफ्ना कुरा व्यक्त गर्न अप्ठ्यारो मान्नुहुँदैन । यदि परिस्थिति प्रतिकूल छ भने संयमित रहनुमै लाभ छ । आफ्ना आवश्यकता कमभन्दा कम गर्नुहोला । आफ्नो क्षमतामा शंका नगरी आत्मविश्वासका साथ काम गर्दा लाभ मिल्नेछ । अरूको निन्दा गर्नु उचित हुँदैन । आफ्ना भावना खुलेर व्यक्त गर्दै राम्रो समयको प्रतीक्षा गर्नुमै भलो छ । कार्यक्षेत्र : हाकिमबाट पर्याप्त प्रशंसा पाइनेछ भने सहकर्मीहरूबाट पूरा सहयोग मिल्नेछ । आफ्नै व्यापार– व्यवसाय प्रारम्भ गर्ने अवसर जुर्न सक्छ ।
प्रेम : प्रेमी–प्रेमिकासँग रहँदा आफूलाई नियन्त्रणमा राख्नुहोला अन्यथा अवगालको सामना गर्नुपर्नेछ ।
स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । पुरानो रोगबाट मुक्ति पाइनेछ । मनलाई शान्त राख्नुहोला ।
मिथुन
स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ भने व्यवहारमा नम्रता ल्याउनु उपयुक्त हुन्छ । यदि कसैले चित्त दुखाएको छ भने उसलाई माफी दिनुमै कल्याण छ । यसरी माफी दिंदा आफ्नो मन पनि हल्का हुनेछ । हल्का मनले भविष्यका लागि महत्वपूर्ण निर्णय गर्न सकिनेछ । मेहनत र इमानदारीको फल अवश्य प्राप्त हुनेछ । भविष्यमा फेरबदल गर्नुपर्ने गरी कुनै पनि महत्वपूर्ण योजना नबनाउनु होला । अरूबाट कुनै पनि किसिमको आशा गर्नु उपयुक्त हुँदैन । त्यसले निराशा मात्र दिनेछ ।
कार्यक्षेत्र : अप्रत्याशित कारणहरूले काममा ढिलाइ हुनसक्छ । व्यर्थको चिन्ता नगरी आफ्नो काममा मेहनत गरिरहे अवश्य सफलता मिल्नेछ ।
प्रेम : प्रियजनसँग राम्रो समय बिताउने अवसर जुट्नेछ । स–साना कुराप्रति बे–वास्ता गर्नुहोला । आफ्नो मनलाई नियन्त्रणमा राख्नुपर्ने समय छ ।
स्वास्थ्य : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने छ । कुनै रोगबाट पीडित हुनुहुन्छ भने चिकित्सकको सुझावअनुसार दैनिकी निर्धारण गर्नु लाभदायक हुन्छ ।
कर्कट
सकारात्मक सोच एवं दृष्टिकोण कायमै राख्नुहोला । मेहनतको फल प्राप्त हुनेछ । सुखद् समाचार सुन्न पाइनेछ । निजी समस्या एवं विवाहजस्ता कुरामा कुनै महत्वपूर्ण निर्णय लिनुअघि अग्रज वा विशेषज्ञको सल्लाह लिनु लाभदायक हुन्छ । कुनै पनि प्रकारको तनाव त्याग्नु नै श्रेयस्कर हुन्छ । पुराना कुराहरू बिर्सनुमै कल्याण छ । कुनै पनि काममा हतार नगर्नुहोला । पुराना कुराबाट शिक्षा लिएर नयाँ काममा हात हाल्नु लाभदायक सावित हुनेछ ।
कार्यक्षेत्र : आफ्नो ध्यान पूर्णरुपले काममा केन्द्रित गर्नुपर्ने समय छ । आफ्नो क्षमताको तुलना अरूसँग नगरी आफैंमा विश्वास कायम राख्नुहोला ।
प्रेम : प्रियजनसँग आशा राख्नु स्वभाविक हो, तर त्यस्तो आशा व्यवहारिक हुनुपर्छ अन्यथा सम्बन्धमा तिक्तता सिर्जना हुन सक्छ ।
स्वास्थ्य : स्वास्थ्यका लागि उठाइएका पाइलाहरू सही दिशातर्फ हुनेछन् । कुनै किसिमको अप्ठ्यारो महसुस हुँदा लापरबाही नगरी चिकित्सकसँग परामर्श लिनुहोला ।
सिंह
परिस्थिति अनुकूल रहनेछ । रोकिएका पुराना काम सम्पन्न हुनेछन् । जुन योजनामा मेहनत गरिरहनुभएको छ त्यसले इच्छित फल दिनेछ । कार्यक्षेत्रमा रहँदा पनि परिवारप्रतिको जिम्मेवारी नबिर्सनुहोला । परिवार एवं कार्यक्षेत्रबीच सन्तुलन कायम गर्नुपर्ने समय छ । यदि परिवारसँग कुनै प्रकारको मतभेद छ भने त्यसलाई कम गर्न पर्याप्त समय दिनुपर्नेछ । मनबाट सबै प्रकारका भय हटाउनुहोस् । त्यसले चाहेजस्तै परिवर्तन ल्याउनेछ । कार्यक्षेत्र : रोजगारीको क्षेत्र परिवर्तन हुनसक्छ, जुन लाभदायक सिद्ध हुनेछ । प्रगति एवं धनलाभको योग छ ।
प्रेम : प्रियजनसँग आफ्नो मनको कुरा निर्धक्क भएर गर्नुहोस् । प्रियजनबाट सोचेजस्तै सहयोग पाइनेछ ।
स्वास्थ्य: स् सामान्यभन्दा राम्रो रहनेछ । स्वस्थ रहन गरिएका प्रयासहरू फलदायी हुनेछन् ।
कन्या
कुनै पनि कुरामा अडेर बस्नुहुँदैन, चाहे त्यो पद, प्रतिष्ठा, धनदेखि लिएर नातागोता नै किन नहुन । व्यर्थको अडान हानिकारक सावित हुनसक्छ । आफूसँग भएको ज्ञान र अनुभव बाँड्दा त्यसबाट लाभ नै हुनेछ । धनहानिको सम्भावना छ । कसैलाई दिइएको ऋण फर्कने सम्भावना कमै छ । नियमित दान गर्नुहोला । आफ्ना विचार एवं अनुभवलाई आफैंमै सीमित नराखी प्रियजनसँग बाँड्दा लाभ हुनेछ । सहनशीलता कायमै राख्नुपर्ने छ । अडियल स्वभाव हानिकारक हुनसक्छ ।
कार्यक्षेत्र : जुन परिस्थितिबाट जोगिने प्रयास गर्दै हुनुहुन्छ त्यसको सामना गर्नुभयो भने मनमा शान्ति छाउनेछ र त्यसले परिस्थितिलाई पनि अनुकूल बनाउँदै जानेछ ।
प्रेम : प्रियजनसँग स्पष्ट कुराकानी गर्नुहोला । जबसम्म सम्बन्धमा पारदर्शिता हुँदैन तबसम्म त्यो सम्बन्ध गहिराइसम्म पुग्न सक्दैन ।
स्वास्थ्य : पुराना रोगहरूबाट मुक्ति पाइनेछ । तैपनि यो वर्ष पेटसम्बन्धी गडबडीको सामना गर्नुपर्नेछ ।
तुला
कुनै पनि किसिमको मनमुटावबाट निराश हुनु ठीक हुँदैन । आफ्नो सम्बन्ध राम्रो बनाउने प्रयास गर्नुहोला । पुराना कुराहरूमा अलमलिनुभन्दा वर्तमानमा बाँच्ने प्रयास गर्नुमा भलो देखिन्छ । नयाँ अवसरहरू प्राप्त हुँदैछन् जसले जीवनमा प्रगति गराउनेछ । कुनै व्यक्तिसँग कुरा बिग्रिएको छ भने उसलाई क्षमा दिनुमै कल्याण छ । जीवनमा आउने हरेक व्यक्तिले केही न केही सिकाउने प्रयास गर्नेछन् । त्यस्ता व्यक्तिलाई मनमनै धन्यवाद दिनु लाभदायक सावित हुनसक्छ ।
कार्यक्षेत्र : प्राप्त अवसर गुमाउनु हुँदैन । त्यस्तो अवसर गुमे करियर धरापमा पर्न सक्छ ।
प्रेम : प्रेममा पर्नुभएको छ भने कुनै पनि कुरा खासगरी विवाहसम्बन्धी निर्णयमा हतार नगरेकै राम्रो ।
स्वास्थ्य : स्वास्थ्य राम्रो रहनेछ । यदि कुनै समस्या देखियो भने तत्काल चिकित्सकको परामर्श लिनुहोला ।
वृश्चिक
केही समयदेखि चलिरहेको समस्याको समाधान प्राप्त हुनेछ, धैर्यता कायम राख्नुहोला । पुराना कामहरू सम्पन्न भै नयाँ काम प्रारम्भ हुनेछ । कुनै नयाँ व्यक्तिसँगको भेटघाटले जीवनमा ठूलो अर्थ राख्नेछ । खोजिएको कुरा प्राप्त हुनु जीवनको सबैभन्दा ठूलो उपलब्धि हुनसक्छ । त्यसैले आफ्नो काममा ध्यान केन्द्रित गर्नुहोला । यदि त्यसो भयो भने जीवनको एउटा पाटो सकिएर अर्को पाटो सुरु हुनेछ जसले तपाईंलाई धेरै कुरा सिकाउनेछ । परिवर्तनका कारण चिन्तित हुनु आवश्यक छैन । आफूलाई परिस्थितिअनुसार ढाल्ने प्रयास गर्नुहोस् ।
कार्यक्षेत्र : नयाँ योजनामा लगानी गर्ने संसाधन जुट्नेछ । आफूलाई काममा केन्द्रित गर्नुहोला ।
प्रेम : प्रेमी–प्रेमिकासँग उत्कृष्ट समय बिताउने अवसर जुट्नेछ । प्रेममा रहेका अविवाहितहरूको विवाह हुनसक्ने सम्भावना छ ।
स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । आफ्नो गलाको विशेष ख्याल राख्नुहोला । मौसम परिवर्तन हुँदा केही अप्ठ्यारा देखा पर्न सक्छन् । घरेलु उपचार लाभदायक हुनसक्छ ।
धनु
यो वर्ष राम्रै राम्रो छ । मनमा कुनै प्रकारको भय छ भने त्यसलाई त्याग्नुहोला । आफ्नो विचार र ऊर्जाले नै आफ्नो परिस्थिति निर्धारण गर्ने भएकाले सकारात्मक सोच राख्नुपर्छ । कुनै पनि काम आर्थिक लाभका दृष्टिले भन्दा मनको सन्तुष्टि एवं सामाजिक भलाइका लागि गर्ने हो भने आर्थिक अवस्था पनि सुध्रंदै जानेछ । नातागोताका सम्बन्धमा त्यस्तो कुनै पनि निर्णय नलिनु होला अन्यथा जीवनभर पछुताउनुपर्नेछ । घर तथा कार्यालयमा श्रीयन्त्र राख्दा लाभ मिल्नेछ । नयाँ रोमान्टिक सम्बन्ध प्रारम्भ हुनसक्छ ।
कार्यक्षेत्र : काम गर्दा आलस्यताले सताउन सक्छ । कार्यक्षेत्रमा कुनै किसिमको विवाद वा तनाव छ भने त्यसको समाधान निस्कनेछ । रोकिएका कामहरू सम्पन्न हुनेछन् ।
प्रेम : परिवारमा कुनै किसिमको खटपट चलिरहेको छ भने त्यसमा ध्यान नदिनु नै उपयुक्त हुन्छ । त्यसलाई आफ्नो इगोसँग पनि जोड्नु हुँदैन ।
स्वास्थ्य : स्वास्थ्यले पूरा साथ दिनेछ । बेलाबखत प्राकृतिक वातावरणमा समय बिताउनुहोला ।
मकर
निजी तथा व्यवसायिक जीवन परिवर्तन गर्ने योग छ । यो परिवर्तन भविष्यका लागि लाभदायक सावित हुनेछ । अनिश्चितता परिवर्तनको अभिन्न अंग हो । यसलाई स्वीकार गर्नुहोला । गृह परिवर्तनको योग पनि छ । कतैबाट ऋण पनि प्राप्त हुनेछ । कार्यक्षेत्रमा केही तनाव देखिन सक्छ । नआत्तिई समस्याको समाधान खोज्नुहोला । पदोन्नतिका लागि थप मेहनत आवश्यक छ । परिवारबाट पूरा सहयोग पाइनेछ । कार्यक्षेत्र स् हाकिमबाट प्रशंसा पाइनेछ भने सहकर्मीहरूबाट सहयोग मिल्नेछ ।
प्रेम : प्रेमी–प्रेमिकासँग उत्कृष्ट समय बिताउने अवसर जुट्नेछ । दम्पतीबीचको तालमेल कायम रहनेछ । अविवाहितहरू विवाह बन्धनमा बाँधिन सक्छन् ।
स्वास्थ्य : स्वास्थ्य सामान्य रहनेछ । मौसम परिवर्तनका क्रममा सामान्य स्वास्थ्य समस्या देखा पर्न सक्छ ।
कुम्भ
नचिताएको फल प्राप्त हुनेछ । केही समयदेखि चलिरहेको समस्या समाधान हुनेछ । जीवनमा देखिएका अस्थिरता हटेर नयाँ ऊर्जा सञ्चार हुनेछ । कुनै नयाँ व्यक्तिसँग हुने भेटघाटले भविष्यका लागि नयाँ ढोका खोल्नेछ । परिस्थितिहरू अनुकूल हुँदै जानेछन् । बितेका कुरा नसम्झनु नै बेस हुन्छ । उन्नतिको अवसर प्राप्त हुनेछ, जसबाट पूरा लाभ उठाउनुहोला । बसोबास परिवर्तन हुनसक्छ । यदि करियरको क्षेत्र परिवर्तन गर्ने अवसर प्राप्त भयो भने तुरुन्तै निर्णय लिनुहोला । नातागोतासँग व्यवहार गर्दा संयमित रहनुहोला ।
कार्यक्षेत्र : काम गर्दा आलस्यताले सताउन सक्छ । कार्यक्षेत्रमा कुनै किसिमको विवाद वा तनाव छ भने त्यसको समाधान पनि निस्कनेछ । रोकिएका कामहरू सम्पन्न हुनेछन् ।
प्रेम : अर्काको कुरा सुनेर आफ्नो सम्बन्धलाई प्रभावित हुन नदिनुहोला । कुनै पनि समस्याको समाधान प्रेमी–प्रेमिका दुवै एक ठाउँमा बसेर निकाल्नु उपयुक्त हुन्छ ।
स्वास्थ्य : स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बेला छ । पुरानो रोगले सताउन सक्छ ।
मीन
मिश्रित फल प्राप्त हुनेछ । आफन्तहरूसँग मेलमिलाप बढ्नाले आय आर्जनको काम बढ्न सक्छ । आफ्नो सम्पूर्ण समय काममै व्यतीत गर्नुहुँदैन । त्यसो हुँदा पारिवारिक कलह देखा पर्न सक्छ । मंगलबार हनुमानको उपासना गर्दा लाभ हुन सक्छ । यतिबेला भाग्य अत्यन्त सक्रिय रहेकाले धेरै काम तीव्र गतिमा सम्पन्न हुनेछन् । कार्यक्षेत्र परिवर्तन गर्ने अवसर पनि प्राप्त हुनेछ । नआत्तिई लाभ उठाउनु होला । घरपरिवारमा खुसी बढ्ने देखिन्छ भने सम्पत्ति आर्जनका लागि समय अनुकूल छ । जीवनमा स्थिरता प्राप्त गर्न विचारमा पनि स्थिरता ल्याउनु आवश्यक छ । स्वास्थ्यको ख्याल राख्दै त्यतिनै काम गर्नु जति आफ्नो शरीरको क्षमता छ ।
कार्यक्षेत्र : कर्मक्षेत्रमा हाकिम वा सहकर्मीहरूको कुराबाट प्रभावित हुनुहुँदैन, आफ्नो कार्यकुशलतामा कमी आउन सक्छ । सकारात्मक सोच राख्नु होला ।
प्रेम : प्रियजनसँग भेटघाट भैरहनेछ । अविवाहितहरूले कुनै पनि निर्णय लिँदा आफन्तको सल्लाह लिन बिर्सनुहुँदैन । स्वास्थ्य : तनावबाट जोगिनुपर्छ । ध्यान, योग तथा प्राणायाम लाभदायक हुनसक्छ । साप्ताहिकबाट साभार ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

