
|
|
संविधान संशोधन विधेयक पारित नगरे सबै नाका ठप्प पारिने
काठमाडौं, ३० पुस । भारतले बीरगञ्ज नाका खोल्न नेपालमाथि दबाब बढाउँदै संसदमा दर्ता भएका संशोधन प्रस्ताव पारित गर्न चर्को दबाब दिएको छ ।
भारतले संशोधन प्रस्ताव पारित भए बीरगञ्ज नाकाबाट आपूर्ति सहज हुने अन्यथा अन्य नाका पनि बन्द गर्ने चेतावनी दिएको छ । मंगलवार अबेर राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास सेभेन रेसकोर्स रोडमा नेपाल सम्बन्धी भएको विशेष बैठकमा यस्तो निर्णय लिएको स्रोतले जनाएको छ ।
यस बैठकमा प्रधानमन्त्री मोदीका अलावा विदेश मन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव एस जयशंकर र नेपालका वागि भारतीय राजदूत रञ्जीत रे सहभागी थिए । यो बैठक भन्दा पहिले आन्दोलनकारी पक्षको तर्फबाट सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भारतीय विदेश मन्त्री सुष्मा स्वराज, अजित डोभाल र एस जयशंकरले भेट गरि भारतको यस पक्षबारे जानकारी गराएका थिए ।
मोदीसंगको बैठकपछि भारतले आधिकारिक रूपमै दिल्लीमा रहेका नेपाली राजदूत दीप कुमार उपाध्यायलाई विदेश मन्त्रालय बोलाई आफ्नो सन्देश नेपाल सरकारलाई दिन भनेका थिए ।
भारतले नाकाबन्दीका कारण नेपालमा भारत विरोधी भावना बढेकोले नाकाबन्दीलाई अझ लम्बयाउन नहुने तर मधेशले केही अधिकार नपाएरै नाकाबन्दी खोल्यो भने पहाड संग संगै मधेशमा पनि भारत विरोधी भावना बढ्ने खतरा रहेकोले भारतीय संस्थापन पक्षले यस्तो निर्णय गरेको जानकारहरूको भनाई छ ।
आफ्नो स्वास्थ उपचारको क्रममा राजनीतिक भेटघाटमा व्यस्त रहेका मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारी पक्षसंग हुने सबै जसो भेटघाटमा मधेशले अधिकार पाए बिना बल प्रयोग गर्दै नाका खोल्न लगाए पूरा मधेश नै भारतविरूद्ध जान सक्ने कुरा औलाएका थिए ।
महतोले अहिले पहाडका केही वर्ग विशेष र नेपाली मिडियाले मात्रै नेपालमा भारत विरोधी माहौल बनाएको तर मधेश आन्दोलनलाई असर पर्ने गरि कुनै कदम उठाए मधेशी जनता पनि भारतविरूद्ध लाग्न सक्ने चेतावनी दिएका थिए ।
भारतीय विदेश मन्त्री स्वराज होस् अथवा सुरक्षा सल्लाहकार डोभाल सबैसंगको भेंटमा राजेन्द्र महतोले भारतको जनस्तर सम्मको सम्बन्ध मधेशसंग रहेको, खुला सीमा मधेशसंग जोडिएको, रोटी–बेटीको सम्बन्ध मधेशसंगै गाँसिएकोले नाकाबन्दीबारे कुनै पनि निर्णय लिनु भन्दा पहिले यसमाथि विचार पुर्याउन आग्रह गरेका थिए ।
नाकाबन्दी खोल्ने पूर्ण पक्षमा रहेको भारतले महतोको भारतमा बढेको सक्रियता सरकार, सत्तारूढ दल र विपक्षी नेताहरूसंगको भेंट पछि भारतले आफ्नो पक्षमा बदलाव ल्याएको दिल्लीमा नेपाल मामिलाका जानकारहरू बताउं छन् । अहिलेसम्मकै असहज अवस्थामा रहेको भारतलाई आफैले गरेको नाकाबन्दी अब टाउको दुखाईको कुरा भएको छ ।
तसर्थ भारतले नेपाल सरकार र तीन ठूला दलमाथि जसरी भए पनि संविधान संशोधन विधेयक पारित गर्न दबाब दिई रहेको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

