
|
|
संविधान संशोधनपछि मात्र ओलीको भारत भ्रमणको टुंगो लाग्ने
काठमाडौं, ३० पुस । भारतको चर्को दबाबपछि बालुवाटारमा तीन दलका शीर्ष नेताले आन्दोलनरत मधेशी मोर्चासंग सहमति गरेर संविधान संशोधन गर्ने निर्णय गरेका छन् ।
भारतले संविधान संशोधन नगरे बीरगञ्ज बाहेकका अन्य नाकाहरू पनि बन्द गर्ने र प्रधानमन्त्री केपी ओलीको भ्रमण पनि हुन नदिने चेतावनी दिएको केही घण्टा नबित्दै तीन दलको बैठकमा यस्तो सहमति गरेका छन् ।
तीन दलका शीर्ष नेताहरूले बिहीवार बालुवाटार बैठकमा माघ ४ गते सम्म मधेशी मोर्चासंग सहमति गर्ने र माघ ५ गते संविधान संशोधन विधेयक पारित गर्ने निर्णय गरेको छ । भारतले आफ्नो कडा सन्देश दिल्लीस्थित नेपाली राजदूत दीप कुमार उपाध्यायमार्फत पठाएको २४ घण्टा नबित्दै तीन दलले भारतको दबाबमा आएर मधेशी मोर्चासंग सहमति गर्ने निर्णय गरेको हो । दिल्लीस्थित हाम्रो विश्वस्त स्रोतले दिएको जानकारी अनुसार भारतले संविधान संशोधन नगरे नाकाबन्दी झन् कडा गर्ने र ओलीको भ्रमण पनि नहुन दिने सन्देश दिएको थियो ।
आगामी मार्चमा चीन भ्रमण तय भई सकेको तर त्यो भन्दा पहिले भारत जाने इच्छा प्रकट गरेपछि सरकारका सम्पूर्ण सयन्त्र प्रधानमन्त्री ओलीको भारत भ्रमणको तारतम्य जुटाउन सक्रिय भएका छन् । आफ्नो भारत भ्रमण सफल तुल्याउन प्रधानमन्त्री लागि परेका छन् । तर भारतीय संस्थापन पक्षले मधेशको मुद्दालाई सम्बोधन हुने गरि संसदमा दर्ता गरिएको दुई वटा संविधान संशोधन विधेयक पारित नभए सम्म भारत भ्रमणको कुनै औचित्य नरहेको सन्देश पठाएपछि सरकार र तीन दलले मोर्चा संग सहमति गर्ने निर्णय गरेको हो ।
प्रम ओलीको भारत भ्रमण आउँदो फरवरी महिनाको मध्यतिर गर्ने प्रस्ताव नेपालको तर्फबाट गरिएको छ । नेपाल सरकारको तर्फबाट यो प्रस्ताव आधिकारिक च्यानलमार्फत भारत सरकार समक्ष पेश गरिएको छ । तर, भ्रमणको तिथि तय गर्नु भन्दा पहिले संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक पारित गर्ने शर्त राखे पछि त्यसतर्फ सरकारले आवश्यक कदम चालेको हो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

