
|
|
एजेन्सी – उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा एक महिलासँग सामूहिक बलात्कारपछि उनको अश्लील भिडियो भाइरल भएको छ ।जसका कारण पीडा सहन नसकेर ती पीडित महिलाले आत्महत्या गरेकी छिन् । घटना मुजफ्फरनगर जिल्लाको छपार थाना क्षेत्रको हो । जहाँ छपरा गाउँस्थित स्वास्थ्य केन्द्रमा सीता (नाम परिवर्तन) नर्स पदमा कार्यरत थिईन् । उनी यसै गाउँमा बस्दै आएकी थिईन् । सोमबार गाउँकी एक गर्भवती महिलाको स्वास्थ्य अवस्था खराब भयो र उनकै परिवारका साथ नर्स शहरको अस्पताल गएकी थिईन् ।
जब उनी फर्किएर गाउँ पुगिन् तब रात परिसकेको थियो । यसैकारण गर्भवती महिलाका श्रीमानले नर्स सीतालाई उनकै घरसम्म छोडनका लागि सँगै गए । त्यही बेला बाटोमा पुरुषका साथी पनि भेटिए । त्यसपछि सबै मिलेर नर्स सीतालाई एक सुनसान ठाउँमा पुगेपछि पालैपालो सामूहिक बलात्कार गरे ।
यति मात्रै होइन् बलात्कारसँगै उनीहरुले सीताको अश्लील भिडियो पनि बनाए । त्यसपछि उनलाई धम्की दिएर घर पुगाइयो । घटनाको दोस्रो दिन आरोपिहरुले नर्स सीतालाई फेरि फोन गरेर बोलाए । तर, सीता नआएपछि उनको अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए ।
तैपनि सीता आइनन् । त्यसपछि आक्रोशित पुरुषहरुले उनको भिडियो व्हाट्सएपबाट सार्वजनिक गरिदिए । जून अहिले भाइरल बनेको छ । यो कारण शारीरिक र मानसिक पीडा सहन नसकेर सीताले मंगलवार बेलुका विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सीता विवाहित महिला थिइन् । उनका ससुरालीले घटनाबारे छपार थानामा उजुरी दर्ता गराएका छन् । प्रहरी पीडित महिलाको अश्लील भिडियो पनि जाँच गरेको छ । आरोपीहरु फरार छन् । उनीहरुलाई प्रहरीले खोजीरहेको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

