Home » » बद्रीले यसरी रुवाए ( फोटो फिचर )

बद्रीले यसरी रुवाए ( फोटो फिचर )

प्युठान नगरपालिका ११ सालघारी भलापाटामा आयोजित माघेसक्रान्ती मेलामा आएका लोक दोहरी गायक बद्री पंगेनीले स्टेजमा उक्लिए सगै पररर ताली बज्यो। बिदेश गएको छोरा बनेर परदेशी छोराका आमालाई धुरुधुरु रुवाईदिएका छन । गित मार्फत उनले भनेका थिए – आमा बिदा पाउंदिन,अहिलेको साल पनि आमा घर आउंदिन ।’


शुक्रवार बद्रीले गीत गाउन शुरु गरे लगतै मेला हेर्न आएका थुप्रै आमा रुन थालेका थिए । धेरैले आफ्नो मोबाइल र क्यामेराले फोटो तथा भिडियो खिच्न थाले। आमालाई भुलाउन स्टेजबाट तल झरेका बद्रीले पनि आफूलाई थाम्न सकेनन् । माइकको छेल पारी आफ्नो आँखाको आसु पुछे । कार्यक्रम चलिरहंदा विदेशमा रहेका छोराले घरको सम्झना गरिरहेको भन्दै बद्रीले गित मार्फत व्यक्त गरेपछि प्रवासमा रहेका छोरा सम्झेर आमाहरु धुरुधुरु रोएका हुन ।

Badri1आंफुले गाएको गीतमा रोएका आमाहरुलाई सम्झाउंदै बद्रीले मन्चबाटै युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था सुनिश्चित हुनुपर्ने बताएका थिए ।‘कसैका छोराछोरी पनि विदेश जान नपरोस्, नेपालमै आमाबाबुसँगै बस्ने पाइयोस् ।’ बद्रीले, ‘कोही पनि नेपालीले पेट पाल्न विदेशी भूमिमा गएर रगत पसिना बगाउन नपरोस् ।’ मञ्च प्रवेशसंगै दर्शक रुवाएका पंगेनीले एकैछिनमा दर्शकलाई छमछमी नचाएका थिए ।

‘रातो पछ्यौरी अनि तातो पछौरि,’ बोलको गित शुरु गर्नासाथ मेलाको रुपरङै फेरियो दर्शकहरु फेरि ताते। हजारौ दर्शकहरुलाइ जनताका गायक भनेर चिनिने कलाकार पङ्गेनिले ‘अझै नि लोकतन्त्र आको छैन है’, ‘खान्न म त पिँडालु कोक्कायो ’ जस्ता लोकप्रिय गीत गाएर उनले दर्शकलाई मात्र होइन मन्चमा बसेका सबै अतिथिलाइ समेत नचाए । आफै समेत नाच्दै निस्किएका उनलाई मेला हेर्न आएका युवा, बृद्ध र बालबालिकाले समेत नाचेर साथ दिएका थिए । मन्चबाट गाउँदै र नाच्दै दर्शक दिर्घा नजिक पुग्दा प्रहरिलाइ भिड नियन्त्रण गर्न हम्मे-हम्मे परेको थियो। मेलामा मंगलवार नै हांस्यकलाकार द्धय युवराज जिसि सुजन न्यौपाने लोक गायक भरत गुरुङ, राजकुमार टराली त्यस्तै नृत्यकार शोभा सामत, अन्जलि अधिकारी, रेखा अर्याल लगायतले उपस्थित दर्शकलाइ भरपुर मनोरन्जन दिएर तताए । कार्यक्रम गायक तथा संगितकार राज कुमार ट्राली एकल आयोजनामा सम्पन्न भएको हो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}